NE/Prabhupada 0357 -म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु

Revision as of 08:25, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0357 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- December 11, 1973, Los Angeles


प्रभुपाद: मेरो स्वास्थ्य सधै राम्रो चल्दै छैन तरपनि मैले कोसिस गर्दैछु किन ? त्यो मेरो महत्वाकांक्षा हो | म एउटा क्रान्ति सुरु गर्न चाहान्छु | उनीहरुको भगवान बिनाको सभ्यता, उनीहरुको भगवान बिनाको सभ्यताको विरुद्धमा | त्यो मेरो महत्वाकांक्षा हो | अमेरिकन यो बाटोमा शिक्षित हुने श्रेष्ठ मानिस हुनेछन्, अगुवा हुन | उनीहरु अहिलेनै अगुवा छन्, तर अब उनीहरु वास्तविक अगुवा हुनुपर्छ | ताकी सबै विश्वनै खुसि हुन सकोस | त्यो मैले मार्ग देखाउन सक्छु | यदि ठुलो अमेरिकी सज्जन मसँग आयो भने, मा उसलाई यो विश्वको अगुवा हुने मार्ग दिनसक्छु | वास्तविक अगुवा, झूठा अगुवा हैन | किनकि भगवानले उनीहरुलाई कृपा गर्नुभएको छ, धेरै कुराहरु | र यो आन्दोलन अमेरिकाबाट सुरु भएको हो | मैले यो आन्दोलन न्यु योर्कबाट सुरु गरेको हु | त्यसैले सरकारले यसलाई धेरै गंभीरता पुर्वक लिन जरुरि छ | ( विराम )

हृदयानन्द​ : तपाई भन्नुहुन्छ कि अमेरिका धेरै महत्वपूर्ण छ ?

प्रभुपाद : हो |

हृदयानन्द​ : तपाई सोच्नुहुन्छ ......

प्रभुपाद: त्यसैले म तिम्रो देशमा आए.....

हृदयानन्द​ : त शायद....

प्रभुपाद......तपाई धेरै महत्वपूर्ण हुनुहुन्छ | अब तपाईले....मेरो नेतृत्वमा तपाई धेरै महत्वपूर्ण हुनुहुन्छ, झुटो महत्व होइन |

हृृदयानन्द​ : त सायद म यहाँ बस्नुपर्छ र प्रचार गर्नुपर्छ |

प्रभुपाद: अह ?

हृदयानन्द : यो धेरै महत्वपूर्ण छ, म सोच्छु, म यहाँ बसेर रूपानुग​लाई मद्धत गर्नुपर्छ |

प्रभुपाद : हो | आफ्नो पुरै देशलाई, भगवानको चेतनामा परिवर्तन गर, किनकि उनीहरुले संविधानमा घोसणा गरेका छन् ," भगवानमा हामी विश्वास गर्छौ |" अब उनीहरुले यसलाई गंभभिरता पुर्वक लिन जरुरि छ | " भगवान " भन्नाले के बुझिन्छ ? " विश्वास" भनेको के हो ? तिमीले यो प्रचार लेऊ | हामीले गर्दै छौ, वास्तवमा | हामी भगवानमा विश्वास गर्छौ हामीले हाम्रो पुरा जीवन भगवानका लागि समर्पण गरेका छौ | यो भगवान प्रति विश्वास हो | यो हैनकी कुनै बैठकमा धूम्रपान गरेर, भगवानप्रति विश्वास गर्नु | त्यो खालको विश्वास हैन | वास्तविक विश्वास |