NE/Prabhupada 0446 - लक्ष्मीलाई नारायणबाट अलग पार्ने प्रयास नगर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0446 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0445 - नारायणलाई सबैसँग बराबर बनाउनु फेसन भएको छ|0445|NE/Prabhupada 0447 - भगवानको कल्पना गर्ने अभक्तसँग मिसिनबाट सावधान हुनुपर्छ|0447}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|xk5wtjQwbqo|लक्ष्मीलाई नारायणबाट अलग पार्ने प्रयास नगर <br/>- Prabhupāda 0446}}
{{youtube_right|aveb3TPclwo|लक्ष्मीलाई नारायणबाट अलग पार्ने प्रयास नगर <br/>- Prabhupāda 0446}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770212SB-MAY_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770212SB-MAY_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:37, 29 January 2021



Lecture -- Seattle, October 2, 1968


साक्षात श्री | उनी सदैव साथमा हुन्छिन् | यदि कसैले श्रीलाई नारायणबाट छुटाउने प्रयास गर्छ, तब उसको विनाश हुनेछ | उदाहरण रावण हो | रावणले लक्ष्मीलाई रामबाट छुटाउने प्रयास गर्यो | यो प्रयास यति खतरनाक थियो कु रावण खुसी हुनुभन्दा........ ऊ तथाकथित खुसी थियो, भौतिक रुपमा सम्पन्न | तर जब उसले लक्ष्मीलाई नारायणबाट छुटाउने प्रयास गर्यो, उसको आफ्ना सम्पूर्ण मित्रसहित बिनाश भयो | त्यसैले त्यसो गर्ने प्रयास नगर्नुहोस्, लक्ष्मीलाई नारायणबाट छुटाउने | उनलाई छुटाउन सकिंदैन | तर यदि कसरिले त्यस्तो प्रयास गर्छ, उसको विनाश हुनेछ | उसको विनाश हुनेछ | उदाहरण रावण छ | वर्तमान समयमा मानिसहरु श्री, पैसा धेरै रुचाउँछन् | श्री-ऐश्वर्य | श्री-ऐश्वर्य | श्री-ऐश्वर्य प्रजेप्सवः | साधारण मानिस, तिनीहरु श्री, पैसा वा सुन्दरता, सुन्दर स्त्री चाहन्छन् | श्री-ऐश्वर्या: पैसा, धन | श्री ऐश्वर्या प्रजेप्सवः | प्रजा | प्रजा भनेको परिवार, समाज, पैसा | उनीहरु चाहन्छन् | त्यसैले श्रीको पछी सधैं लागिन्छ, उनलाई सधीन खोजिन्छ | तर श्रीलाई एक्लै नराख्नुहोस | तब तपाईको विनाश हुनेछ | यो उपदेश छ | तपाईले श्रीलाई एक्लै राख्ने प्रयास नगर्नुहोस् | सधैं नारायणसँग राख्नुहोस् | तब तपाई खुसी हुनुहुनेछ | नारायणलाई राख्नुहोस् | जोसँग धन छ, धनी, उनीहरुले आफ्नो पैसासँग नारायणको पनि आराधना गर्नुपर्छ | पैसा खर्च गर्नुपर्छ | पैसा नारायणको सेवाको लागि हो | त्यसैले यदि तपाईसँग पैसा छ, यसलाई रावणको जस्तो खर्च नगर्नुहोस्, तर कृष्णको सेवामा संग्लग्न गराउनुहोस् | यदि तपाईसँग पैसा छ, यसलाई धेरै महँगो मन्दिरको लागि खर्च गर्नुहोस्, लक्ष्मी-नारायण, राधा-कृष्ण, सीता-रामको स्थापनाको लागि | आफ्नो पैसा अर्को तरिकाले खर्च नगर्नुहोस् | तब तपाई सधैं धनी रहनुहुनेछ | तपाई कहिल्यै गरिब हुनुहुनेछैन | तर जब तपाई नारायणलाई ठग्ने प्रयास गर्नुहुन्छ, कि "मैले हजुरको लक्ष्मीलाई लागेको छु," तपाई भोको हुनुहुनेछ | त्यो नीति धेरै नराम्रो हो | जे भए पनि, जहाँ श्री हुन्छिन्, त्यहाँ नारायण हुनुहुन्छ र जहाँ नारायण हुनुहुन्छ, त्यहाँ श्री हुनुहुन्छ | तसर्थ नारायण र श्री | नृसिंह-देव नारायण हुनुहुन्छ र लक्ष्मी, उहाँहरु निरन्तर..... तसर्थ देवहरु. जब उनीहरुले देखे कि "नारायण, नृसिंह-देव धेरै, धेरै क्रोधित हुनुहुन्थ्यो | कसैले उहाँलाई शान्त पार्न सक्दैन," त्यसैले उनीहरुले सोचे कि "लक्ष्मीजी व्यक्तिगत सङ्गमा रहनुहुन्छ, निरन्तर नारायणसँग, त्यसैले उहाँ जानुहोस् र शान्त पार्नुहोस् |" त्यो यहाँ वर्णित छ | साक्षात श्रीः प्रेषिता देवैर् | देवहरु, ब्रह्माजी, शिवजी र अरु, उनीहरुले अनुरोध गरे, "माता, हजुर आफ्नो पतिलाई शान्त पार्नुहोस् | यो हामीबाट सम्भव छैन |" तर उनी पनि भयभीत भइन् | उनी पनि भयभीत भइन् | साक्षात श्रीः प्रेषित देवैर् दृष्ट्वा तं महद् अद्भुतम् | उनलाई थाहा थियो कि "मेरा पति नृसिंह देवको रुपमा प्रकट हुनुभएको छ," तर भगवानको त्यस आश्चर्यजनक रुप यति भयानक थियो कि उनले भगवानको अगाडी जाने आँट गरिनन् | किन ? अब, अदृष्टश्रुत​-पूर्वत्वात्: उनलाई पनि थाहा थिएन कि उनका पतिले नृसिंह देवको रुप धारण गर्न सक्नुहुन्छ | यी नृसिंह देव रुप विशेषगरी हिरण्यकशिपुको लागि धारणा गरिएको थियो | यी सर्व-शक्तिशाली हुनुहुन्छ | हिरण्यकशिपुले ब्रह्माजीसँग आशिर्वाद लियो, कि कुनै भगवान, देवताले उनलाई मार्न नसकुन्; कुनै मानिसले मार्न नसकोस्; कुनै पशुले मार्न नसकोस्; र त्यस्तै-त्यस्तै | अप्रत्यक्ष रुपमा उसले योजना बनायो कि कसैले उसलाई मार्न नसकोस् | र किनकि सर्वप्रथम ऊ अमर बन्न चाहन्थ्यो, त्यसैले ब्रह्माजीले भने कि "म अमर छैन | म कसरी तिमीलाई आशिर्वाद दिनसक्छु......? त्यो सम्भव छैन |" यी राक्षसहरु, दानवहरु, तिनीहरु धेरै बुद्धिमान हुन्छन्, दुष्कृतिन​, बुद्धिमान- तर पापको लागि | त्यो राक्षसको गुण हो | त्यसैले उसले योजना बनायो कि "प्रत्यक्ष रुपमा मैले ब्रह्माजीबाट आशिर्वाद लिनेछु, यस्तो प्रकारले कि म सधैं अमर हुनेछु |" त्यसैले ब्रह्माजीको वाचा कायम राख्नको लागि, नारायण नृसिंह-देवको रुपमा प्रकट हुनुभयो: आधा सिंह र आधा मानिस | तसर्थ अदृष्टाश्रुत​-पूर्व​ | लक्ष्मीले पनि भगवानको त्यस्तो रुप देखेकी थिइनन्, आधा मानिस, आधा सिंह | यी नारायण, वा कृष्ण, सर्व-शक्तिमान हुनुहुन्छ | उहाँले कुनै पनि रुप धारण गर्नुहुन्छ | अदृष्टा अश्रुत​-पुर्व​ | कहिल्यै नदेखेको | उनी नारायणको साथ भए तापनि उनले नारायणको त्यस्तो आश्चर्यजनक रुप कहिल्यै देखेकी थिइनन् | तसर्थ भनिएको छ, अदृष्टा अश्रुत​-पूर्वत्वात् सा न उपेयाय शङ्किता | लक्ष्मीजी पतिव्रता हुन्छिन् | त्यसैले शङ्किता: उनी भयभीत थिइन्, "हुनसक्छ उहाँ भिन्न व्यक्ति हुनुहुन्छ |" र उनी पतिव्रता हुन्छिन्, सबभन्दा पतिव्रता | कसरी उनी भिन्न व्यक्तिसँग मिसिन सक्छिन् ? तसर्थ शङ्किता | यो शब्द प्रयोग भएको छ, शङ्किता | उनलाई सबै थाहा भए तापनि, उनी सोच्दै थिइन्,"हुन सक्छ मेरा पति हुनुहुँदैन |" यो आदर्श पतिव्रता हो कि लक्ष्मीजी पनि, विष्णुको बारेमा शंकामा भएर उनी बोलिनन्, नजिक गइनन् | शंकिता | यो लक्ष्मीजीको अर्को गुण हो | उनी भयभीत भइन्,"उहाँ नारायण हुनुहुँदैन होला," किनकि उनले कहिल्यै पनि आफ्ना पतिको त्यस्तो आश्चर्यजनक रुप अनुभव गरेकी थिइनन्, आधा सिंह र आधा मानिसको | त्यसैले अदृष्टाश्रुत​-पूर्वत्वात् स नोपेयाय शङ्किता |