NE/Prabhupada 0323 - हाँसको समाज निर्माण गर्ने, कागको होइन



Lecture on SB 3.25.12 -- Bombay, November 12, 1974

यो भौतिक जीवन हो, पवर्ग | यदि तिमी यसलाई बन्द गर्न चाहन्छौ भने त्यो अपवर्ग हो | यहाँ यसलाई अपवर्ग-वर्धनम् भनिएको छ, कसरी मुक्तिको लागि इच्छा बढाउने | मनिसहरु यति सुस्त भएका छन् कि तिनीहरु मुक्तिको अर्थ पनि बुझ्न सक्दैनन् | तिनीहरु बुझ्दैनन् | पशु जस्तै | ऊ ... यदि एउटा पशुलाई "मुक्ति हुन्छ" भनिन्छ भने उसले के बुझ्न सक्छ ? उसले बुझ्दैन | उसको लागि त्यो सम्भव हुँदैन | त्यसैगरी, वर्तमान समयमा मानव समाज पशु जस्तै भएका छन् | तिनीहरुलाई अपवर्ग अथवा मुक्तिको अर्थ पनि थाहा छैन | तिनीहरुलाई थाहा छैन | तर कुनै समय त्यस्तो थियो, जब मानिसले बुझ्दथे कि यो मानव जीवन अपवर्गको लागि हो | अपवर्ग भनेको प, फ,ब,भ,म को कार्य रोक्नु | त्यसलाई अपवर्ग-वर्धनम् भनिन्छ | त्यसैले देवहुतीले गर्नुभएको प्रश्न र जवाफहरु, जुन कपिलदेवले दिनुहुनेछ, त्यो अपवर्ग- वर्धनम् हो | त्यो आवश्यक छ | यो नै सारा वेदको उपदेश हो | तस्यैव हेतोः प्रयतेत कोविद: | सबैले अपवर्गको लागि प्रयास गर्नुपर्छ | सबैले सकेसम्म प्रयास गर्नुपर्छ | "र मेरो रेखदेख ?" रेखदेखको लागि शास्त्रले कहिल्यै दबाब दिंदैन कि "तिमी रेखदेखको लागि प्रयास गर |" शास्त्रमा भनिएको छ,"त्यो प्राप्त हुनेछ | त्यो पहिल्यै विद्यमान छ | त्यो प्राप्त हुनेछ |" तर हामीसँग त्यस्तो विश्वास छैन कि, "भगवानले दिनुभएको छ..,..., पशुलाई, पंक्षीलाई भोजन दिनुभएको छ, रुखलाई, सबैलाई भोजन दिनुभएको छ, त्यसैले किन उहाँले मलाई दिनुहुनेछैन ? मैले आफ्नो समय अपवर्गमा लगाउनुपर्छ |" तिनीहरुसँग श्रद्धा छैन | तिनिहरुसँग त्यस्तो शिक्षा छैन | त्यसैले राम्रो सङ्ग आवश्यक छ, कागको सङ्ग होइन, हाँसको सङ्ग | तब यो सोचाइ आउँछ |

त्यसैले यस कृष्ण भावनामृत अभियान भनेको हाँसको समाज निर्माण गर्नु, कागको होइन | कागको होइन | कागहरु इच्छुक छैनन् | तिनीहरु फालिएको फोहोर कुरामा इच्छुक छन् | तिनीहरु इच्छुक छन् | पुनः पुनस् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०) | पुनः पुनस् चर्वित​-चर्वणानाम् | जस्तै हामीले फाल्छौँ ... हामीले खाएपछि पात फाल्छौँ | त्यहाँ खानेकुराको केहि अंश बाँकी हुन्छ, र त्यसको लागि काग तथा कुकुर आउँछन् | तिनीहरु इच्छुक छन् | तिनीहरु भन्दैनन् कि ...एउटा समझदार मानिस त्यहाँ जाँदैन | तर काग र कुकुर त्यहाँ जान्छन् | यो संसार त्यस्तै छ | पुनः पुनस् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०)| चपाएको कुरा पुनः चपाउने | जस्तै तिमीले एउटा उखु चपाएर बाटोमा फाल्छौ | र यदि कसैले फेरी त्यो चपाउँछ भने त्यो मूर्ख हो | उसलाई थाहा हुनुपर्छ "त्यो उखुबाट सबै रस निकालिएको छ | मैले पुनः चपाएर के पाउनेछु ?" तर पशुहरु हुन्छन् | तिनीहरु फेरी चपाउन चाहन्छन् | हाम्रो भौतिक समाज भनेको चपाएको कुरा पुनः चपाउनु हो | एउटा पिताले छोरोलाई जीवनयापन गर्नको लागि शिक्षा दिन्छन्, बिहे गराइदिन्छन्, र बासको बन्दोबस्त गराइदिन्छन्, तर उनलाई थाहा छ कि "यस्तो कार्य, पैसा कमाउने र बिहे गर्ने, बच्चा जन्माउने, मैले पनि गरेको छु, तर म कहिल्यै सन्तुष्ट भइनँ | त्यसैले किन म आफ्नो छोरालाई यस्तो काममा लगाउँदैछु ?" यसलाई चपाएको कुरा पुनः चपाउनु भनिन्छ | उही कुरा चपाउनु | "म यो कार्यबाट सन्तुष्ट भएको छैन, तर म आफ्नो छोरालाई यसमा किन लगाउँदैछु ? " वास्तविक पिता ऊ हो, जसले आफ्नो छोरालाई चपाएको कुरा पुनः चपाउन दिंदैन | त्यो वास्तविक पिता हो | पिता न स स्याज् जननि न स स्यात्, न मोचयेद् यः समुपेत​-मृत्युम् | यो वास्तविक गर्भनिरोधण हो | एउटा पुरुषले पिता बन्ने इच्छा गर्नु हुँदैन, एउटा स्त्रीले आमा बन्ने इच्छा गर्नु हुँदैन, जबसम्म उनीहरु आफ्ना बच्चालाई मृत्युको बन्धनबाट जोगाउन योग्य हुँदैनन् | त्यो मातापिताको कर्तव्य हो |