NE/Prabhupada 0436 - हरेक परिस्थितिमा खुसी र केवल कृष्ण भावनामा इच्छुक: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0436 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0435 - हामी यी सांसारिक समस्याबाट विचलित हुन्छौं|0435|NE/Prabhupada 0437 - शंखलाई धेरै शुद्ध एवं दिव्य मानिन्छ|0437}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|DsrMWX6afjI|हरेक परिस्थितिमा खुसी र केवल कृष्ण भावनामा इच्छुक<br />- Prabhupāda 0436}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681127BG.LA_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:35, 29 January 2021
Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968
भक्त: श्लोक ११, भगवानले भन्नुभयो: "तिमि कुरा विद्वानको जस्तै गर्दैछौ तर जसको लागि शोक गर्नु आवश्यक छैन त्यसैका लागि शोक गर्दैछौ | विद्वानहरु न जीवितको लागि शोक गर्छन् न मृतका लागि (भ गी २|११) |"
तात्पर्य: "भगवानले तुरुन्तै गुरुको स्थान ग्रहण गर्नुभयो र अप्रत्यक्ष रुपमा आफ्नो शिष्यलाई मुर्ख भन्दै गालि गर्नुभयो | भगवानले भन्नुभयो,'तिमीले विद्वान जसरी कुरा गर्दै छु तर तिमीलाई थाहा छैन कि जो विद्वान छ, जसलाई शरीर के हो र आत्मा के हो थाहा छ, उसले शरीरको कुनै अवस्थाप्रति शोक गर्दैन, न जीवित अवस्थामा न मृत अवस्थामा |' आगामी अध्यायमा यो स्पष्ट हुनेछ कि ज्ञान भनेको आत्मा, पद्धार्थ र दुवैको नियन्त्रकलाई जान्नु हो | अर्जुनले तर्क गरे कि धार्मिक सिद्धान्तलाई राजनीति वा समाजशास्त्रभन्दा बढी महत्व दिनुपर्छ, तर उनलाई थाहा थिएन कि पद्धार्थ, आत्मा र भगवानको ज्ञान धार्मिक कर्मकाण्डभन्दा महत्वपूर्ण हुन्छ | र उनी त्यस विषयमा पछी भएकाले उनले आफुलाई धेरै विद्वानको रुपमा प्रस्तुत गर्नुहुँदैन थियो | उनी धेरै विद्वान मानिस नभएकाले, उनले शोक गर्नु नपर्ने कुरामा शोक गरे | शरीर जन्मन्छ र आज वा भोलि निश्चित रुपले यसको विनाश पनि हुन्छ | तसर्थ शरीर आत्मा जति महत्वपूर्ण छैन | जसलाई यो थाहा छ, ऊ वास्तवमा विद्वान हो | उसको लागि भौतिक शरीरको कुनै पनि अवस्थामा शोक गर्ने कुनै कारण छैन |"
प्रभुपाद: कृष्णले भन्नुहुन्छ कि "यो शरीर, जीवित वा मृत, यसमा शोक गर्ने केहि कुरा छैन |" मृत शरीर, मानौं जब शरीर मर्छ, यसको कुनै मुल्य हुँदैन | शोक गर्ने के अर्थ रह्यो ? तपाईले हजारौं वर्षसम्म शोक गर्न सक्नुहुन्छ, यो जीवित हुनेछैन | त्यसैले मृत शरीरप्रति शोक गर्ने कुनै अर्थ छैन | र जहाँसम्म आत्माको कुरा छ, यो शाश्वत छ | यो मृत देखिए पनि वा यो शरीरको मृत्यु पछी, ऊ मर्दैन | त्यसैले किन कोहि मानिस चिन्तित हुनुपर्यो,"ओहो, मेरो पिता मर्नुभयो, मेरो आफन्त मरे," र रुनुपर्यो ? ऊ मरेको छैन | यो ज्ञान प्राप्त गर्नुपर्छ | तब ऊ हरेक परिस्थितिमा खुसी हुनेछ र ऊ केवल कृष्ण भावनामा इच्छुक हुनेछ | शरीरको लागि शोक गर्न कुनै कारण छैन, चाहे यो जीवित होस् वा मृत होस् | यस अध्यायमा कृष्णले यो उपदेश दिनुहुन्छ | अघि बढ |
भक्त: "कुनै समय थिएन जब मेरो, तिम्रो वा यी राजाहरुको अस्तित्व थिएन | न भविष्यमा हाम्रो अस्तिव मेटिनेछ (भ गी २|१२) |" तात्पर्य: "वेदहरुमा, कठ उपनिषदमा र श्वेताश्वतर उपनिषदमा, भनिएको छ कि....."
प्रभुपाद: (उच्चारण मिलाउँदै) श्वेताश्वतर | धेरै उपनिषदहरु छन्, तिनीहरुलाई वेद भनिन्छ | उपनिषदहरु वेदका शिर्षक हुन् | जसरी एउटा अध्यायमा शिर्षक हुन्छ, त्यसैगरी यी उपनिषदहरु वेदहरुका शिर्षक हुन् | प्रमुख १०८ उपनिषदहरु छन् | ती मध्ये, नौ उपनिषदहरु धेरै महत्वपूर्ण छन् | यी नौ उपनिषदहरु मध्ये, श्वेताश्वतर उपनिषद, तैत्तिरेय उपनिषद, ऐतरेय उपनिषद, ईशोपनिषद, ईश उपनिषद, मुण्डक उपनिषद, माण्डूक्य उपनिषद, कठोपनिषद, यी उपनिषदहरु धेरै महत्वपूर्ण छन् | र जब कुनै कुरामा तर्क हुन्छ, यी उपनिषदहरुबाट सन्दर्भ दिनुपर्छ |