NE/Prabhupada 0421 - महा-मन्त्रको जप गर्दा दश अपराधहरुबाट बच्नुपर्छ- १ देखि ५



Lecture & Initiation -- Seattle, October 20, 1968


मधुद्विष: श्रील प्रभुपाद ? के म दश अपराधहरु पढुँ ?

प्रभुपाद: हुन्छ |

मधुद्विष: हामीसँग यहाँ छ |

प्रभुपाद: हेर त | पढ्दै जाऊ | तिमी पढ |

मधुद्विष: "महा-मन्त्रको जप गर्दा दश अपराधहरुबाट बच्नुपर्छ | एक: भगवानका भक्तहरुको निन्दा गर्नु |"

प्रभुपाद: अब यो बुझ्ने प्रयास गर | भगवानको कुनै पनि भक्तको निन्दा गर्नुहुँदैन | यो कुनै देशमा फरक पर्दैन | जस्तै येशु ख्रिस्ट, उनी एक महान भक्त हुन् | र मुहम्मद पनि भक्त हुन् | यो होइन कि हामी भक्त भएकाले उनीहरु भक्त होइनन् | त्यस्तो नसोच | जो भगवानको महिमा प्रचार गर्दैछ, ऊ भक्त हो | उसको निन्दा गर्नुहुँदैन | तिमी सावधान हुनुपर्छ | अनि ?

मधुद्विष: "दुई: भगवान र अरु देवतालाई समान स्तरको सम्झनु वा धेरै भगवान छन् भनेर सम्झनु |"

प्रभुपाद: हो | जस्तै धेरै बेकारहरु छन्, तिनीहरु भन्छन् कि देवता...... अवश्य पनि, देवताहरुसँग तिम्रो कुनै सरोकार छैन | वैदिक धर्ममा करोडौं देवताहरु छन् | विशेषगरी यो चल्दैछ कि तिमी कृष्ण वा शिव वा कालीको आराधना गर, उही कुरा हुन्छ | यो नचाहिने कुरा हो | तिमीले देवताहरुलाई भगवानको समान स्तरमा राख्नुहुँदैन | कोहि पनि भगवानभन्दा ठुलो छैन | कोहि पनि भगवान समान छैन | यो समानताबाट बच्नुपर्छ | अनि ?

मधुद्विष​: "तीन: अध्यात्मिक गुरुका आदेशहरु उपेक्षा गर्नु |"

प्रभुपाद: अध्यात्मिक गुरुको आदेश तिम्रो जीवन र आत्मा हुनुपर्छ | तब सबै स्पष्ट हुनेछ | अनि ?

मधुद्विष​: "चार: वेदको अधिकार खण्डन गर्नु |"

प्रभुपाद: हो | कसैले पनि वेदको अधिकार खण्डन गर्नुहुँदैन | यो पनि अपराध हो | अनि ?

मधुद्विष​: "पाँच: भगवानको पवित्र नामको गलत व्याख्या गर्नु |"

प्रभुपाद: जस्तै अही हामी हरे कृष्ण जप्दैछौं, जस्तै अर्को दिन कोहि युवाले "सांकेतिक" भने | यो सांकेतिक होइन | कृष्ण, हामी जप्दैछौं "कृष्ण," कृष्णलाई सम्बोधन गर्नु | हरे भनेको कृष्णको शक्तिलाई सम्बोधन गर्नु र हामी भन्दैछौं कि, "कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस् |" त्यो हरे कृष्ण हो | यसमा अरु कुनै व्याख्या छैन | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे | एकमात्र प्रार्थना भनेको,"हे भगवानकी शक्ति, हे कृष्ण, राम, कृपया मलाई आफ्नो सेवामा संग्लग्न गराउनुहोस् |" त्यति हो | अरु कुनै दोस्रो व्याख्या छैन |