NE/Prabhupada 0324 - इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु



Lecture on SB 6.1.20 -- Chicago, July 4, 1975

यो कुरुक्षेत्र धर्म​-क्षेत्र​ हो | यो होइन कि त्यहाँ युद्ध भयो र कृष्ण युद्धभूमिमा हुनुभएको कारण त्यसलाई धर्म-क्षेत्र भनिन्छ | कहिलेकहीं त्यसरी व्याख्या गरिन्छ | तर वास्तवमा कुरुक्षेत्र धेरै अगाडिदेखि धर्म-क्षेत्र थियो | वेदमा भनिएको छ, कुरु-क्षेत्रे धर्मम् आचरेत्: "यदि कसैले कर्मकाण्ड गर्न चाहन्छ भने ऊ कुरुक्षेत्र जानुपर्छ |" र अझै पनि भारतमा यो चलन छ, यदि दुईवटा समुहबीच मनमुटाव वा झगडा हुन्छ भने उनीहरु मन्दिर जान्छन् - मन्दिर भनेको धर्म-क्षेत्र - ताकी कसैले पनि विग्रह अगाडि झुटो नबोलोस् | यो चलन थियो | कसैको मानसिकता धेरै निच भए पनि, जब उसलाई चुनौती दिइन्थ्यो कि "तिमी यो गलत कुरा बोल्दैछौ | अब विग्रह अगाडि बोल," उसले अप्ठ्यारो मान्थ्यो, "हुँदैन |" भारतमा अझै यस्तो छ | तिमीले विग्रह अगाडि झुटो बोल्न सक्दैनौ | त्यो अपराध हुन्छ | यो नसोच कि विग्रह भनेको ढुंगाको मुर्ति हो | होइन | स्वयं भगवान् | जस्तै चैतन्य महाप्रभु | जब उहाँले जगन्नाथ भगवानलाई देख्नुभयो, उहाँ तुरुन्त बेहोस हुनुभयो | "ओहो, यहाँ मेरो भगवान् हुनुहुन्छ |" हामीजस्तो होइन: "ओहो, यहाँ केहि मुर्ति छ |" होइन | यो सराहनाको कुरा हो | त्यसैले तिमी सराहना गर वा नगर, विग्रह व्यक्तिगत रुपमा सर्वोच्च पुरुषोत्तम भगवान् हुनुहुन्छ | हामीले सधैँ सम्झिनुपर्छ | त्यसैले हामी विग्रहको अगाडि धेरै सतर्क हुनुपर्छ, अपराध गर्नुहुँदैन | उहाँको सेवा गर्दा, उहाँलाई प्रसादम् अर्पण गर्दा, उहाँको शृङ्गार गर्दा, हामीले सधैँ सम्झिनुपर्छ, "यहाँ व्यक्तिगत रुपमा कृष्ण हुनुहुन्छ " उहाँ व्यक्तिगत रुपमा हुनुहुन्छ तर हाम्रो अज्ञानताको कारण हामी बुझ्न सक्दैनौं |

त्यसैले हामीले शास्त्रमा वर्णित सबै कुरा पालन गर्नुपर्छ | यसलाई ब्राह्मण संस्कृति भनिन्छ | यो कृष्ण भावनामृत अभियान भनेको ब्राह्मण संस्कृति हो - प्रथम श्रेणीको व्यक्तिको संस्कृति | ब्राह्मणलाई समाजको प्रथम श्रेणीको व्यक्ति भनेर चिनिन्छ | त्यसैले कृष्णले भन्नुहुन्छ चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३)| इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु हो | त्यो इतिहास हो | सबभन्दा महत्वपुर्ण घटनाहरु छानिन्छ | त्यसैले यहाँ उदाहरण दिइएको छ कि उदाहरन्ति इमम् इतिहासं पुरातनम् | किनकि त्यो पहिलो श्रेणीको घटना... अन्यथा, यसी सारा समयावधिको इतिहास संकलन गरिन्छ भने त्यो कसले पढ्छ, र कसले सराहना गर्छ, र त्यसलाई कहाँ राख्न सकिन्छ ? दैनिक धेरै घटनाहरु घटिरहेका हुन्छन् | त्यसैले वैदिक प्रणाली अनुसार, इतिहासको पानामा महत्वपूर्ण घटनाहरु मात्र लेखिन्छन् | त्यसैले यसलाई पुराण भनिन्छ | पुराण अर्थात् पुरानो इतिहास | पुरातनम् | पुरातनम् भनेको धेरै, धेरै पुरानो | तिनीहरु लेखिन्छन् | यो श्रीमद्-भागवतम् धेरै पुरानो ऐतिहासिक घटनाहरुको संग्रह हो | ईतिहास पुराणानां सारं सारं समुद्धृत्य​ | सारं अर्थात् निचोड | यो होइन अरु सबै बेकार अभिलेखहरु पनि राख्नुपर्छ | होइन | सारं सारं, केवल महत्वपूर्ण निचोडहरु मात्र राख्नुपर्छ | यसलाई भारतीय इतिहास भनिन्छ | महाभारत ... मह भनेको ठुलो भरात | ठुलो भारतमा धेरै घटनाहरु घटेका थिए, तर सबभन्दा महत्वपूर्ण इतिहास, कुरुक्षेत्रको युद्धको बारेमा त्यहाँ लेखिएको छ | यो होइन कि सबै युद्धहरुको बारेमा लेख्नुपर्छ |