NE/Prabhupada 0440 - मायावादी सिद्धान्त अनुसार अन्त्यमा आत्मा निराकार हुन्छ
Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968
प्रभुपाद: अघि बढ ।
भक्त: "श्वेताश्वतर उपनिषदमा भनिएको छ कि सर्वोच्च पुरुषोत्तम भगवान अनगन्ती जीवहरुको पालनकर्ता हुनुहुन्छ, उनीहरुको विभिन्न कर्म र कर्मफल अनुसार | ती सर्वोच्च पुरुषोत्तम भगवान आफ्नो स्वांशले हरेक जीवको हृदयमा पनि हुनुहुन्छ | केवल सन्त व्यक्तिहरु, जसले भगवानलाई भित्र र बाहिर देख्न सक्छन्, उनीहरुले वास्तवमा पूर्ण शाश्वत शान्ति प्राप्त गर्नसक्छन् | त्यहि वैदिक सत्य यहाँ अर्जुनलाई र त्यो सम्बन्धमा संसारका सबै मानिसहरुलाई दिइएको छ, जसले आफुलाई धेरै विद्वानको रुपमा देखाउँछन् तर वास्तवमा तिनीहरुसँग धेरै कम्जोर ज्ञान हुन्छ | भगवानले स्पष्ट रुपमा भन्नुहुन्छ कि उहाँ, अर्जुन र युद्धभुमिमा उपस्थित सबै राजाहरु, शाश्वत रुपमा भिन्न व्यतित्व छन् र भगवानले शाश्वत रुपमा व्यक्तिगत जीवहरुको पालनकर्ता हुनुहुन्छ |
प्रभुपाद: त्यो मूल श्लोक के हो ? तिमी पढ |
भक्त: "योभन्दा अघि म नभएको, तिमी नभएको र यी राजाहरु नभएको कुनै समय थिएन....... (भ गी २|१२)"
प्रभुपाद: अब, "योभन्दा अघि म नभएको, तिमी नभएको र यी राजाहरु नभएको कुनै समय थिएन |" अब उहाँले विश्लेषणात्मक रुपमा भन्नुहुन्छ,"म, तिमी र....." पहिलो व्यक्ति, दोस्रो व्यक्ति र तेस्रो व्यक्ति | त्यो पूर्ण हो | "म, तिमी र अरु |" कृष्णले भन्नुहुन्छ,"कुनै समय थिएन जब म, तिमी, र यस युद्धभूमिमा उपस्थित यी सबै मानिसहरुको अस्तित्व थिएन |" त्यो भनेको "अतितमा म, तिमी र उनीहरु सबै व्यक्तिगत रुपमा अस्तित्वमा थियौं |" व्यक्तिगत रुपमा | मायावादी सिद्धान्त अनुसार अन्त्यमा आत्मा निराकार हुन्छ | तब कसरी कृष्णले भन्न सक्नुहुन्छ कि "म, तिमी र यी मानिसहरु अस्तित्वमा नरहेको कुनै समय थिएन" ? त्यो भनेको,"म व्यक्तिगत रुपमा अस्तित्वमा थिएँ, तिमी व्यक्तिगत रुपमा अस्तित्वमा थियौ, र हामी अगाडीका यी सब मानिसहरु पनि व्यक्तिगत रुपमा अस्तित्वमा थिए | त्यस्तो कुनै समय थिएन |" अब तिम्रो जवाफ के छ दीनदयाल ? कृष्ण भन्नुहुन्छ कि हामी कहिल्यै एक भएनौं | हामी सबै व्यक्ति हौँ | र उहाँले भन्नुहुन्छ,"न हामी कहिल्यै रहनेछौं....... कुनै समय हुनेछैन जब हामी अस्तित्वमा हुनेछैनौं |" त्यो भनेको अतितमा हामी व्यक्ति थियौं, वर्तमानमा कुनै शंका छैन कि हामी व्यक्ति छौं, र भविष्यमा पनि, हामी व्यक्ति रहनेछौं | तब निराकार धारणा कहाँबाट आउँछ ? अतित, वर्तमान र भविष्य, तीन समय छन् | हँ ? सबै समयमा हामी व्यक्ति छौं | तब भगवान कहिले निराकार बन्नुहुन्छ वा म निराकार बन्छु वा तिमी निराकार बन्छौ ? अवसर कहाँ छ ? कृष्णले स्पष्ट रुपमा भन्नुहुन्छ,"कुनै समय थिएन जब म, तिमी र यी सब राजाहरु वा सेनाहरु....... यो थिएन कि हामी अतितमा अस्तित्वमा थिएनौं |" अतितमा हामी व्यक्तिगत रुपमा थियौं, र वर्तमानमा पनि कुनै शंका छैन | हामी व्यक्तिगत रुपमा छौं | तिमी मेरो शिष्य होऊ, म तिम्रो अध्यात्मिक गुरु हुँ तर तिम्रो आफ्नो व्यक्तित्व छ, मेरो आफ्नो व्यक्तित्व छ | यदि तिमी मसँग सहमत छैनौ, तिमीले मलाई त्याग्न सक्छौ | त्यो तिम्रो व्यक्तिगत विचार हो | यदि तिमी कृष्णलाई रुचाउँदिनौ, तिमि कृष्ण भावनाभावित हुँदैनौ, त्यो तिम्रो व्यक्तित्व हो | यो व्यक्तित्व निरन्तर हुन्छ | त्यसैगरी कृष्ण, यदि उहाँले तिमीलाई रुचाउनुहुँदैन, उहाँले तिमीलाई कृष्ण भावना अस्विकार गर्न सक्नुहुन्छ | यो होइन कि तिमीले सबै नियमहरु पालन गरेको कारण कृष्ण तिमीलाई स्वीकार्न बाध्य हुनुहुन्छ | होइन | यदि उहाँले सोच्नुहुन्छ कि "ऊ बेकार छ; मैले उसलाई स्वीकार्न सक्दिनँ," उहाँले तिमीलाई अस्विकार गर्नुहुनेछ | उहाँसँग व्यक्तिगत विचार छ, तिमीसँग छ सबजनासँग छ | निराकारवादको प्रश्न कहाँ छ ? कुनै सम्भावना छैन | र यदि तिमीले कृष्णलाई विश्वास गर्दैनौ, तिमीले वेद विश्वास गर्दैनौ, र यो भन्दा बाहेक, कृष्णलाई परम अधिकारी, भगवानको रुपमा स्वीकारिएको छ | तबयदि हामीले उहाँलाई विश्वास गर्दैनौं, तब ज्ञानमा विकास गर्ने सम्भावना कहाँ हुन्छ ? यसको कुनै सम्भावना छैन | व्यक्तित्वको कुनै प्रश्न छैन | यो अधिकारीको बयान हो | अब, अधिकारीको बयानभन्दा बाहेक, तिमीले आफ्नो तर्क-विवेक लगाउनुपर्छ | के तिमीले कतै भन्न सक्छौ कि दुई समुहबीच सहमति भएको छ ? सक्दैनौ | तिमि जाऊ, अध्ययन गर | राज्यमा, परिवारहा, समाजमा, राष्ट्रमा कुनै सहमति छैन | सभामा पनि, तिम्रो देशमा पनि | मानौं एउटा सभासद छ, सबजनासँग राष्ट्रको स्वार्थ हुन्छ, तर उसले आफ्नो व्यक्तिगत रुपमा सोच्दै हुन्छ | एउटाए सोच्छ कि "मेरो देशको कल्याण यो मार्गबाट हुनेछ |" अन्यथा, राष्ट्रपतिको चुनावको बेला प्रतिस्पर्ध किन हुन्छ ? सबजनाले भन्दैछन् कि "अमेरिकालाई निक्सन चाहिन्छ |" र अर्को मानिसए पनि भन्छ,"अमेरिकालाई म चाहिन्छ |" तर किन दुइटा ? यदि अमेरिकामा तिमी र अरु दुवै....... हुँदैन | त्यहाँ व्यक्तित्व हुन्छ | श्रीमान निक्सनको मत केहि फरक हुन्छ | अर्को प्रतिस्पर्धीको मत केहि अर्को हुन्छ | सभामा, सीनेटमा, मन्त्रीसभामा, संयुक्त राज्यमा, सबजना आफ्नो व्यक्तिगत विचारसँग लडाई गर्दैछन् | अन्यथा संसारमा यति धेरै झन्डाहरु किन छन् ? तिमीले कतै निराकार भन्न सक्दैनौ | व्यक्तित्व सर्वत्र छ | सर्वत्र, व्यक्तित्व प्रबल छ | त्यसैले हामीले स्विकार्नुपर्छ | हामीले आफ्नो तर्क-विवेक लगाउनुपर्छ र अधिकारीलाई स्वीकार्नुपर्छ | तब प्रश्नको समाधान निस्कन्छ | अन्यथा यो सबभन्दा कठिन छ |