NE/Prabhupada 0324 - इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु

Revision as of 06:53, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0324 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.1.20 -- Chicago, July 4, 1975


र यो कुरुक्षेत्र भनेको धर्म​-क्षेत्र​ हो | यो होइनकि त्यहाँ युद्द भयो, कृष्ण युद्दभूमिमा हुनुहुन्छ, त्यसैले त्यो धर्म-क्षेत्र भयो | कहिले कहिँ त्यो त्यसैगरी व्याख्या गरिन्छ | तर वास्तविक कुरूक्षेत्र भनेको धर्म-क्षेत्र हो धेरै आगाडी देखि | वेदमा भनिएको छ, कुरु-क्षेत्रे धर्मम् आचरेत्: "यदि कोहिले संस्कार समारोह गर्न चाहन्छ भने, उसलाई कुरूक्षेत्र जानुपर्छ |" र यो बिधि अझै पनि इंडियामा छ, यदि त्यहाँ दुइटा पार्टी बीच मनमुटाव अथवा झगडा पर्छ, तिनीहरु अझै पनि मन्दिर जान्छन् - मन्दिर भनेको धर्म - क्षेत्र - हो कि कोसैले पनि विग्रह आगाडी झुटो बोल्न सक्दैन | यो चल्दै थियो | यदि कोहि सोचाईमा तल छ, अझैपनि यदि उसलाई चुनौती दिईयो कि "तिमी यो गलत कुरा बोल्दै छौ | र अब विग्रह आगाडी बोल, "ऊ अफ्ठ्यारो मान्छ,"नाई |" यो अझै इन्डिया हो | तिमी विग्रह आगाडी झुटो बोल्न सक्दैनौ | त्यो अपराध हो | यो नासोच कि विग्रह भनेको ढुंगाको मुर्ति हो| होइन | स्वयं भगवान् | जस्तै चैतन्य महाप्रभु | जब उँहाले जग्गनाथ भगवानलाई देख्नु भयो, उँहा तुरुन्तै बेहोस हुनुभयो | "ओहो, यहाँ मेरो भगवान हुनुहुन्छ |"हामीजस्तो होइन : "ओहो, यहाँ केहि मुर्ति छ |" होइन | यो सराहना गर्ने प्रश्न हो | त्यसैले तिमी मान या नमान, विग्रह भनेको सर्वच्चो पुरुषोत्तम भगवान हुनुहुन्छ | हामीले सधैँ सम्झिनुपर्छ | त्यसैले हामी विग्रहको आगाडी सतर्क हुनुपर्छ, पाप नगर्ने | उँहाको सेवा गर्दा, उँहालाई प्रशाद अर्पण गर्दा, उँहाको सृंगार गर्दा, हामीले सधैँ सम्झिनुपर्छ कि, "कृष्ण व्यक्तिगत रुपमा हुनुहुन्छ " उँहा व्यक्तिगत रुपमा हुनुहुन्छ तर हाम्रो अल्पज्ञानले गर्दा, हामी त्यो बुज्न सक्दैनौ | त्यसैले शास्त्रमा भएको सबै कुरा हामीले मान्नुपर्छ | यो ब्राह्मणको सभ्यता हो | यो कृष्णभावनाको अभियान भनेको ब्राह्मणको संस्कार हो यो संस्कारले पहिलो श्रेणीको व्यक्तिलाई जनाउँछ, पहिलो श्रेणी | ब्राह्मण भनेर समाजको पहिलो श्रेणीको व्यक्ति भनेर चिनिनु पर्छ | त्यसैले कृष्ण भन्नुहुन्छ चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भा गि ४|१३)| ईतिहास​, ईतिहास​ भनेको पहिलो श्रेणी व्यक्तिको क्रियाकलाप बुझ्ने भन्ने हुन्छ | त्यो इतिहास हो | तिनीहरुले धेरै महत्वपुर्ण घटनाहरु बोकेका हुन्छन् | त्यसैले यहाँ उदाहरण दिईएको छ कि उदाहरन्ति इमम् इतिहासं पुरातनम् | किनकि त्यो पहिलो श्रेणीको घटना थियो ... नत्र, सारा युगको इतिहास जम्मा गरेर कहिले , कोसले पढ्छ, कोसले राम्रो भन्छ, र कहाँ राख्छौ त्यो ? सधैँ धेरै कुराहरु भैईरहेको छ | त्यसैले वैदिक सिद्धान्त अनुसार, महत्वपुर्ण घटनाहरु मात्रै इतिहासको पानामा लेखिन्छन् | त्यसैले यसलाई पुरण भनिन्छ | पुरण भनेको पुरानो इतिहास हो | पुरातनम् | पुरातनम् भनेको धेरै, धेरै पुरानो | तिनीहरु लेखिन्छन् | त्यसैले यो श्रीमद- भागवतम धेरै पुरानो इतिहासको संग्रह हो, इतिहासका घटनाहरु | ईतिहास पुराणानां सारं सारं समुद्धृत्य​ | सारं भनेको निचोड हो | त्यसैले अरु सबै कामनलाग्ने अभिलेखहरु फालिनु पर्छ | होइन | सारं सारं, महत्वपुर्ण निचोडहरु मत्रै अभिलेख हुनुपर्छ | यो भारतीय इतिहास हो | महाभारत ... मह भनेको महान भरात | महान भारत, धेरै इतिहास भएका थिए, तर महत्वपुर्ण इतिहास भनेको, कुरूक्षेत्रको युद्द, यो होइन कि सबै युद्द अभिलेख हुनुपर्छ |