NE/Prabhupada 0366 - तिमीहरु सबजना गुरु बन, तर नचाहिने कुरा नबोल



Lecture on SB 6.1.21 -- Honolulu, May 21, 1976


चैतन्य महाप्रभुको पाछिल्लो भनाई: कृष्णस तु भगवान स्वयम् (श्री भा १|३|२८) | यारे देख तारे कह कृष्ण​-उपदेश​ (चै च मध्य ७|१२८) | चैतन्य महाप्रभुको यस कृष्ण भावनामृत अभियानको निर्देशन के हो ? उहाँले भन्नुहुन्छ " तिमीहरु सबैजना गुरु बन |" उहाँ कुनै नक्कली गुरु चाहनुहुन्न, तर वास्तविक गुरु चाहनुहुन्छ | उहाँ त्यसो चाहनुहुन्छ | मानिसहरु अन्धकारमा भएकाले उनीहरुलाई प्रबुद्ध पार्न करोडौं गुरुहरुको आवश्यकता पर्छ | त्यसैले चैतन्य महाप्रभुको उद्देश्य भनेको, उहाँले भन्नुहुन्छ कि, " तिमीहरु सबैजना गुरु बन |" अमार आज्ञाय गुरु हय तार ई देश​ | तिमी विदेश जानुपर्दैन | तिमी जहाँ छौ, तिमी सिकाऊ; गुरु बन | यसले फरक पार्दैन | एइ देश​ | उहाँले भन्नुहुन्छ कि, एइ देश​ | यदि तिमीसँग शक्ति छ भने, तिमी अरु देश जानसक्छौ, तर यसको आवश्यकता पर्दैन | तिमी जुनसुकै गाउँ, देश वा शहरमा छौ, तिमी गुरु बन | यो चैतन्य महाप्रभुको उद्देश्य थियो | अमार आज्ञाय गुरु हय तार एइ देश​ | "यहि देश, यहि ठाउँ |" " तर मसँग कुनै योग्यता छैन | म कसरि गुरु हुनसक्छु ?" कुनै पनि योग्यता चाहिंदैन | " के म अझै पनि गुरु बन्न सक्छु ?" सकिन्छ | "कसरि ?" यारे देख तारे कह कृष्ण​-उपदेश​: (चै च मध्य ७|१२८) "तिमी जसलाई भेट्छौ, तिमी केवल कृष्णको उपदेश भन | त्यत्ति हो | तिमी गुरु बन |" सबैजना गुरु बन्नका लागि आतुर छन्, तर ती दुष्टहरुलाई कसरि गुरु बनिन्छ भन्ने कुरा थाहा छैन | धेरै गुरुहरु भारतबाट यो देशमा आउँछन्, सबै दुष्ट हुन्, तर उनीहरुले कृष्णले सिकाउनुभएको कुरा बोल्दैनन् | सायद यस्तो प्रयास पहिलो पटक कृष्ण भावनाबाट सुरु भएको हो | अन्यथा सबै दुष्टहरुले अरु नै निर्देशन दिएका छन्, कुनै ध्यान सिकाउँछन्, त्यत्ति हो, सबैजना ठग्दैछन् | वास्तविक गुरुले त कृष्णले भन्नुभएको कुरा दोहोर्‍याउँछन् | यो होइनकी तिमीले आफ्नै शिक्षा उत्पादन गर्नुपर्छ | होइन | चैतन्य महाप्रभुले यहि भन्नुहुन्छ | उत्पादन गर्ने कुनै आवश्यता छैन | सम्पूर्ण निर्देशनहरु पहिलेदेखि नै विद्यमान छन् | तिमीले केवल भन्नुपर्छ, " यसको अर्थ यसो हो |" त्यत्ति हो | के यो कठिन छ ? बुवाले भन्छन्, " यो माइक्रोफोन हो |" एउटा बच्चाले भन्न सक्छ कि " बुवाले यो माइक्रोफोन हो भनेर भन्नुभएको छ |" तब ऊ गुरु बन्छ | यसमा के कठिनाई छ ? अधिकारी बुवाले भन्नुभएको छ ," यो माइक्रोफोन हो |" एउटा बालकले भन्नसक्छ, " यो माइक्रोफोन हो |" त्यसैगरी, कृष्णले भन्नुहुन्छ कि" म परब्रह्म हुँ |" यदि मैले " कृष्ण परब्रह्म हुनुहुन्छ" भनेर भन्छु भने मलाई के कठिनाई छ, जबसम्म मैले अरुलाई कृष्ण वा परब्रह्म बन्न सकिन्छ भनेर ठग्दिनँ ? त्यो ठगि हो | तर जब मैले सरल सत्य भन्छु, " कृष्ण परम भगवान् हुनुहुन्छ | उहाँ सबै कुराको मालिक हुनुहुन्छ | उहाँ पुजनीय हुनुहुन्छ, " तब मलाई के कठिनाई हुन्छ ? त्यो हाम्रो लक्ष्य हो | जो पनि कृष्ण भावनामा आएका छौ, यो हाम्रो आग्रह हो, कि तिमीहरु सबैजना गुरु बन, तर नचाहिने कुरा नबोल | यहि अनुरोध छ | केवल कृष्णले बताउनुभएको कुरा बोल | तब तिमी ब्राह्मण बन्छौ | तिमी गुरु बन्नेछौ | धेरै धेरै धन्यवाद |