NE/Prabhupada 0320 - हामी भाग्यवान बन्न सिकाउँदैछौं



Lecture on BG 16.6 -- South Africa, October 18, 1975

युवती: श्रील प्रभुपाद, यदि .... सबै जीवात्मा कृष्णका अंश हुन् | यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि हामी सबैजना केही समयपछि अवश्य पनि उहाँमा शरणागत हुनेछौं |

पुष्ट कृष्ण: के सबै.... यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि के सबैजना कृष्णमा शरणागत हुन्छन् ? के सबैजना केही समयपछि भगवद्-धाम जान्छन् ?

प्रभुपाद : हँ ? तिमीलाई कुनै शंका छ ? विश्वास गर कि सबैले त्यसो गर्दैनन् | तिमीलाई कुनै चिन्ता छैन | यो होइन कि सबैले त्यसो गर्नेछन् | त्यसैले चैतन्य महाप्रभुले भन्नुहुन्छ, एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै च मध्य १९|१५१) | जबसम्म कोहि भाग्यवान् हुँदैन, ऊ भगवद् धाम जानेछैन | ऊ यहीं कुहिनेछ | यो कृष्ण भावनामृत अभियान भनेको हामीले मानिसलाई भाग्यवान् बनाउने प्रयास गर्दैछौं | यदि उसले चाहन्छ भने ऊ भाग्यवान् बन्न सक्छ | त्यो हाम्रो प्रयास हो | हामीले धेरै केन्द्रहरु स्थापना गर्दैछौं | हामीले कसरी भाग्यावान बन्ने भनेर सिकाउँदैछौँ, कसरी भगवद् धाम फर्किने, कसरी खुसी हुने | यदि कोहि भाग्यमानी छ भने उसले यो शिक्षा ग्रहण गर्नेछ र जीवन परिवर्तन गर्नेछ | त्यसैले यो अभियान हो | तर कोहि पनि भाग्यवान् नबनी भगवद्-धाम जान सक्दैन | भाग्यमानी | हामी तिनीहरुलाई भाग्यमानी बन्ने मौका दिंदैछौँ | त्यो हाम्रो अभियान हो | सबभन्दा अभागीले पनि भाग्यमानी बन्ने मौका पाउँदैछन् | सबैले यो कुरा बुझ्न सक्छन् कि उनीहरु अभागी जीवनबाट भाग्यमानी जीवनमा कसरी आउँदैछन् | यो कृष्ण भावनामृत अभियान हो, हामीले अभागीलाई मौका दिंदैछौँ | सबैजना अभागी छन्, सबै धूर्त छन् | हामीले बुद्धिमान र भाग्यमानी बन्ने मौका दिंदैछौं | यो कृष्ण भावना हो | यदि मानिसहरु अभागी र धूर्त छैनन् भने प्रचार गर्नुको के अर्थ रहन्छ ? प्रचार भनेको तिमीले अभागी र धूर्तहरुलाई भाग्यमानी र बुद्धिमान बनाउनुपर्छ | त्यो प्रचार हो | तर जबसम्म तिमी भाग्यमानी र बुद्धिमान छैनौ, तिमीले कृष्ण भावना ग्रहण गर्न सक्दैनौ | त्यो तथ्य हो |