NE/Prabhupada 0333 - सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने

Revision as of 07:16, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0333 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 16.6 -- Hawaii, February 2, 1975


एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गी ४|२)| ठ्याक्कै त्यस्तै | यहाँ, सुर्य, भगवानको तुच्छ आविस्कार हो | र सुर्यको यति धेरै किरण छ, शारीरिक चमक, त्यसले सारा ब्रह्माण्डभरि तातो र ज्योति फैलाईरहेको छ | तिमि त्यो अस्विकार गर्न सक्दैनौ | यो सुर्यको स्तर हो | र त्यहाँ लाखौँ र करोडौँ सुर्य छन् कोहि यो सुर्य भन्दा ठुला छन् | यो सबैभन्दा सानो सुर्य हो | त्यहाँ ठुला ठुला सुर्य छन् | त्यसिले हामी बुझ्न सक्छौँ कि यो शारीरिक चमक के हो भनेर | केहि गाह्रो छैन | कृष्णको शरीरबाट निस्किएको चमकलाई ब्राह्मण भनिन्छ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिषु वसुधादि-विभूति-भिन्नम्, तद् ब्रह्म​: (ब्र सं ५|४०) "यो ब्राह्मण हो, त्यो प्रभा |" त्यसैगरि, कृष्ण सबैको हृदयमा निवास गर्नुहुन्छ, अवस्थित हुनुहुन्छ | यो निराकार विस्तार हो | जस्तै कि सुर्यबाट निस्किएको ज्योति, निराकार विस्तार हो, त्यसैगरी, ब्राह्मण प्रभा कृष्णको निराकार विस्तार हो | र त्यो भाग जुनबाट उँहा सर्वत्र उपस्थित हुनुहुन्छ, ण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम्... (Bस्. ५.३५). उँहा यो ब्रह्माण्डमा हुनुहुन्छ | उँहा तिम्रो हृदयमा हुनुहुन्छ, मेरो हृदयमा पनि | उँहा सबैचिजमा हुनुहुन्छ |"सबैचिजमा " भनेको अणुमा पनि, परमाणु | त्यो हो परमात्मा विशेषता | र अन्तिममा कृष्णको व्याक्तिगत शरीरनै परम तत्व हो | सच्-चिद्-आनन्द​-विग्रहः. ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र सं ५|१)| विग्रह भनेको आकार हो | त्यो हाम्रो जस्तो होइन | त्यो भनेको सत्, चित, आनन्द | यो शरीरको पनि तिन गुण छन् | सत् भेनेको नित्य हो | त्यसैले, उँहाको शरीर हाम्रो भन्दा भिन्न छ | हाम्रो, ईतिहासमा यो शरीर नित्य छैन | जब यो शरीर माता र पिताद्रारा बनाइन्छ, त्यसको सुरुवातको मिति हुन्छ | र जब यो शरीर सिद्दिन्छ, संहार हुन्छ, त्यहाँ अर्को मिति हुन्छ | त्यसैले जुनैपनि कुरा मितिमा हुन्छ भने त्यो ईतिहास हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | अनादी | तिमि यो अनुमान गर्न सक्दैनौ कि कृष्णको शरीर कहिले सुरु भयो भनेर | अनादि'| आदि, फेरी आदि | उँहा सबैको लागि आरम्भ हुनुहुन्छ | अनादि | उँहा आफै अनादि हुनुहुन्छ ; कोसैले पनि उँहाको उत्पत्तिको बारेमा पत्ता लगाउन सक्दैन | उँहा ईतिहास भन्दा पर हुनुहुन्छ | त्यसैले, तर उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जस्तै मेरो पिता मेरो लागि सुरुवात हुनुहुन्छ | पिता मेरो, तिम्रो, सबैको लागि सुरुवात हुनुहुन्छ | त्यसैले उँहाको सुरुवात छैन, जसको कुनै पिता हुदैन, तर उँहा परम पिता हुनुहुन्छ | त्यो हो विचार, क्रिस्टेनको विचार : भगवान परम पिता हुनुहुन्छ | यो तथ्य हो, किनकि उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जन्माद्य् अस्य यत : (श्री भा १|१|१) "जेसुकै कुरा छ, त्यो कृष्णबाट आएको हो |" त्यो भगवद गीतामा भनिएको छ | अहम् आदिर् हि देवानाम् (भा गी १०|२)| देवताहरु ... यो ब्रह्माण्ड, ब्रह्माजिको उत्पत्ति हो | उँहापनि एक देवता हुनुहुन्छ | त्यसैले कृष्ण भन्नुहुन्छ, अहम् आदिर् हि देवानाम्, "म देवताको सुरुवात हुँ, देवता |" त्यसैले यदि तिमीले कृष्णलाई यो तरिकाले बुझ्यौ भने, तिमि दैव हुन्छौ, दिव्य | दिव्य | हाम्रो कृष्णभावना अभियान भनेको सबैलाई दिव्य हुन सिकाउने अभियान हो | त्यो हो कार्यक्रम | त्यसैले दिव्य भएर फाइदा के छ ? त्यो अघिल्लो श्लोकमा वर्णन गरिएको छ | दैवी सम्पद् विमोक्षाय (भा गी १६|५)| यदि तिमि दिव्य भयौ र दिव्य गुणहरु पायौ भने, अभयं सत्त्व​-संशुद्धिः ज्ञान​-योग​-व्यवस्थितिः... त्यो ... हामीले पहिल्यै छलफल गरिसक्यौ | त्यसैले यदि तिमि दिव्य भयौ भने ... त्यहाँ दिव्य हुनको लागि बाधा छैन | मात्रै तिमीले त्यो स्तरको लागि अभ्यास गर्नुपर्छ | जस्तै सबैजना प्रधानन्यायधिस बन्नसक्छ | सबैजना अमेरिकाको प्रधानमन्त्रि बन्न सक्छन् | त्यहाँ कुनै रोकावट छैन | तर तिमि योग्य हुनुपर्छ | यदि तिमी आफै योग्य भयौ भने ... तिमी जुनैपनि अवस्थामा घुलमिल हुनसक्छौ | त्यसैगरी, भनिएको छ, दैवी हुनको लागि, तिमीलाई दिव्य हुनको लागि, आफैले अभ्यास गर्नुपर्छ | कसरी दिव्य हुने ? त्यो छलफल गरिसक्यौँ | हामीले गरिसक्यौँ ... त्यसैले यदि तिमिले आफुलाई दिव्य गुणले योग्य बनायौ भने, फाइदा के छ ? दैवी सम्पद् विमोक्षाय​ | मोक्ष | मोक्ष भनेको मुक्ति हो | त्यसैले यदि तिमीले दिव्य गुण पायौ भने, तिमी मुक्तिको लागि तयार भयौ | मुक्ति भनेको के हो ? मुक्ति भनेको जन्म र मृत्युबाट छुटकारा पाउने हो | त्यो हाम्रो वास्तविक समस्या हो | यो आधुनिक, मुर्खको सभ्यता, तिनीहरुलाई यो समस्याको समाधान के हो भनेर थाहा छैन | तिनीहरुलाई थाहा छैन | त्यहाँ पढाई छैन | त्यहाँ विज्ञान छैन | तिनीहरु यो सोच्दै छन् कि "यहाँ यति छोटो जीवन छ, भनौँ, पचास बर्ष, साठी बर्ष, सय बर्ष, बढीमा, यदि हामीले राम्री श्रीमती, राम्रो घर, राम्रो गाडी जुन ७० माईलको गतिमा कुद्छ, एउटा राम्रो व्हिस्कीको बोतल भयो भने ..." त्यो उसको पूर्णता हो | तर त्यो विमोक्ष होइन | वास्तविक विमोक्ष , मुक्ति, भनेको पुन: जन्म, मृत्यु, जरा व्याधि रोकिनु हो | त्यो हो विमोक्ष | तर तिनीहरुलाई त्यत्ति पनि थाह छैन |