NE/Prabhupada 0441 - कृष्ण परम हुनुहुन्छ र हामि अंश हौँ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0441 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0440 - मायावादी सिद्धान्त अनुसार अन्त्यमा आत्मा निराकार हुन्छ|0440|NE/Prabhupada 0442 - इशाई दर्शनमा मानिसले भगवानसँग प्रार्थना गर्छ ,"कृपया हामीलाई दैनिक रोटि दिनुहोस्"|0442}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|4fZLgUh8QbQ|कृष्ण परम हुनुहुन्छ र हामि अंश हौँ<br/>- Prabhupāda 0441}}
{{youtube_right|U0CHkDJJKxw|कृष्ण परम हुनुहुन्छ र हामि अंश हौँ<br/>- Prabhupāda 0441}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681127BG.LA_clip7.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681127BG.LA_clip7.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:36, 29 January 2021



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


भक्त: "सर्वोच्च पुरुषोत्तम भगवान परम व्यक्तित्व हुनुहुन्छ, र अर्जुन जो भगवानका शाश्वत पार्षद छन् र त्यहाँ उपस्थित राजाहरु शाश्वत व्यक्ति हुन् | यो होइन कि उनीहरु अतितमा व्यक्ति थिएनन्, र यो होइन कि उनीहरु शाश्वत व्यक्तिको रुपमा रहनेछैनन् | उनीहरुको व्यक्तित्व अतितमा थियो र उनीहरुको अस्तित्व भविष्यमा बिना कुनै बाधा निरन्तर हुनेछ | तसर्थ कुनै जीवको लागि शोक गर्नुपर्ने कुनै कारण छैन | मयावादी वा निराकार सिद्धान्त अनुसार मुक्ति पछी आत्मा, जुन माया वा भ्रमको आवरणबाट छुटिएको छ, निराकार ब्रह्ममा कुनै व्यक्तिगत अस्तित्वबिना एकाकार हुनेछ......."

प्रभुपाद: अब मायावादीए भन्छ कि यो व्यक्तिगत रुप माया हो | तिनीहरुको धारणा छ कि सम्पूर्ण आत्मा एउटा थुप्रो छ | तिनीहरु सिद्धान्त घटाकाश पोटाकाश​ | घटाकाश पोटाकाश​ भनेको......... जस्तै आकाश | आकाश विस्तार हो, एउटा निराकार विस्तार | एउटा भाँडोमा, एउटा पानीको भाँडोमा जुन बन्द छ...... त्यस भन्दोभित्र पनि आकाश छ, सानो आकाश | जब त्यो भाँडो टुट्छ, बाहिर विशाल आकाश छ, र भाँडोभित्रको सानो आकाश मिसिन्छ | त्यो मायावादी सिद्धान्त हो | तर यो समानता यसमा लागु हुँदैन | समानता भनेको मिल्दोजुल्दो कुरा | त्यो समानताको सिद्धान्त हो | आकाशको तुलना गर्न सकिंदैन....... भाँडोभित्रको सानो आकाशलाई जीवसँग तुलना गर्न सकिंदैन | यो भौतिक पद्धार्थ हो | आकाश पद्धार्थ हो र जीव आत्मा हो | त्यसैले तिमीले कसरी भन्न सक्छौ ? जसरी एउटा सानो कमिला एउटा आत्मा हो | यसको आफ्नो व्यक्तित्व छ | तर एउटा ठुलो मृत ढुंगा, पहाड वा हिमालको कुनै व्यक्तित्व छैन | पद्धार्थको कुनै व्यक्तित्व हुँदैन | आत्माको व्यक्तित्व हुन्छ | यदि समानताको विन्दुमा अन्तर हुन्छ, तब कुनै समानता रहँदैन | त्यो समानताको सिद्धान्त हो | तिमीले पद्धार्थलाई आत्मासँग समान बनाउन सक्दैनौ | तसर्थ यो समानता त्रुटिपूर्ण छ | घटाकाश पोटाकाश​ | अनि अर्को प्रमाण भगवद गीतामा छ | कृष्ण भन्नुहुन्छ कि ममैवांशो जीव​-भूत (भ गी १५|७) | "यो व्यक्तिगत आत्मामेरा अंश हुन् |" जीव-लोके सनातनः | र उनीहरु शाश्वत हुन् | त्यो भनेको शाश्वत रुपमा उनीहरु अंश हुन् | अनि जब....... यो मायावाद सिद्धान्तलाई कसरी मान्न सकिन्छ कि मायाको कारण, मायाद्वारा ढाकिएर, उनीहरु अहिले व्यक्तिगत एवं भिन्न देखिंदैछन्, तर जब मायाको आवरण निकालिनेछ, उनीहरु भाँडोभित्रको आकाश बाहिरको ठुलो आकाशमा मिसिए जसरी मिसिन्छन् ? त्यसैले यो समानता तार्किक दृष्टिकोणले त्रुटिपूर्ण छ, र वैदिक दृष्टिकोणले पनि त्रुटिपूर्ण छ | उनीहरु शाश्वत रुपमा अंश हुन् | भगवद गीतामा अरु धेरै प्रमाणहरु छन् | भगवद गीतामा भनिएको छ कि आत्मालाई टुक्रा पार्न सकिंदैन | त्यसैले यदि तिमीले भन्छौ कि मायाको आवरणले आत्मा अंश बनेको छ, त्यो सम्भव छैन | यसलाई काट्न सकिंदैन | जस्तै यदि तिमीले एउटा कागजको ठुलो टुक्रालाई सानो अंशमा काट्छौ, यो सम्भव छ किनकि यो पद्धार्थ हो, तर अध्यात्मिक रुपमा यो सम्भव छैन | अध्यात्मिक रुपमा, शाश्वत रुपमा अंशहरु अंश नै रहन्छन् र परमब्रह्म पनि परमब्रह्म नै रहनुहुन्छ | कृष्ण परमब्रह्म हुनुहुन्छ र हामी अंश हौँ | हामी शाश्वत रुपमा अंश छौं | यी कुराहरु भगवद गीतामा धेरै स्थानमा राम्ररी वर्णित छ | म अनुरोध गर्छु कि तिमीहरु सबै यस भगवद गीताको एक प्रति लिऊ, तिमीहरु सबजना, र यसलाई सावधानीपूर्वक अध्ययन गर | र आउँदो सेप्टेम्बरमा परिक्षा हुनेछ | अवश्य पनि, त्यो स्वेच्छापूर्ण हुन्छ | तर म तिमीलाई अनुरोध गर्छु कि आउँदो सेप्टेम्बरको परिक्षाको तयारी गर | र जसले यो परिक्षा उत्तीर्ण गर्नेछ, उसले भक्ति-शास्त्री उपाधि पाउनेछ | के तिमीले वितरण गर्यौ.......... हो | अघि बढ |

भक्त: "हामीले बद्ध अवस्थामा व्यक्तित्वको कल्पना गर्छौं भन्ने सिद्धान्त पनि यहाँ समर्थन गरिएको छैन | कृष्णले स्पष्ट रुपमा भन्नुहुन्छ कि भविष्यमा पनि भगवानको र अरुको व्यक्तित्व........."

प्रभुपाद: कृष्णले कहिल्यै भन्नुहुँदैन कि मुक्ति पछी यी आत्माहरु परमात्मासँग मिसिनेछन् | कृष्णले भगवद गीतामा कहिल्यै भन्नुहुँदैन |