NE/Prabhupada 0344 - श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित

Revision as of 07:42, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0344 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 3.26.11-14 -- Bombay, December 23, 1974


व्यसदेव, यी सबै वैदिक ग्रन्थ लेखिसकेपछि, उहाँलाई चित्त बुझेको थिएन | उहाँले चार वेदको रचना गर्नुभयो, अनि पुराण - पुरण भनेको वेदहरुको अतिरिक्त हो - र वेदान्त - सुत्र, वैदिक ज्ञानको अन्तिम शब्द, वेदान्त -सुत्र | तर उहाँलाई चित्त बुझेको थिएन | त्यसैले नारद मुनि, उहाँको अध्यात्मिक गुरु, उहाँले त्यो सोध्नुभयो : "तपाईं किन मानव समाजमा ग्रन्थ लेखेर, पुस्तक लेखेर, असन्तोष हुनुहुन्छ ?" त्यसैले उहाँले भन्नुभयो,"गुरु, हो, मलाई थाहा छ कि मैले त्यो रचना गरे ...तर म सन्तुष्ट छुईन | मलाई थाहा छैन कि कारण के हो भनेर |" अनि नारद मुनिले भन्नुभयो, "यो असन्तुष्टि किन भयो भने तपाइँ कृष्णको लीलाको बारेमा वर्णन गर्नुहुन्न |" किनकि तिमीलाई चित्त बुझेन | तिमीले मात्रै बाहिरी आवरण वर्णन गर्यौ, तर भित्रि तत्व, तिमीले वर्णन गरेका छैनौ | त्यसैले तिमी असन्तुष्ट छौ | र अब तिमी गर | " त्यसैले व्यसदेवको आज्ञामा ... ईर , नारद मुनि, उहाँको अध्यात्मिक गुरु, व्यासदेव, उहाँको अन्तिम योगदान श्रीमद - भागवतम् हो | श्रीमद्-भागवतम् अमलं पुराणं यद् व्ऐष्णवानां प्रियम् | त्यसैले वैष्णव, तिनीहरु श्रीमद- भगवतमलाई अमलम पुरानामको रुपमा लिन्छन् | अमलम पुरानाम भनेको ... अमलम भनेको कुनै मिसावट बिना | यी अरु सबै पुराणहरु, तिनिहरुले कर्मयोग ,ज्ञानयोगको धारणा प्रस्तुत गर्छ | त्यसैले तिनीहरु समलम हो, भौतिक रुपले दुषित | र श्रीमद - भागवतम, भनेको, मात्रै भक्तिसँग सम्बन्धित छ ; त्यसैले यो अमलम हो | भक्ति भनेको भगवानसँग ठाडै सम्बन्ध गाँस्ने हो, भक्त र भगवान, र कारोवार भनेको भक्ति हो | त्यहाँ भगवान हुनुहुन्छ, र त्यहाँ भक्त छन्, जस्तै मालिक र नोकर | र मालिक र नोकर बिचको सम्बन्ध भनेको, त्यो कारोबार हो, सेवा | त्यसैले सेवा हामीले ... यो हाम्रो प्राकृतिक गुण हो | हामी सेवा गर्दै छौँ | तर यो भौतिक तत्वसँग मिलेर हाम्रो चेतना, चित् दुषित भएको छ, हामी छुट्टै किसिमले सेवा गर्न खोज्दै छौँ | कोहि परिवारको लागि, कोहि गाउँको लागि, कोहिँ समाजको लागि, कोहि देशको लागि , कोही मनावताको लागि, अरु धेरै धेरै सेवा गर्न चाहन्थ्ये, तर यी सबै सेवाहरु, ति दुषित हुन् | तर जब तिमीले यो कृष्ण चेतनाको अभियानमा आउँछौ, त्यो पूर्ण सेवा हो | त्यो पूर्णताको जीवन हो | त्यसैले कृष्णभावनाको अभियान भनेको मनाव समाजलाई सेवा गर्ने स्तरसम्म लैजाने हो |

धेरै धन्यवाद |