NE/Prabhupada 0323 - हाँसको समाज निर्माण गर्ने, कागको होइन

Revision as of 06:52, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0323 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 3.25.12 -- Bombay, November 12, 1974


त्यसैले यो भौतिक जीवन हो, पवार्गा | त्यसैले यदि तिमीलाई यो निर्मुल पार्न मन छ भने, त्यो अपवर्गा हो | त्यसैले यहाँ यसलाई अपवर्ग-वर्धनम भनिएको छ, कसरी मुक्तिको लागि इच्छा बढाउने भनेर | मनिसहरु धेरै सुस्त भएका छन् कि, तिनीहरु मुक्तिको अर्थ के हो भनेर बुझ्न सक्दैनन् | तिनीहरु बुझ्दैनन् | जनावर जस्तै | ऊ ... यदि एउटा जनावरलाई भनियो कि "त्यहाँ मुक्ति हुन्छ," उसले के बुझ्छ ? उसले बुझ्दैन | उसलाई त्यो सम्भव हुदैन | त्यसैगरी, अहिले समयमा मानव समाज जनावर जस्तै भएका छन् | तिनीहरुलाई अपवर्ग अथवा मुक्तिको केहि अर्थ थाहा छैन | तिनीहरुलाई थाह छैन | तर त्यहाँ एक समय थियो, कि मानिसले यो मानव जीवन अपवर्गको लागि भनेर बुझ्दथ्ये | अपवर्ग, भनेको प, फ,ब,भ,म को कामबाट हटाउने हो | त्यो हो अपवर्ग - वर्धनम हो | त्यसैले देवहुतीले गर्नुभएको प्रश्न र कपिलदेवले दिनुहुने उत्तर, हो अपवर्ग- वर्धनम हो | त्यो आवश्यक छ | यो नै सारा वेदको ज्ञान हो | तस्य्ऐव हेतोह् प्रयतेत कोविदह् | अपवर्गको लागि सबैले प्रयास गर्नुपर्छ | सबैले सकेसम्म प्रयास गर्नु पर्छ | "र मेरो मर्मत को कुरा ?" मर्मतको सन्दर्भमा शास्त्रले कहिल्यै जबर्जस्ति गर्दैन, कि 'तिमी मर्मत प्रयास गर |" शास्त्र भन्छ,"त्यो आउँछ | त्यो त्यहाँ पहिल्यै छ | त्यो आउँछ |" तर हामीसँग त्यस्तो विस्वास छैन, "भगवानले दिनुभएको छ ..., जनावरको लागि खानेकुरा दिनुभएको छ, चराको लागि, पशुहरुलाई " रुखलाई, सबैलाई, र किन नदिने तिनीहरुलाई ? मलाई मेरो समय अपवर्गमा लगाउन देऊ |" तिनीहरुसंग आस्था छैन | तिनिहरुसँग त्यस्तो शिक्षा छैन | त्यसैले राम्रो सङ्ग आवश्यक छ, कागको सङ्ग होइन, हाँसको सङ्ग | अनि यो सोचाई आउँछ | त्यसैले कृष्णभावनाको यो अभियान भनेको तिनीहरु हाँसको समाज बनाउँदै छन्, कागको होइन | कागको होइन | कागहरु इच्छुक छैनन् | तिनीहरु फालिएको फोहोर कुरामा मात्र इच्छुक छन् | तिनीहरु इच्छुक छन् | पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०)| पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०) जस्तै हामीले फाल्छौँ ... खाईसकेपछि, हामी पात फाल्छौँ | त्यहाँ खानेकुराको केहि अंश बाँकी रहन्छ, काग आउँछ, कुकुर आउँछ | तिनीहरु इच्छुक छन् | तिनीहरु भन्दैनन् कि ...समझदार मान्छे त्यहाँ जान्छ भनेर | तर काग र कुकुर त्यहाँ जान्छन् | त्यसैले यो संसार त्यस्तै छ | पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०)| चपाएको कुरा पुन चपाउने | जस्तै तिमीले एउटा उखु चपायौ र बाटोमा फाल्यौ | र यदि कोहि आउँछ र फेरी त्यो चपाउँछ भने त्यो मुर्ख हो | उसलाई थाहा हुनुपर्छ "त्यो उखुको टुक्रोबाट सबै रस निकालीसक्यो | मैले त्यो फेरी चपाएर के पाउँछु ?" तर त्यहाँ त्यस्तै जनावर हुन्छन् | तिनीहरु फेरी चपाउन खोज्छन् | त्यसैले हाम्रो यो भौतिक समाज भनेको चपाएको कुरा फेरी चपाउनु हो | एउटा बाबुले छोरोलाई जीवन यापन गर्नको लागि शिक्षा दिन्छन्, बिहे गराईदिन्छन्, र उसलाई बासको बन्दोबस्त गराईदिन्छन्, तर उँहालाई थाहा छ कि "यो कामहरु, पैसा कमाउने बिहे गर्ने, बच्चा जन्माउने कुरा मैले नि गरेको हुँ, तर मलाई कहिल्यै संतुस्टि भएन |" त्यसैले म किन मेरो छोरालाई यो काममा लगाउँने ?" यसलाई भनिन्छ, चपाएको कुरा फेरी चपाउने | त्यहि कुरा चपाउने |"म यो कुराले संतुस्ट छुईन, तर किन म मेरो छोरालाई यसमा फसाउँ ? " वस्तविक पिता भनेको त्यो हो जो आफ्नो छोरालाई चपाएको कुरा चपाउन लगाउनु हुदैन | त्यो वास्तविक पिता हो | पिता न स स्यज् जननि न स स्यत्, न मोचयेद् यह् समुपेत​-म्र्त्युम् | यो वास्तविक गर्भनिरोधक हो | एउटा मान्छेले पिता बन्न इच्छा गर्नु हुदैन, र केटि मान्छेले आमा बन्ने इच्या गर्नु हुदैन, जबसम्म उनीहरुले ती बच्चाहरुलाई मृत्युको हातबाट जोगाउन सक्नुहुन्न | त्यो आमा र बाबुको कर्तव्य हो |