NE/Prabhupada 0420 - यो नसोच कि तिमी यो संसारकी दासी हौ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture & Initiation -- Seattle, October 20, 1968


प्रभुपाद: (यज्ञको लागि मन्त्र जप्नुहुन्छ, भक्तहरु जवाफ दिन्छन्) धन्यवाद | अब मलाई माला देऊ | माला | कोहि..... (प्रभुपादले मालामा जप गर्नुहुन्छ, भक्तहरु जप गर्छन्) तिम्रो नाम के हो ?

बिल:बिल |

प्रभुपाद: तिम्रो अध्यात्मिक नाम विलास-विग्रह | विलास-विग्रह | वि-ला-स वि-ग्र-ह | विलास विग्रह | तिमी यहाँबाट सुरु गर, ठुलो दाना: हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे | यो औंलाले तिमी छुनु हुँदैन | त्यसैगरी अर्को | यसप्रकारले तिमी यो छेउमा आउँछौ, डेरी यहाँबाट यो छेउतर्फ सुरु गर | तिम्रा गुरुभाईले तिमीलाई सिकाउनेछन् | र तिमीले दश प्रकारका अपराधबाट बच्नुपर्छ | त्यो मैले भन्नेछु | तिमीसँग कागज छ, कि दश प्रकारका अपराध ?

भक्त: हो |

प्रभुपाद: दण्डवत गर | (विलास विग्रहसँग शब्द-शब्द दोहोर्याउँदै) नम ओं विष्णु-पादाय कृष्ण​-प्रेष्ठाय भू-तले श्रीमते भक्तिवेदान्त स्वामिन् इति नामिने हरे कृष्ण जप र खुसी होऊ | धन्यवाद | हरे कृष्ण | (भक्तहरु जप गर्छन्) तिम्रो नाम ?

रब: रब |

प्रभुपाद: रब | तिम्रो अध्यात्मिक नाम रेवतीनन्दन | रे-व-ती, रेवती, नन्दन, न-न्-द-न | रेवतीनन्दन भनेको रेवतीको पुत्र | रेवती वसुदेवकि एक पत्नी थिइन्, कृष्णकि सौतेनी आमा | र बलराम उनको पुत्र हुनुहुन्छ | त्यसैले रेवतीनन्दन भनेको बलराम | रेवतीनन्दन दास ब्रह्मचारी, तिम्रो नाम | जप यहाँबाट सुरु हुन्छ र अघि बढ्छ | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे | अनि अर्को | यस प्रकारले, तिमी यो छेउमा आउँछौ र फेरी यहाँबाट सुरु गर्छौ | तिम्रा गुरुभाईहरुले सिकाउनेछन् | दण्डवत गर | दण्डवत गर | (रेवतीनन्दनसँग शब्द-शब्द दोहोर्याउँदै) नम ओं विष्णु-पादाय कृष्ण​-प्रेष्ठाय भू-तले श्रीमते भक्तिवेदान्त स्वामिन् इति नामिने अब तिम्रो माला लिऊ | सुरु गर | जप | (भक्तहरु जप गर्छन्) यो केबाट बनेको हो ? धातु ? किन यो यस्तो गह्रौं छ ?

युवा: यो बिउ हो, स्वामीजी |

प्रभुपाद: यो बिउ हो ? के को बिउ ?

युवा: मलाई थाहा छैन | एउटा ठुलो बिउ |

प्रभुपाद: यो धेरै गह्रौं छ | गोली जस्तै | कृष्ण गोली | (हाँसो) (भक्तहरु जप गर्छन्) तिम्रो अध्यात्मिक नाम श्रीमती दासी हो | श्रीमती | श्री-म-ती | श्रीमती दासी | श्रीमती भनेकी राधारानी | श्रीमती: भनेकी के ? प्रभुपाद: श्रीमती भनेकी राधारानी | त्यसैले राधारानी दासीको मतलब तिमी राधारानीकी दासी हौ | यो नसोच कि तिमी यस जगतकी दासी हौ | (हाँस्नुहुन्छ) राधारानीको दासी हुनु धेरै भाग्यको कुरा हो | हो | त्यसैले तिम्रो नाम श्रीमती दसी | तिमीले यहाँबाट सुरु गर्नेछौ, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे | अनि अर्को | यस प्रकारले यो छेउमा आउ र फेरी सुरु गर | कम्तिमा सोह्र माला | (श्रीमतीसँग शब्द-शब्द दोहोर्याउँदै) नम ओं विष्णु-पादाय कृष्ण​-प्रेष्ठाय भू-तले श्रीमते भक्तिवेदान्त स्वामिन् इति नामिने ठिक छ | लिऊ | खुसि होऊ |

श्रीमती: हरे कृष्ण |

प्रभुपाद: त्यो कागज कहाँ छ, दश प्रकारका अपराधहरु ? त्यो कागज कहाँ छ ? जपका तीन स्तर छन् | त्यो के हो ?

युवा: यो चित्र उनले बनाएकी छिन् |

प्रभुपाद: ओहो, तिमीले यो बनाएकी ? राम्रो | धेरै सुन्दर | धेरै, धेरै धन्यवाद |

जाह्नवा: हजुरको आशिर्वादसँग के यो स्यारोनलाई दिनुहुन्छ ? के हजुरको आशिर्वादसँग स्यारोनलाई यो दिनुहुन्छ ?

युवती: श्रीमती दासी |

प्रभुपाद: यो उपहार हो |

श्रीमती: धन्यवाद |