NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं

Revision as of 07:58, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0350 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.2 -- Nairobi, October 28, 1975


ब्रह्मानन्द : ऊ भन्दै छ कि वेदवाट हामी बुझ्न सक्छौँ कि कृष्ण असिमित हुनुहुन्छ, जब कि उहाँ गोपिहरुसँग रस-लिला प्रस्तुत गर्दै हुनुहुन्थ्यो त्यसैले यदि कृष्ण असिमित हुनुहुन्छ भने, किन उहाँ ?

भारतीय मान्छे : आफै विस्तार हुने सारा संसारमा, अनि सबै जीवात्मालाई भगवत धाम फर्कने उत्तिकै मौका छ ?

ब्रह्मनन्द : किन उहाँ सारा संसारमा एकै चोटी विस्तार गर्नुभाएन जसले गर्दा सबै जीवात्माहरु सँग उत्तिकै मौका हुन्थ्यो |

प्रभुपाद : हो, उहाँ सारा संसारमा विस्तारित हुनुहुन्थ्यो, तर तिमीसँग त्यो देख्नलाई आँखा छैन | त्यो तिमीमा भएको कमजोरी हो | कृष्ण सर्वत्र उपस्थित हुनुहुन्छ | तर जस्तै सुर्य अहिले आकाशमा छ तर तिमी किन देख्दैनौ ? हँ ? यसको उत्तर देउ | तिमी भन्न सक्छौ कि के आकाशमा सुर्य छैन भनेर ? तिमी भन्न सक्छौ कि आकाशमा सुर्य छैन भनेर ? त्यसैले कौसीमा जाउ र सुर्य हेर | (हाँसो) तिमी किन आफुलाई मुर्ख वनाउँछौँ, कि "होइन, होइन, त्यहाँ सुर्य छैन भनेर "? के त्यो स्वीकार्य छ ? किनकि तिमी सुर्य देख्न सक्दैनौ, त्यहाँ सुर्य छैन ? के त्यो पढेलेखेको विध्वानले स्वीकार गर्छ ? राति सुर्य देखिदैन, त्यसैले तिमीले कुनै पढेलेखेको मानिसलाई "होइन, होइन त्यहाँ सुर्य छैन " के उसले त्यो स्वीकार गर्छ ? उसले भन्छ कि "त्यहाँ सुर्य छ : तिमी मुर्ख, तिमी देख्न सक्छौ |" त्यत्ति हो | "तिमी मुर्ख्याईपन छोड | अनि तिमीले देख्ने छौ "| नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भा गी ७|२५), कृष्ण स्ऐद्. उहाँ धुर्तहरुको लागि प्रस्तुत हुनुहुन्न, तर जोसलाई थाहा छ, उहाँ देखिनुहुन्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​... (बि सम ५|३८) भक्तहरु सधैँ कृष्ण देख्नुहुन्छ | उहाँको लागि कृष्ण सधैँ उपस्थित हुनुहुन्छ | र धुर्ताको लागि, उहाँ देखिन सक्नु हुन्न | त्यो फरक हो | त्यसैले तिमीलाई अमुर्ख बन्नु पर्छ ; अनि तिमीले देख्ने छौ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भा गी १८|६१) तर तिमीलाई थाहा छ ? तिमीले देख्न सक्छौ ? तिमि उहाँसँग कुरा गर्नसक्छौ ? उहाँ तिम्रो हृदयमा हुनुहुन्छ, उहाँ उपस्थित हुनुहुन्छ | तर उहाँ कोसँग कुरा गर्नुहुन्छ ? तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, ददामि बुद्धि-योगं तम् (भा गी १०|१०)| उहाँ त्यो भक्तसँग कुरा गर्नुहुन्छ जो चौबिसै घण्टा उहाँको सेवामा संलग्न हुनुहुन्छ | यी कुराहरु भागवतममा उल्लेख गरिएको छ | तिमी भागवत गीता पढदैनौ ? त्यसैले सबै चिजलाई योग्यता चाहिन्छ | त्यसैले यो कृष्ण चेतना अभियान भनेको हामी मानिसलाई, कृष्ण देख्नको लागि योग्य बनाउँदै छौँ | योग्य नभईकन, कसरी तिमीले देख्न सक्छौ ? त्यसको लागि योग्यता चाहिन्छ |