NE/Prabhupada 0362 - जसरी हाम्रा बाह्रजना जीबीसीहरु छन्, त्यसैगरी कृष्णका पनि जीबीसीहरु छन्

Revision as of 20:23, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 1.13.15 -- Geneva, June 4, 1974


यदि तिमी सडकमा हिंड्दैछौ र तिमीले कमिलालाई मार्‍यौ भने तिमीले दण्ड भोग्नुपर्छ | यो प्रकृतिको नियम हो | हामीहरु यस्तो डरलाग्दो स्थितिमा छौं | हरेक चालमा दण्ड छ | यदि तिमी शास्त्रमा विश्वास गर्छौ भने त्यो छुट्टै कुरा हो | यदि तिमी विश्वास गर्दैनौ भने तिमीलाई जे गर्न मन लाग्छ, त्यहि गर | तर शास्त्रबाट हामीले प्रकृतिका नियमहरु बुझ्न सक्छौं, जुन धेरै धेरै कठोर छ | माण्डूक​ मुनिले पनि यमराजलाई श्राप दिए, कि" मेरो बाल्यकालमा, अज्ञानतावश मैले केहि गरें, जसको लागि तिमीले मलाई यस्तो ठुलो दण्ड दियौ | त्यसैले तिमीलाई ब्राह्मण वा छेत्रीय हुनका लागि योग्य छैनौ | तिमी शुद्र होऊ | " उहाँले शुद्र हुने श्राप पाउनुभयो | त्यसैले यमराजले विदुरको रुपमा एउटा शुद्रको कोखबाट जन्म लिनुभयो | यो विदुरको जन्मको इतिहास हो | र उहाँको अनुपस्थितिमा अर्यमा नाम गरेका एक देवता यमराजको पदमा रहनुभयो | त्यसैले यहाँ भनिएको छ, अबिभ्रद अर्यमा दण्डम् | कार्य संचालन भइरहनु पर्छ, न्यायाधिसको पद खाली हुन सक्दैन | कोहि आएर कार्य गर्नुपर्छ | त्यसैले अर्यमाले नेतृत्व गर्नुभएको थियो | यथावद अघ​-कारिषु | अघ​-कारिषु | अघ​-कारि भनेको...... अघ भनेको पापमय कार्य, र कारिषु भनेको ​ जसले पापमय कार्य गर्छन् | र यथावद | यथावद भनेको उसलाई उचित दण्ड दिनुपर्छ भन्ने हुन्छ | यथावद अघ​-कारिषु | यावद दधार शूद्रत्वम् | त जब सम्म यमराज शुद्रको जीवन बाँच्नुभयो, अर्यमाले उहाँको कार्यभार सम्हाल्नुभयो | यो तात्पर्य हो |

( तात्पर्य पढ्नुहुन्छ :) " शुद्रको कोखमा जन्मिनुभएकाले विदुर धेरै कुराबाट वन्चित हुनुपर्यो, आफ्ना दाजुहरु धृतराष्ट्र​ र पाण्डुसँग राजकीय अहोदामा रहन पनि उहाँ वन्चित हुनुपर्यो | त्यसोभए उहाँले त्यस्ता विद्वान व्यक्तिलाई निर्देशन दिनका लागि एउटा प्रचारकको भूमिका कसरि निभाउन सक्नुहुन्थ्यो ....? जवाफ यो हो कि चाहे उहाँलाई जन्मजात शुद्र भनेर स्वीकार गरिएको भएतापनि, उहाँ मैत्रेय ऋषिको अनुमतिमा आध्यात्मिक शिक्षाका लागि यो संसारको त्याग गर्नुभएकाले र उहाँबाट दिव्य ज्ञानमा पूर्णतः शिक्षित हुनभएकाले उहाँ आचार्य वा आध्यात्मिक गुरूको पदको लागि सक्षम हुनुभएको थियो |"

विदुर जन्मजात शुद्र हुनुहुन्थ्यो | त्यसोभए उहाँ कसरि प्रचारक हुनुभयो त ? यसको कारण हो ...."चैतन्य महाप्रभुले बताउनुभए अनुसार, जो पनि दिव्य ज्ञान वा भगवद् विज्ञानमा दक्ष हुन्छन् भने, उनी एक ब्राह्मण, शुद्र, गृहस्थ वा सन्यास नै भएतापनि उनी आध्यात्मिक गुरु बन्नका लागि योग्य हुन्छन् |" यो होइन कि उनी एक जन्मजात शुद्र भएकाले उनले प्रचार गर्न सक्दैनन् , उनी आचार्य वा आध्यात्मिक गुरु बन्न सक्दैनन् | यो चैतन्य दर्शन होइन | चैतन्य दर्शनले यो बाहिरी शरीरसँग कुनै सरोकार राख्दैन | चैतन्य दर्शनले आत्मासँग मात्र सरोकार राख्छ | यो अभियान भनेको आत्मालाई पतनबाट जोगाएर यसको स्तरोन्नति गराउनका लागि हो | त्यसैले कहिलेकाहिँ मानिसहरु आश्चर्यमा पर्छन् | शारीरिक अवधारणा अनुसार एउटा कार्य कर्म हुन्छ | आध्यात्मिक जीवनको स्तरमा भने त्यहि कर्म भक्ति हुन्छ | त्यहि कर्म नै भक्ति हुन्छ | भक्ति भनेको निष्क्रिय हुनु भन्ने होइन | भक्ति सक्रिय हुन्छ | यत करोषि यज जुहोषि यद अश्नासि यत तपस्यसि कुरुष्व तद मद्-अर्पणम् (भ गी ९|२७) | यो भक्ति-योग हो | कृष्णले सबैलाई भन्नुहुन्छ, "यदि तिमीले आफ्ना कर्म त्याग्न सक्दैनौ भने त्यो पनि ठिकै छ | तर उक्त कर्मको फल भने मलाई अर्पण गर | तब त्यो भक्ति हुनेछ |" विदुर यमराज हुनुहुन्थ्यो | उहाँ साधारण यमराज मात्र होइन तर एक महाजन हुनुहुन्थ्यो | शास्त्रमा बाह्रजना महाजनको वर्णन गरिएको छ | ती मध्ये एक यमराज हुनुहुन्छ | बलिर वैयासकिर वयम् | यो श्रीमद् भागवतमा उल्लेखित छ | यमराज कृष्णका एक जिबिसी हुनुहुन्छ | जसरी हाम्रा बाह्रजना जीबीसीहरु छन्, त्यसैगरी कृष्णका पनि बाह्रजना जीबीसीहरु छन् | स्वयम्भूर नारद: शम्भु: कुमार: कपिलो मनु: प्रह्लादो जनको भीष्मो बलिर वैयासकिर वयम (श्री भा ६|३|२०) यी बाह्र महाजनहरुलाई कृष्णभावनाको प्रचार गर्ने अधिकार छ | हामीले पनि यसैको अनुसरण गर्न सक्छौं | महाजनो येन गत: स पन्था: (चै च मध्य १७|१८६) | तसर्थ हामीले यी जिबिसी बनाएका छौँ | उनीहरु धेरै उत्तरदायी हुन जरुरि छ | अन्यथा, उनीहरु दण्डित हुनेछन् | उनीहरु शुद्र हुनका लागि दण्डित हुनेछन् | यद्यपि यमराज एक जिबिसी हुनुहुन्छ तर उहाँले एउटा सानो गल्ति गर्नुभयो | उहाँ शुद्र बन्नका लागि दण्डित हुनुभयो | त्यसैले जो जिबिसीहरु छन्, उनीहरु इस्कोनको कार्यभार सम्हाल्नका लागि धेरै-धेरै सतर्क हुन जरुरि छ | अन्यथा, उनीहरु दण्डित हुनेछन् | कार्यभार निकै ठुलो भएकाले दण्ड पनि निकै ठुलो हुनेछ | यहि कठिनाई छ | तिमीले विदुरको उदाहरणबाट बुझ्न सक्छौ | उहाँ तुरुन्तै दण्डित हुनुभयो | उहाँले सानो गल्ति गर्नुभएको थियो | किनकि ॠषी-मुनिहरूले श्राप दिने गर्दछन् |