NE/Prabhupada 0365 - इस्कोनलाई मल समाज नबनाऊ-यसलाई मह समाज बनाऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0365 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0364 - घर फर्कन, भगवद्-धाम फर्कनका लागि योग्य बन्न त्यति सजिलो छैन|0364|NE/Prabhupada 0366 - तिमीहरु सबजना गुरु बन, तर नचाहिने कुरा नबोल|0366}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|QYm3_UTgLnI|इस्कोनलाई मल समाज नबनाऊ, यसलाई मह समाज बनाऊ<br />- Prabhupāda 0365}}
{{youtube_right|FE-N1e9DcaI|इस्कोनलाई मल समाज नबनाऊ, यसलाई मह समाज बनाऊ<br />- Prabhupāda 0365}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690606SB.NV_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690606SB.NV_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यहाँ नारद मुनिले भन्नु हुन्छ " तिमीले वर्णन गर्नु भएको छ....." धर्मादयश च अर्थ​ | " धेरै ग्रन्थमा तिमीले पुरै वेदहरुलाई बुझ्ने भाषा पुरणहरुमा विभाजित गरिएको छ |" पुरण भनेको वेदको पुरक हो , वैदिक ज्ञान एउटा गुणका साथ ब्यक्या गरिएको छ | हरेक मनुष्य भौतिक प्रकृतिको केहि गुणबाट प्रभावित हुन्छन् | कोहि अन्धकारमा छन्, वा अज्ञानता मा छन् | कोहि जोशमा छन् | र कोहि जोश र अज्ञानता मिसिएका हुन्छन् | र कोहि प्रकाशमा छन्, वा शुद्धता छन् | सबै एकै स्थरमा छैनन् | त्यहाँ धेरै वर्गका मानिसहरु हुन्छन् | जसरि हाम्रो हयग्रीव​को पुस्तकालयमा तिमीले धेरै दार्शनिक पुस्तकहरु पाईन्छ | तर यदि तिमीले कोहि सामान्य मानिसको मा गयौ भने केहि बेकारको साहित्य, उपन्यास र यौन मनोविज्ञानहरु पाउछौ, स्वादको अनुसार , स्वादको अनुसार, विभिन्न स्वाद | किनकि त्यहाँ धेरै स्थरका मानिसहरु छन् | यसलाई अर्को श्लोकमा भनिएको छ | उहाँ भन्नुहुन्छ, नारद मुनि, न यद वचश चित्र​-पदं हरेर यशो जगत्-पवित्रं प्रगृणीत कर्हिचित् तद वायसं तीर्थम उशन्ति मानसा न यत्र हंसा निरमन्त्य उशिक्-क्षयाः ( श्री १|५|१०) उसले व्यसदेवले लेखेका पुस्तकहरु वेदान्त दर्शन गरेर उहाँ भन्नुहुन्छ त्यो वायसं तीर्थम् | वायसं तीर्थम् | वायसं भनेको काग | र काग, उनीहरुको आनन्दको स्थान भनेको | के तिमीले काग देखेको छौ ? भारतमा धेरै कागहरु छन् | तिम्रो देशमा धेरै कागहरु छैनन्..... तर भारतमा कागहरुले आनन्द धेरै नीच कार्यबाट आनन्द लिन्छन् | काग | तिमीले देख्छौ उनीहरुले नीच ठाउँमा आनन्द लिन्छन्, फोहोर | उनीहरुले फोहोरबाट टिप्छन्, कफ कहाँ छ त्यहाँ खोज्छन्, पिप कहाँ छ त्यहाँ खोज्छन् | कहाँ......चाहे.......जस्तै झिंगा | उनीहरु विष्ठामा बस्छन् | माक्षिकं भ्रमरा इच्छन्ति | र मौरी, उनीहरुले मह लिने कोसिस गर्छन् | जनावरमा पनि तिमीले पाउछौ | मह........मौरी कहिले पनि विष्ठामा आउदैनन | र साधारण झिंगा, उनीहरु कहिले पनि मह संकलन गर्न जादैनन् | त्यसरी नै, त्यहाँ चरा, जनावर, मनुष्यमा विभाजन हुन्छ | त्यसैले तिमीले कोहि साधारण मानिस कृष्ण चेतनामा आउन आशा गरिदैन | तिमि हेर ? उनीहरु झिंगा हुन तालिम पाएका छन्, उनीहरु विष्ठा नै खान्छन् | तिमि हेर ? अहिलेको आधुनिक शिक्षा भनेको मानिसलाई झिंगा हुन सिकाईरहेको छ, विष्ठाको लागि | यो कृष्ण चेतनामा हैन | मौरीको घार बनाऊ | जो मह पछाडी छन्, महको माग गर्दै छन्, उनीहरुले पाउँछन्, " यहाँ केहि छ |" तिमि हेर ? यसलाई विष्ठाको समाज नबनाऊ | तिमि सुन ? यसलाई महको समाज बनाऊ | कम से कम, जसले मह खोज्दै छन् उनीहरुलाई मौका देऊ | मानिसहरुलाई धोका नदेऊ | उनीहरु आउँछन् | यहाँ नारद मुनिले भन्नुभएको छ " तिमीले धेरै किताबहरु संकलित गरेका छौ, त्यो ठिक छ | योजना के हो ? योजना धर्मादय​: हो | तिमीले धार्मिक सिद्धान्तको शिक्षा दिदै छौ |" त्यहाँ बिसओटा, विंशति, धर्म​-शास्त्रा:| यो मनु - संहिता, पराशर​ मुनिको नियम हो, सामाजिक प्रचलन हो, कि | त्यहाँ धेरै छन् | यिनीहरु वास्तवमा धेरै ऋषिहरुले गरेका हुन्, तर व्यासदेवले यसलाई बनाउनु भयो, यसलाई लेख्नु भयो, राम्रो प्रयोगको लागि | मानिसले यसलाई बुझ्नसक्छ | त्यसैले उहाँले यी किताबहरु मानिस समाजको लागि प्रयोग गर्न लेख्नुभएको छ | कसरि धार्मिक हुनु, कसरि आर्थिक स्थरलाई विकसित गर्नु, कसरि मुक्ति भनेको के हो बुझ्नु, कसरि सन्तुष्ट हुनु, प्रतिबंधपूर्वक, इन्द्रिय तृप्ति | जसरि व्यासदेवको किताबमा छन्, तिमीले यी धेरै प्रकारका किताबहरु...... जस्तै जसले मासु खादैछन् | त्यो पनि व्यासदेवले बाटो दिनुभएको छ, तामसिक​-पुराण​मा भनिएको छ, पुराण भनेको जो अज्ञानतामा छन् उनीहरुका लागि हो | त्यसैले उसले कसैलाई पनि अस्वीकार गर्दैन | उहाँले यी पुस्तकहरु यस्तो तरिकाले बनाउनु भएको छ कि जसले यो पुस्तक पदछन्..... जसरी विध्यालयमा धेरै कक्षाहरु हुन्छन् र विभिन्न पुस्तक विभिन्न कक्षाका लागि सिफारिश गरिएको हुन्छ | त्यसरी नै, व्यासदेवले पुरै वैदिक साहित्यहरु पुराणको रुपमा दिनुभएको छ जसले गर्दा मानिस उच्च स्तरमा उठ्न सकोस्, यो पुस्ताकहरु पढेर | एउटा उदाहरणका लागि जो नशा गर्न लीन हुन्छ, मासु खान, र यौन जीवनमा संलग्न छ - किनकि यो प्राकृतिक प्रवृत्ति हुन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर न हि तत्र चोदना ( श्री ११|५|११) कसैलाई सिकाउनु पर्दैन | कसैलाई सिकाउनु पर्दैन संभोग कसरि गर्ने | कसैलाई नशा कसरि गर्ने भन्ने सिकाउनु पर्दैन | के तिमीले नशा, नशा गर्ने मानिस देखेका छैनौ, उनीहरु स्वतः हुन्छन् ? त्यहाँ हुने विश्वविध्यालय छैन | त्यहाँ कुनै शिक्षाको प्रणाली छैन " तिमि यो बन.....एलएसडी यसरि लिऊ |" हैन | त्यो प्राकृतिक प्रवृत्ति हो | नशा गर्न, रक्सी खान, एलएसडी, गाँजा, पान, अह, धेरै सजिलै सिक्न सक्छौ | यौन जीवन प्रयोग गर्न.....लोके व्यवाय​.... यिनीहरु प्राकृतिक प्रवृत्ति हुन् | त्यहाँ हुन सक्छन्......स्वतः त्यो गरिन्छ | त्यहाँ कुनै प्रश्न आउदैन.... पुस्तकको काम के छ ? पुस्तक सीमित गर्नहुन्छ | त्यो उनीहरुलाई थाहा छैन | जब व्यासदेवले सिफारिश गर्नुभयो तिमीले यौन जीवन विवाह पछि मात्रै गर्नहुन्छ, त्यो भनेको प्रतिबंध हो | त्यो भनेको प्रतिबंध हो | तिमीले यहाँ त्यहाँ यौन जीवन गर्नुहुदैन | तिमीसँग एउटा श्रीमती वा पति हुन्छ, त्यो पनि प्रतिबंध गरिएको : केवल बच्चा जन्माउन मात्रै तिमि यौन गर | धेरै कुराहरु छन् | पुरै विचार प्रतिबंध गराउन हो | यो हैन कि " मसँग श्रीमती , यो यौन जीवनको यन्त्र हो |" हुदैन | विवाह भनेको ,त्यो भनेको विवाह भनेको त्यस्तो होइन | त्यो प्रतिबंध गरिएको छ | पुरै वैदिक सभ्यता भनेको मानिसलाई दिव्य मंचमा ल्याउनु हो, सबै नराम्रा आदतलाई सुन्य बनाउने | तर अचानक होइन | क्रमशः गुणको अनुसार |` त्यसरी नै जसलाई मासु खाने लत लागेको छ : " ठिक छ |" वैदिक साहित्य भन्छ ," ठिक छ | तिमि मासु खाऊ | तर काली माताको अघाडी त्याग गर, तिमीले खान सक्छौ |" त मानिस जसले मासु खादै छ, उसले विद्रोह गर्दैन |
यहाँ नारद मुनिले भन्नुभएको छ " तिमीले वर्णन गरेका छौ....." धर्मादयश च अर्थ​ | " धेरै ग्रन्थहरुमा तिमीले सम्पूर्ण वेदहरुलाई बुझ्ने भाषा पुराणहरुमा विभाजित गरेका छौ |" पुराण भनेको वेदको पुरक हो, यसमा वैदिक ज्ञानलाई प्रकृतिका तीन गुण अनुसार व्याख्या गरिएको छ | हरेक मनुष्य भौतिक प्रकृतिको कुनै एउटा गुणबाट प्रभावित हुन्छ | कोहि अन्धकार, वा अज्ञानतामा छन् | कोहि जोशमा छन् | र कोहि जोश र अज्ञानतामा मिसिएका हुन्छन् | र कोहि प्रकाश, वा शुद्धतामा छन् | सबैजना एकै स्तरमा छैनन् | मानिसहरु विभिन्न वर्गमा अवस्थित हुन्छन् | जस्तै हाम्रा हयग्रीव​को पुस्तकालयमा तिमीले धेरै दार्शनिक पुस्तकहरु पाउन सक्छौ | तर यदि तिमी कुनै साधारण मानिसकहाँ गयौ भने तिमीले केहि अनावश्यक साहित्य, उपन्यास र यौन मनोविज्ञानहरु पाउँछौ | आ-आफ्नो रुची अनुसार | विभिन्न रुची अनुसार | किनकि संसारमा धेरै स्तरका मानिसहरु छन् | यसको बारेमा अर्को श्लोकमा बताइएको छ | नारद मुनिले भन्नुहुन्छ, न यद वचश चित्र​-पदं हरेर यशो जगत्-पवित्रं प्रगृणीत कर्हिचित् तद वायसं तीर्थम उशन्ति मानसा न यत्र हंसा निरमन्त्य उशिक्-क्षयाः ([[vanisource: sb 1.5.10|श्री भा १|५|१०]]) उहाँले व्यासदेवले लेख्नुभएका वेदान्त दर्शन लगायत सम्पूर्ण पुस्तकहरुलाई तुलना गर्दै हुनुहुन्छ | उहाँले त्यसलाई वायसं तीर्थम् भन्नुहुन्छ | वायसं तीर्थम् | वायसं भनेको काग | काग र उनीहरुको आनन्द लिने स्थान | के तिमीले काग देखेका छौ ? भारतमा धेरै कागहरु छन् | तिम्रो देशमा धेरै कागहरु छैनन्..... तर भारतमा कागहरुले विभिन्न नीच कार्यहरुबाट आनन्द लिन्छन् | तिमीले देख्न सक्छौ कि उनीहरुले फोहोर फाल्ने नीच ठाउँमा आनन्द लिन्छन् | उनीहरुले फोहोर भएको स्थानमा जान्छन् र कफ कहाँ छ, पिप कहाँ छ भनेर खोज्छन् | चाहे.......जस्तै झिंगा | उनीहरु मल (फोहोर) मा बस्छन् | माक्षिकं भ्रमरा इच्छन्ति | र माहुरी, उनीहरुले मह लिने कोसिस गर्छन् | जनावरहरुमाझ पनि तिमीले देख्न सक्छौ | माहुरी कहिले पनि मलमा आउँदैन | र साधारण झिंगा, उनीहरु कहिले पनि मह संकलन गर्न जाँदैनन् | त्यसैगरी, पंक्षी, पशु लगायत मानव समाज पनि विभिन्न स्तरमा विभाजित हुन्छ | तिमीले कुनै साधारण मानिस कृष्ण भावनामा आउला भनेर आश गर्न मिल्दैन | तिमीले बुझिरहेका छौ ? उनीहरुले झिंगा हुन तालिम पाएका हुनाले उनीहरु मल नै खान्छन् | तिमीले बुझिरहेका छौ ? अहिलेको आधुनिक शिक्षाले मानिसलाई झिंगा हुन सिकाइरहेको छ, मल खानका लागि | कृष्ण भावनामा त्यस्तो हुँदैन | तिमीले यहाँ त माहुरीको घार बनाउँछौ | जो महको खोजीमा छन्, उनीहरुले बुझ्छन्, " यहाँ केहि छ |" तिमीले बुझिरहेका छौ ? यसलाई मलको समाज नबनाऊ | तिमीले बुझिरहेका छौ ? यसलाई महको समाज बनाऊ | कमसेकम जसले मह खोज्दैछन्, उनीहरुलाई मौका देऊ | मानिसहरुलाई धोका नदेऊ | तब उनीहरु आउनेछन् | यहाँ नारद मुनिले भन्नुभएको छ कि " तिमीले धेरै ग्रन्थहरु सङ्कलन गरेका छौ, त्यो ठिकै छ | यस पछाडीको प्रयोजन के हो ? योजना धर्मादय​: हो | तिमीले धार्मिक सिद्धान्तको शिक्षा दिंदैछौ |" बीसवटा शास्त्र छन्, विंशति धर्म​-शास्त्रा: | यो मनु-संहिता, पराशर​ मुनिको नियम, सामाजिक प्रचलन इत्यादी हो | अरु धेरै शास्त्रहरु छन् | यिनीहरु वास्तवमा धेरै ऋषिहरुले रचना गरेका हुन्, तर व्यासदेवले सहि ढङ्गमा यिनीहरुको सङ्कलन गर्नुभयो | मानिसले यसलाई बुझ्न सक्छन् भनेर उहाँले सङ्कलन गर्नुभयो | निसन्देह उहाँले यी ग्रन्थहरु मानिस समाजमा सदुपयोग गर्नका लागि रचना गर्नुभएको छ | कसरि धार्मिक हुने, कसरि आर्थिक स्तर विकास गर्ने, कसरि मुक्तिको अर्थ बुझ्ने, कसरि सन्तुष्ट हुने, कसरि नियन्त्रित इन्द्रियतृप्ति गर्ने | व्यासदेका ग्रन्थहरुमा तिमीले यी विभिन्न किसिमका...... जस्तै, जुन मानिसहरु मासु खाँदैछन् | उनीहरुलाई पनि व्यासदेवले तामसिक पुराणमा निर्देशन दिनुभएको छ, तामसिक पुराण भनेको अज्ञानता लिप्त तमो गुणी मानिसहरुका लागि हो | व्यासदेवले कसैलाई पनि अस्वीकार गर्नुभएको छैन | उहाँले यी ग्रन्थहरु यसरि रचना गर्नुभएको छ कि जसले यी पुस्तकहरु पढ्छन्...... जस्तै, विद्यालयमा विभिन्न कक्षाका विद्यार्थीहरुका लागि विभिन्न पुस्तकहरु सिफारिस गरिन्छ | त्यसैगरी, व्यासदेवले सम्पूर्ण वैदिक साहित्यहरुलाई पुराणको रुपमा दिनुभएको छ, ताकि कुनै पनि मानिस सर्वोत्तम स्तरसम्म स्तरोन्नति गराउन सकियोस् | उदाहरणका लागि, कुनै मानिसलाई नशा, मासु तथा यौन जीवनको लत लागेको हुन्छ - किनकि यिनीहरु प्राकृतिक झुकाव हुन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर न हि तत्र चोदना ([[vanisource: sb 11.5.11|श्री भा ११|५|११]]) कसैलाई सिकाउनु पर्दैन | कसैलाई सम्भोग कसरि गर्ने भनेर सिकाउनु पर्दैन | कसैलाई नशा कसरि गर्ने भनेर सिकाउनु पर्दैन | के तिमीले नशा गर्ने मानिसहरु स्वतः त्यस्तो भएको देखेका छैनौ ? यो कुरा सिकाउने कुनै विश्वविध्यालय छैन | कुनै शैक्षिक प्रणाली छैन " तिमि यो बन.....एलएसडी यसरि लिऊ |" छैन | त्यो प्राकृतिक झुकाव हो | नशा गर्न, रक्सी खान, एलएसडी, गाँजा, पान, धेरै सजिलै सिक्न सकिन्छ | यौन जीवनमा लाग्न.....लोके व्यवाय​.... यिनीहरु प्राकृतिक झुकाव हुन् | तिनीहरु......त्यस्ता कार्य स्वतः गरिन्छ | कुनै प्रश्न आउँदैन.... त्यसोभए ग्रन्थको के महत्व ? ग्रन्थ भनेको नियन्त्रण गर्नका लागि हो | त्यो उनीहरुलाई थाहा छैन | जब व्यासदेवले यौन जीवन विवाह पछि मात्रै गर्न मिल्छ भनेर सिफारिश गर्नुभयो, त्यसको अर्थ प्रतिबन्ध भन्ने हुन्छ | तिमीले यहाँ-त्यहाँ अनियन्त्रित यौन जीवनमा लाग्नु हुँदैन | तिमीसँग एउटी श्रीमती वा एउटा पति हुन्छ, त्यो पनि नियन्त्रण गरिएको हुन्छ: केवल बच्चा जन्माउनका लागि मात्र तिमी सम्भोग गर | धेरै कुराहरु छन् | मूल विचार भनेको प्रतिबन्धित गर्नु हो | यो होइन कि " मसँग श्रीमती छिन्, यिनी यौन जीवनका लागि यन्त्र हुन् |" होइन, होइन | विवाहको त्यस्तो अर्थ हुँदैन | विवाह त्यस्तो प्रयोजनका लागि होइन | त्यसलाई प्रतिबन्धित गरिएको छ | सम्पूर्ण वैदिक सभ्यता भनेको मानिसलाई दिव्य स्तरमा ल्याउनका लागि हो, सबै नराम्रा आदतलाई शुन्य बनाउनका लागि हो | तर अचानक होइन | क्रमिक रुपमा, गुणको अनुसार | त्यसैगरी, जसलाई मासु खाने लत लागेको छ: " ठिक छ |" वैदिक साहित्यमा भनिएको छ," ठिक छ | तिमी मासु खाऊ | तर काली माताको अघाडी बलि देऊ, त्यसपछि तिमीले खान सक्छौ |" ताकि मासु खाने मानिसले पनि विद्रोह नगरोस् ।


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:24, 29 January 2021



Lecture on SB 1.5.9-11 -- New Vrindaban, June 6, 1969


यहाँ नारद मुनिले भन्नुभएको छ " तिमीले वर्णन गरेका छौ....." धर्मादयश च अर्थ​ | " धेरै ग्रन्थहरुमा तिमीले सम्पूर्ण वेदहरुलाई बुझ्ने भाषा पुराणहरुमा विभाजित गरेका छौ |" पुराण भनेको वेदको पुरक हो, यसमा वैदिक ज्ञानलाई प्रकृतिका तीन गुण अनुसार व्याख्या गरिएको छ | हरेक मनुष्य भौतिक प्रकृतिको कुनै एउटा गुणबाट प्रभावित हुन्छ | कोहि अन्धकार, वा अज्ञानतामा छन् | कोहि जोशमा छन् | र कोहि जोश र अज्ञानतामा मिसिएका हुन्छन् | र कोहि प्रकाश, वा शुद्धतामा छन् | सबैजना एकै स्तरमा छैनन् | मानिसहरु विभिन्न वर्गमा अवस्थित हुन्छन् | जस्तै हाम्रा हयग्रीव​को पुस्तकालयमा तिमीले धेरै दार्शनिक पुस्तकहरु पाउन सक्छौ | तर यदि तिमी कुनै साधारण मानिसकहाँ गयौ भने तिमीले केहि अनावश्यक साहित्य, उपन्यास र यौन मनोविज्ञानहरु पाउँछौ | आ-आफ्नो रुची अनुसार | विभिन्न रुची अनुसार | किनकि संसारमा धेरै स्तरका मानिसहरु छन् | यसको बारेमा अर्को श्लोकमा बताइएको छ | नारद मुनिले भन्नुहुन्छ, न यद वचश चित्र​-पदं हरेर यशो जगत्-पवित्रं प्रगृणीत कर्हिचित् तद वायसं तीर्थम उशन्ति मानसा न यत्र हंसा निरमन्त्य उशिक्-क्षयाः (श्री भा १|५|१०) उहाँले व्यासदेवले लेख्नुभएका वेदान्त दर्शन लगायत सम्पूर्ण पुस्तकहरुलाई तुलना गर्दै हुनुहुन्छ | उहाँले त्यसलाई वायसं तीर्थम् भन्नुहुन्छ | वायसं तीर्थम् | वायसं भनेको काग | काग र उनीहरुको आनन्द लिने स्थान | के तिमीले काग देखेका छौ ? भारतमा धेरै कागहरु छन् | तिम्रो देशमा धेरै कागहरु छैनन्..... तर भारतमा कागहरुले विभिन्न नीच कार्यहरुबाट आनन्द लिन्छन् | तिमीले देख्न सक्छौ कि उनीहरुले फोहोर फाल्ने नीच ठाउँमा आनन्द लिन्छन् | उनीहरुले फोहोर भएको स्थानमा जान्छन् र कफ कहाँ छ, पिप कहाँ छ भनेर खोज्छन् | चाहे.......जस्तै झिंगा | उनीहरु मल (फोहोर) मा बस्छन् | माक्षिकं भ्रमरा इच्छन्ति | र माहुरी, उनीहरुले मह लिने कोसिस गर्छन् | जनावरहरुमाझ पनि तिमीले देख्न सक्छौ | माहुरी कहिले पनि मलमा आउँदैन | र साधारण झिंगा, उनीहरु कहिले पनि मह संकलन गर्न जाँदैनन् | त्यसैगरी, पंक्षी, पशु लगायत मानव समाज पनि विभिन्न स्तरमा विभाजित हुन्छ | तिमीले कुनै साधारण मानिस कृष्ण भावनामा आउला भनेर आश गर्न मिल्दैन | तिमीले बुझिरहेका छौ ? उनीहरुले झिंगा हुन तालिम पाएका हुनाले उनीहरु मल नै खान्छन् | तिमीले बुझिरहेका छौ ? अहिलेको आधुनिक शिक्षाले मानिसलाई झिंगा हुन सिकाइरहेको छ, मल खानका लागि | कृष्ण भावनामा त्यस्तो हुँदैन | तिमीले यहाँ त माहुरीको घार बनाउँछौ | जो महको खोजीमा छन्, उनीहरुले बुझ्छन्, " यहाँ केहि छ |" तिमीले बुझिरहेका छौ ? यसलाई मलको समाज नबनाऊ | तिमीले बुझिरहेका छौ ? यसलाई महको समाज बनाऊ | कमसेकम जसले मह खोज्दैछन्, उनीहरुलाई मौका देऊ | मानिसहरुलाई धोका नदेऊ | तब उनीहरु आउनेछन् | यहाँ नारद मुनिले भन्नुभएको छ कि " तिमीले धेरै ग्रन्थहरु सङ्कलन गरेका छौ, त्यो ठिकै छ | यस पछाडीको प्रयोजन के हो ? योजना धर्मादय​: हो | तिमीले धार्मिक सिद्धान्तको शिक्षा दिंदैछौ |" बीसवटा शास्त्र छन्, विंशति धर्म​-शास्त्रा: | यो मनु-संहिता, पराशर​ मुनिको नियम, सामाजिक प्रचलन इत्यादी हो | अरु धेरै शास्त्रहरु छन् | यिनीहरु वास्तवमा धेरै ऋषिहरुले रचना गरेका हुन्, तर व्यासदेवले सहि ढङ्गमा यिनीहरुको सङ्कलन गर्नुभयो | मानिसले यसलाई बुझ्न सक्छन् भनेर उहाँले सङ्कलन गर्नुभयो | निसन्देह उहाँले यी ग्रन्थहरु मानिस समाजमा सदुपयोग गर्नका लागि रचना गर्नुभएको छ | कसरि धार्मिक हुने, कसरि आर्थिक स्तर विकास गर्ने, कसरि मुक्तिको अर्थ बुझ्ने, कसरि सन्तुष्ट हुने, कसरि नियन्त्रित इन्द्रियतृप्ति गर्ने | व्यासदेका ग्रन्थहरुमा तिमीले यी विभिन्न किसिमका...... जस्तै, जुन मानिसहरु मासु खाँदैछन् | उनीहरुलाई पनि व्यासदेवले तामसिक पुराणमा निर्देशन दिनुभएको छ, तामसिक पुराण भनेको अज्ञानता लिप्त तमो गुणी मानिसहरुका लागि हो | व्यासदेवले कसैलाई पनि अस्वीकार गर्नुभएको छैन | उहाँले यी ग्रन्थहरु यसरि रचना गर्नुभएको छ कि जसले यी पुस्तकहरु पढ्छन्...... जस्तै, विद्यालयमा विभिन्न कक्षाका विद्यार्थीहरुका लागि विभिन्न पुस्तकहरु सिफारिस गरिन्छ | त्यसैगरी, व्यासदेवले सम्पूर्ण वैदिक साहित्यहरुलाई पुराणको रुपमा दिनुभएको छ, ताकि कुनै पनि मानिस सर्वोत्तम स्तरसम्म स्तरोन्नति गराउन सकियोस् | उदाहरणका लागि, कुनै मानिसलाई नशा, मासु तथा यौन जीवनको लत लागेको हुन्छ - किनकि यिनीहरु प्राकृतिक झुकाव हुन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर न हि तत्र चोदना (श्री भा ११|५|११) कसैलाई सिकाउनु पर्दैन | कसैलाई सम्भोग कसरि गर्ने भनेर सिकाउनु पर्दैन | कसैलाई नशा कसरि गर्ने भनेर सिकाउनु पर्दैन | के तिमीले नशा गर्ने मानिसहरु स्वतः त्यस्तो भएको देखेका छैनौ ? यो कुरा सिकाउने कुनै विश्वविध्यालय छैन | कुनै शैक्षिक प्रणाली छैन " तिमि यो बन.....एलएसडी यसरि लिऊ |" छैन | त्यो प्राकृतिक झुकाव हो | नशा गर्न, रक्सी खान, एलएसडी, गाँजा, पान, धेरै सजिलै सिक्न सकिन्छ | यौन जीवनमा लाग्न.....लोके व्यवाय​.... यिनीहरु प्राकृतिक झुकाव हुन् | तिनीहरु......त्यस्ता कार्य स्वतः गरिन्छ | कुनै प्रश्न आउँदैन.... त्यसोभए ग्रन्थको के महत्व छ त ? ग्रन्थ भनेको नियन्त्रण गर्नका लागि हो | त्यो उनीहरुलाई थाहा छैन | जब व्यासदेवले यौन जीवन विवाह पछि मात्रै गर्न मिल्छ भनेर सिफारिश गर्नुभयो, त्यसको अर्थ प्रतिबन्ध भन्ने हुन्छ | तिमीले यहाँ-त्यहाँ अनियन्त्रित यौन जीवनमा लाग्नु हुँदैन | तिमीसँग एउटी श्रीमती वा एउटा पति हुन्छ, र त्यो पनि नियन्त्रण गरिएको हुन्छ: केवल बच्चा जन्माउनका लागि मात्र तिमी सम्भोग गर | धेरै कुराहरु छन् | मूल विचार भनेको प्रतिबन्धित गर्नु हो | यो होइन कि " मसँग श्रीमती छिन्, यिनी यौन जीवनका लागि यन्त्र हुन् |" होइन, होइन | विवाहको त्यस्तो अर्थ हुँदैन | विवाह त्यस्तो प्रयोजनका लागि होइन | त्यसलाई प्रतिबन्धित गरिएको छ | सम्पूर्ण वैदिक सभ्यता भनेको मानिसलाई दिव्य स्तरमा ल्याउनका लागि हो, सबै नराम्रा आदतलाई शुन्य बनाउनका लागि हो | तर अचानक होइन | क्रमिक रुपमा, गुणको अनुसार | त्यसैगरी, जसलाई मासु खाने लत लागेको छ: " ठिक छ |" वैदिक साहित्यमा भनिएको छ," ठिक छ | तिमी मासु खाऊ | तर काली माताको अघाडी बलि देऊ, त्यसपछि तिमीले खान सक्छौ |" ताकि मासु खाने मानिसले पनि विद्रोह नगरोस् ।