NE/Prabhupada 0333 - सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने



Lecture on BG 16.6 -- Hawaii, February 2, 1975

एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२)| ठिक त्यस्तै | सूर्य भगवानको नगण्य सृष्टि हो | सूर्यको किरण, शारीरिक चमक यति धेरै हुन्छ कि त्यसले सारा ब्रह्माण्डभरि ताप र प्रकाश फैलाउँदैछ | तिमीले त्यो अस्वीकार गर्न सक्दैनौ | यो सूर्यको स्थान हो | र त्यहाँ लाखौँ-करोडौँ सूर्य छन्, यो सुर्यभन्दा ठुला सूर्यहरु छन् | यो सबैभन्दा सानो सूर्य हो | त्यहाँ ठुला-ठुला सूर्यहरु छन् | हामीले बुझ्न सक्छौँ कि शारीरिक चमक भनेको के हो | कुनै कठिनाइ छैन | कृष्णको शारीरिक चमकलाई ब्रह्म भनिन्छ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिषु वसुधादि-विभूति-भिन्नम्, तद् ब्रह्म​: (ब्र स ५|४०) "त्यो ब्रह्म हो, त्यो प्रभा |" त्यसैगरी, कृष्ण सबैको हृदयमा विराजमान गर्नुहुन्छ | यो निराकार विस्तार हो | जसरी सूर्यको प्रकाश सूर्य-किरणको निराकार विस्तार हो, त्यसैगरी, ब्रह्मज्योति कृष्णको शारीरिक किरणको निराकार विस्तार हो | र जुन अंशबाट उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम्... (ब्र स ५|३५) | उहाँ यस ब्रह्माण्डमा विराजमान हुनुहुन्छ | उहाँ तिम्रो हृदयमा विराजमान हुनुहुन्छ, मेरो हृदयमा विराजमान हुनुहुन्छ | उहाँ सम्पूर्ण वस्तु भित्र विराजमान हुनुहुन्छ |"सबै वस्तु" अर्था अणु, परमाणुमा पनि | त्यो उहाँको परमात्मा विस्तार हो | र अन्तिम विस्तार भनेको कृष्णको व्याक्तिगत शरीर हो | सच्-चिद्-आनन्द​-विग्रहः | ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१)| विग्रह अर्थात् आकार | त्यो आकार हाम्रो जस्तो हुँदैन | त्यो सत्, चित्, आनन्द हुन्छ | शरीरको पनि तीन गुण हुन्छ | सत् अर्थात् शाश्वत | त्यसैले, उहाँको शरीर हाम्रो शरीरभन्दा भिन्न हुन्छ | इतिहासको कुनै पनि क्षणमा यो शरीर शाश्वत छैन | माता र पिताले एउटा निश्चित मितीमा यो शरीरको सिर्जना गर्छन् | र जब यो शरीर समाप्त हुन्छ, नाश हुन्छ, तब अर्को मिती हुन्छ | जुन कुरा मितीमा गन्न सकिन्छ, त्यो इतिहास हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | अनादि | तिमीले कृष्णको शरीर कहिले सुरु भयो भनेर अनुमान गर्न सक्दैनौ | अनादि | आदि, पुनः आदि | उहाँ सबैजनाको सुरुवात हुनुहुन्छ | अनादि | उहाँ स्वयं अनादि हुनुहुन्छ; कसैले पनि उहाँको उत्पत्तिको मिती पत्ता लगाउन सक्दैन | उहाँ इतिहास भन्दा पर हुनुहुन्छ | तर उहाँ सबैको सुरुवात हुनुहुन्छ |

जस्तै मेरो पिता मेरो सुरुवात हुनुहुन्छ | मेरो, तिम्रो, सबैको लागि पिता सुरुवात हुनुहुन्छ | भगवानको कुनै सुरुवात छैन, उहाँको कुनै पिता हुँदैन, तर उहाँ परम पिता हुनुहुन्छ | त्यो धारणा हो, इशाई धारणा: भगवान् परम पिता हुनुहुन्छ | यो तथ्य हो, किनकि उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जन्माद्य् अस्य यत : (श्री भा १|१|१) | "जुनसुकै कुराको सृष्टि भएको छ, त्यो कृष्णबाट आएको हो |" त्यो भगवद् गीतामा उल्लेख गरिएको छ | अहम् आदिर् हि देवानाम् ((भ गी १०|२)| देवताहरु ... यो ब्रह्माण्ड ब्रह्माको सृष्टि हो | उनी पनि एक देवता हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, अहम् आदिर् हि देवानाम्, "म देवताहरुको सुरुवात हुँ |" त्यसैले यदि तिमीले कृष्णलाई यस प्रकारले बुझ्छौ भने तिमी दैव, दिव्य हुन्छौ | दिव्य | हाम्रो कृष्ण भावनामृत अभियान सबैलाई दिव्य हुन शिक्षा दिनको लागि हो हो | त्यो हाम्रो कार्यक्रम हो | दिव्य भएर के फाइदा प्राप्त हुन्छ ? त्यो अघिल्लो श्लोकमा वर्णन गरिएको छ | दैवी सम्पद् विमोक्षाय ((भ गी १६|५)| यदि तिमी दिव्य हुन्छौ र दिव्य गुणहरु प्राप्त गर्छौ भने अभयं सत्त्व​-संशुद्धिः ज्ञान​-योग​-व्यवस्थितिः... त्यो ... हामीले पहिल्यै छलफल गरिसक्यौं | त्यसैले यदि तिमी दिव्य हुन्छौ भने ... दिव्य हुनको लागि कुनै बाधा छैन | तिमीले केवल उक्त स्तरको लागि अभ्यास गर्नुपर्छ | जस्तै, सबैजना उच्च अदालतको न्यायाधीश बन्न सक्छन् | सबैजना अमेरिकी राष्ट्रपति बन्न सक्छन् | त्यसमा कुनै रोकावट छैन | तर तिमी योग्य हुनुपर्छ | यदि तिमीले आफुलाई योग्य बनायौ भने.... हरेक अवस्थामा अभ्यस्त हुन सक्छौ | त्यसैगरी, तिमीले आफुलाई दिव्य वा दैवी हुनको लागि योग्य बनाउनुपर्छ | कसरी दिव्य हुने ? त्यो छलफल पहिल्यै गरिसक्यौँ | हामीले पहिल्यै... यदि तिमिले आफुलाई दिव्य गुणले योग्य बनाउँछौ भने के लाभ हुन्छ ? दैवी सम्पद् विमोक्षाय​ | मोक्ष | मोक्ष अर्थात् मुक्ति | यदि तिमीले दिव्य गुण विकास गर्यौ भने तिमी मुक्तिको लागि योग्य हुन्छौ | मुक्ति भनेको के हो ? जन्म र मृत्युबाट छुटकारा | त्यो हाम्रो वास्तविक पीडा हो | यो आधुनिक, धूर्त सभ्यतामा तिनीहरुलाई समस्याको समाधान के हो भनेर थाहा छैन | तिनीहरुलाई थाहा छैन | त्यहाँ कुनै शिक्षा छैन | त्यहाँ कुनै विज्ञान छैन | तिनीहरु सोच्दैछन् कि "यहाँ आयु छोटो छ, भनौँ, पचास वर्ष, साठ्ठी सर्ष, बढीमा सय वर्ष, यदि हामीले राम्री श्रीमती, राम्रो घर, ७० मीलको गतिमा कुद्ने गाडी र एउटा राम्रो रक्सीको बोतल प्राप्त गर्यौं भने....." त्यो उसको पूर्णता हो | तर त्यो विमोक्षाय होइन | वास्तविक विमोक्ष, मुक्ति, भनेको पुन: जन्म, मृत्यु, जरा र व्याधि प्राप्त नगर्नु | त्यो विमोक्ष हो | तर तिनीहरुलाई यति पनि थाहा छैन |