NE/Prabhupada 0330 - सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ

Revision as of 07:09, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0330 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 1.26-27 -- London, July 21, 1973


यदि हामी यो सोच्दै छौँ कि यो भौतिक संसारमा म सुरक्षित हुन्छु भनेर, समाज, साथीभाई, राष्ट्र, राजनीति र नागरिक सास्त्रले जोगाउँछ भनेर," "होइन, होइन, त्यो सम्भव छैन | " त्यो सम्भव छैन | तिमिले आफ्नो रक्षा आफै गर्नुपर्छ | तिम्रो तथाकथित समाज, साथीभाई, प्रेम, देश, राष्ट्र, यिनीहरुले कहिले तिमीलाई मदत गर्न सक्दैन | किनकि तिमी मायाको पन्जामा छौ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भा गी ७|१४)| प्रकृतेः क्रियमाणानि गुण्ऐः कर्माणि सर्वशः अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते (भा गी ३|२७)| तिमि मायाको पन्जामा छौ | तिमि स्वतन्त्र छैनौ | न कोहि स्वतन्त्र छ तिमीलाई बचाउनको लागि | त्यो सम्भव छैन | मैले सधैँ दिने उदाहरण जस्तै, कि तिमी प्लेन चलाउन सिक्छौ | त्यसैले तिमि आकाश माथि माथि जान्छौ | तर यदि तिमि खतरामा पर्यो भने अरुकुनै प्लेनले तिमीलाई जोगाउन सक्दैन | त्यसैले तिमी होसियार पाइलट भएर आफुलाई स्वयं बचाउनु पर्छ | त्यसैगरी, यो भौतिक संसारमा सबैले आफुलाई हेरचाह गर्नुपर्छ | कसरि ऊ मायाको पन्जाबाट बच्न सक्छ | यो हो कृष्णभावानामृतको अभियान | एउटा शिक्षकले तिमीलाई बाटो देखाउन सक्छन् | आचार्यले तिमीलाई बाटो देखाउन सक्नुहुन्छ "तिमि यो तरिकाले बच्न सक्छौ |" तर गर्नुपर्ने कर्तव्य तिम्रो हातमा छ | यदि तिमीले अध्यात्मिक कर्तव्य राम्रोसँग गर्यौ भने, तिमि बच्यौ | नत्र, यदि आचार्यले तिमीलाई ज्ञान दिएपनि, यदि तिमीले त्यो पालना गरेनौ कसरि तिमि जोगिन्छौ ? उँहाले तिमीलाई सकेसम्म ज्ञानले, उँहाको कृपाले जोगाउन सक्नु हुन्छ | तर तिमीले यो गम्भीर रुपमा तिम्रो हातमा लिन सक्नुपर्छ | त्यसैले यो समस्या ... अर्जुन पनि यहि समस्या भोगिरहेका छन् | यो सामान्य समस्या हो | देहापत्य​-कलत्रादिषु | देहापत्य​ | देह भनेको यो शरीर हो | अपत्या भनेको बच्चाहरु हुन् | कलात्र भनेको श्रीमती हो | देहापत्य​-कलत्रादिष्व् आत्म​-स्ऐन्येष्व् असत्स्व् अपि (श्री भा २|१|४)| हामी यो सोच्दै छौँ कि "हामीलाई यी सैनिकहरुले बचाउने छन् | मसँग मेरा छोरा, नाति, हजुरबुबा, ससुरा , ज्वाईं, धेरै सामाजिक साथीहरु छन्, नाता र प्रेम छ |" सबै यहि सोच्दै छन् | "मेरो देश, मेरो समाज, मेरो सिद्धान्त, मेरो राजनीतिक |" होइन | कोहिले पनि तिमीलाई बचाउन सक्दैन | देहपत्य​-कलत्रादिषु असत्सु अपि |" तिनीहरु सबै अस्थायी हुन् | तिनीहरु आउँछन् जान्छन् | आसत्सु अपि | परमत्तो तस्य निधनं पश्यन्न् अपि न पश्यति | जो मानिस यो समाजसँग धेरै आशक्त छ, साथीभाई र प्रेम, उसलाई परआत्मा भनिन्छ | प्रमत्ता भनेको पागल हो, पागल मान्छे | पश्यन्न् अपि न​, तस्य निधनम् | उसले त्यो देख्दैन | उसले आफ्नो पिता मरेको देखे पनि | जब म सानो थिएँ, मेरो पिताले मलई हेरचाह गर्नुहुन्थ्यो | अहिले मेरो पिता मर्नुभयो | मलाई कस्ले हेरचाह गर्छ ? के मेरो पिता अहिले जिउँदो हुनुहुन्छ ? मलाई कसले हेरचाह गर्दै छ ? मेरो आमाले मलाई हेरचाह गर्नुहुन्थ्यो | अहिले मलाई कसले हेरचाह गर्छ ? म परिवारमा थिएँ, मेरा छोराहरु, मेरा छोरीहरु, मेरो श्रीमती, तर मैले उनीहरुलाई छोडेँ | अब मलाई कोसले हेरचाह गर्दै छ ?" वास्तावमा कृष्णले तिमीलाई सधैँ हेरचाह गर्नुहुन्छ | तिम्रो समाजले, साथीभाईले र मायाप्रीतिले होइन | तिनीहरु सिद्दिन्छन् |