NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ

Revision as of 07:48, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0346 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- December 12, 1973, Los Angeles


उमापति : मलाई लाग्छ कि हामी भक्तहरुलाई राजनीतिमा राख्ने सम्भावनाको बारेमा चर्चा गर्दै छौँ, र हामीले यस्तो कुराहरु प्रस्तुत गर्दै छौँ कि हामी पश्चिमी मुलुकको मूल्य विरुद्द छौँ | हामी तपस्या प्रस्तुत गर्दै छौँ | हामी भगवान चेतना प्रस्तुत गर्दै छौँ | हामी यौन स्वतन्त्र मनाही भनेर प्रस्तुत गर्दै छौँ, नशा | यी सबै चार नियम, पश्चात्य मुलुक भन्दा ठिक उल्टो छ |

प्रभुपाद : त्यसो भए पश्चिम जगतको मानिसहरु सबै दानव हुन् |

उमपति : त्यसैले यो समस्या भनेको यी स्थितिबाट मानिस गुज्रिन चाहन्छ, कि यो बुझाउन चाहन्छ "हामी यसको लागि उभिएका छौँ,"र आफ्नो लागि कोहिले समर्थन गरोस |

प्रभुपाद : कोसैले समर्थन नगर्लान, तर हामी प्रचार गर्दै जान्छौँ | त्यो मैले वर्णन गरिसकेँ, केहि विश्वविध्यालय | सबै देश अशिक्षित छ | यसको मतलब के विश्वविध्यालय बन्द हुनुपर्ने हो र ? विश्वविध्यालय त्यहाँ हुनुपर्छ | जो भाग्यमानी छ ऊ आएर शिक्षा लिन सक्छ | यो होइनकि "मानिस अशिक्षित छन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यसैले विश्वविध्यालय बन्द गरौँ |" यो तर्क होइन |

यशोमतिनन्दन : विस्तारै तिनीहरुले आकर्षण विकाश गर्छन् |

प्रभुपाद : हो, हामीले काम गर्नुपर्छ | त्यो प्रचार हो | तिमि यति सजिल्यै नसोच कि प्रचार यति सजिलो छ | खाने, सुत्ने र कहिले "हरिबोल " भन्ने , त्यत्ति हो | त्यो प्रचार होइन | हामीले कृष्ण चेतनाको सिद्धान्त सारा संसारभरि फैलाउन सक्नुपर्छ |

उमापति : त्यो रातारात हुने कुरा होइन, तैपनि |

प्रभुपाद : यो विग्रह पुजा, हामीलाई सुरक्षित गर्नको लागि हो | यदि हामीले विग्रह पुजा गर्न मानेनौँ भने, हामी पनि गिर्छौँ | तर सबै कर्तब्य पुरा भैसकेको छैन | आर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते | अर्चा भनेको विग्रह | यदि कोहिले विग्रह राम्रोसँग पुजा गरेको छ भने तर तद्-भक्तेषु चान्येषु, उसलाई धेरै कुरा थाहा हुदैन, को भक्त, को अभक्त, यो संसारप्रतिको कर्तव्य के छ, स भक्तः प्राकृतः स्मृतः ऊ भौतिक भक्त हो | ऊ भौतिक भक्त हो | त्यसिले हामीले त्यो बुझ्नलाई कर्तव्य लिनुपर्छ कि को शुद्द भक्त हो भनेर र आम मानिसको निमित्त तिम्रो कर्तव्य के हो, र तिमीले आफुलाई विकास गर्न सक्छौ | अनि तिमि मध्यम अधिकारी हुन्छौ | मध्यम - अधिकारी, उच्च भक्त | जस्तै यी मानिसहरु, यीनिहारू भारत होस या त यहाँ, यिनीहरु चर्च गए जस्तो सम्झिन्छन् , चर्च गएर केहि नबुझ्नु भनेको | त्यो तल गिरेको हो | यो ..... चर्च अहिले बन्द भएको छ | त्यसैगरी, यदि तिमीले आफुलाई प्रचारको स्तरमा राखेनौ भने, तिम्रो मन्दिर केहि समय पछि बन्द हुनेछ | प्रचार बिना, तिमलाई मन्दिर चलाउन उत्साह आउँदैन | र मन्दिर पुजा बिना, तिमी आफुलाई सफा र शुद्द राख्न सक्दैनौ | यी दुई कुरा परसपर लगिनु पर्छ | अनि त्यहाँ विजय हुन्छ | अहिलेको आधुनिक समयमा, कि हिन्दु, मुस्लिम, कि क्रिस्टेन, किनकि यो ठाउँमा त्यो ज्ञान सिकाईदैन, त्यसैले तिनीहरु मस्जिद अथवा मन्दिर अथवा चर्च बन्द गर्दै छन् | तिनीहरु बन्द गर्दै छन् |

प्रजापति : तिनीहरु राम्रो कामको फल देखाउना सक्दैनन् |

प्रभुपाद : हो | त्यो प्रचार हो | त्यसैले हामीले यति धेरै पुस्तक लेखिरहेका छौँ | जबसम्म हामीले यी पुस्ताकको रक्षा गर्दैनौ र प्रचार गर्दैनौ र पढ़दैनौ, सिद्धान्त बुझ्दैनौ, यो हरे कृष्ण अभियान केहि बर्षमै सिद्धिन्छ | किनकि त्यहाँ जीवन हुँदैन | कतिसम्म "हरे कृष्ण ! हरिबोल" भन्दै कित्रिम तरिकाले जान सक्छ त्यो कृतिम तरिका हो, जीवन छैन |

यशोमतिनन्दन : त्यो ठिक हो प्रभुपाद | हामी यस्तो मुर्ख छौँ कि हामी कहिले पनि केहि कुरा सत्क्ष्यातकार गर्दैनौ जबसम्म कोहिले हामीलाई त्यो भन्छ | प्रचार नगरेर ...

प्रभुपाद : प्रचार नगरिकन, सिद्धान्त नबुझिकन, तिमि बलियो हुन सक्दैनौँ | सबैजनालाई हामीले प्रस्तुत गरेको यो सिद्धान्त पढ्ने मौका दिईनु पर्छ | त्यसको मतलब तिमीले सधैँ पढ्नुपर्छ | हामीसँग यति धेरै पुस्तक छन् | र भगवत भनेको यति पूर्ण छ कि जुनै श्लोक तिमीले पढछौ, तिमीले ज्ञान पाउँछौ | यो धेरै राम्रो हो | कि भागवद -गीता अथवा भगवत | तर यो सामान्य लेख होइन |

उमापति : मैले तपाइँको भगवाद-गीता केहि विध्यालयमा राखेको छु , र तिनीहरु भन्छन् , "ठिक छ " जोसँग भगवाद गीता छ तिनीहरुले भन्छन् "ठिक छ, हामीसँग भगवत गीता छ भनेर |" त्यसैले ठिक छ, "यो भागवत गीतको विलकुल फरक बुझाई हो," र तिनीहरु भन्छन् ,"ठिक छ, यो कसैको विचार हो र हामीसँग त्यस्तो एउटैको पुस्तकको विचार सुन्ने ईच्या छैन |"

प्रभुपाद : त्यो विचार होइन | हामी यथारूप प्रस्तुत गर्दै छौँ कुनै विचार बिना |

उमापति : ठिक छ, त्यो ति तत्वहरु हुन् | त्यो पार लगाउन धेरै गाह्रो छ ...

प्रभुपाद : त्यसैले प्रचार गर्न सधैँ गार्हो हुन्छ | त्यो मैले बारम्बार भन्ने गर्छु | तिमीले यो प्रचार सजिल्यै भएको लिन सक्दैनौ | प्रचार भनेको झगडा समेत गर्नुपर्ने हुन्छ | तिमीलाई लाग्छ कि झगडा गर्न सजिलो छ भनेर ? झगडा गर्नु सजिलो कार्य होइन | जब त्यहाँ झगडा हुन्छ, त्यहाँ खतरा हुन्छ, त्यहाँ कर्तव्य हुन्छ | त्यसैले प्रचार भनेको ... के हो प्रचार भनेको ? किनकि मानिसहरु बुझ्दैनन्, हामीले तिनीहरुलाई ज्ञान दिनुपर्छ | त्यो हो प्रचार |

नर-नारायण : जब तपाईं यो पश्चात्य देशमा आउनुभयो, कोसैले पनि यो देशमा यति सफल हुन्छ भनेर सोचेका थिएनन् | तर वास्तवमा, यो धेरै सफल भएको छ, प्रचार गरेर |

प्रभुपाद : म आफैले यो पत्याएको थिईन,अरुको के कुरा गर्नु | तर, किनकि मैले त्यो राम्रो मार्गमा गरेर त्यो सफल भयो |

यशोमतिनन्दन : हो, कृष्ण धेरै दयामय हुनुहुन्छ, हामीले केहि आशा गर्छौं र उहाँले त्यो सयौँ गुणा धेरै बनाईदिनुहुन्छ |

प्रभुपाद : ओ हो |

यशोमतिनन्दन : त्यसैले यदि हामीले यो सजिलो आदेश पालना गर्यौ भने, मलाई पक्कै लाग्छ कि, यो सफल हुनेछ |

नर- नारायण : त्यसैले यदि हामी असल मार्गमा छौँ भने, हाम्रो राजनीतिक क्रियाकलाप पनि सफल हुनेछ ?

प्रभुपाद : हो, किन होइन ? कृष्ण पनि राजनीतिमा हुन्छ | त्यसैले कृष्ण चेतना भनेको सबैतिर हुन्छ : सामाजिक, राजनीतिक, दार्शनिक, धार्मिक, संस्कारिक, सबै | त्यो एकै तिरको मात्रै होइन | तिनीहरु ... तिनीहरुलाई थाहा छैन |तिनीहरुले यो अभियानलाई धार्मिक अभियान भनेर सोचिरहेका छन् | होइन, यसलाई समेट्छ, सब समेट्छ, सर्व- व्यापक |