NE/Prabhupada 0492 - बुद्ध दर्शन भनेको यो शरीर समाप्त गर्ने, निर्वाण: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0492 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Germany]]
[[Category:NE-Quotes - in Germany]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0491 - मेरो इच्छा विपरित धेरै पीडाहरु छन्|0491|NE/Prabhupada 0493 - जब यो स्थूल शरीरले आराम गर्छ, सुक्ष्म शरीर कार्यरत हुन्छ|0493}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|4liLZTCT_68|बुद्ध दर्शन भनेको यो शरीर समाप्त गर्ने, निर्वाण<br />- Prabhupāda 0492}}
{{youtube_right|NBveks1B08o|बुद्ध दर्शन भनेको यो शरीर समाप्त गर्ने, निर्वाण<br />- Prabhupāda 0492}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740621BG.GER_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740621BG.GER_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:44, 29 January 2021



Lecture on BG 2.14 -- Germany, June 21, 1974


अब यो शरीर के हो ? यो शरीर पद्धार्थको समिश्रण हो | पृथ्वी, जल, वायु, अग्नि, आकाश, मन, बुद्धि, अहंकारको समिश्रण- आठ भौतिक तत्त्व, पाँच स्थुल र तीन सुक्ष्म | यो शरीर तिनीहरुबाट बनेको हो | बौद्ध दर्शन अनुसार यदि तपाईले यो शरीर समाप्त गर्नुहुन्छ, निर्वाण | जस्तै यो घर ढुङ्गा, इँटा, काठ र अरु धेरै वस्तुहरुबाट बनेको हुन्छ | जब तपाई यसलाई तोड्नुहुन्छ, ढुङ्गा र इँटा रहँदैन | यो पृथ्वीमा वितरित हुन्छ | यसलाई पृथ्वीमा फालिन्छ | अनि कुनै घर रहँदैन | त्यसैगरी, यदि तपाई शुन्य बन्नुहुन्छ, कुनै शरीर हुँदैन, तब तपाई पिडा र आनन्दबाट मुक्त हुनुहुन्छ | त्यो तिनीहरुको दर्शन हो, निर्वाण दर्शन, शुन्यवादी: "यसलाई शुन्य बनाऊ |" तर त्यो सम्भव छैन | त्यो सम्भव छैन | तपाईले सक्नुहुन्न | किनकि तपाई आत्मा हुनुहुन्छ | त्यसको व्याख्या हुनेछ | तपाई शाश्वत हुनुहुन्छ | तपाई शुन्य बन्न सक्नुहुन्न | त्यसको व्याख्या हुनेछ, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०), कि हामी यो शरीर त्याग्दैछौं तर तत्काल मैले अर्को शरीर स्वीकार्नुपर्छ | तब समाप्तिको प्रश्न कहाँ छ ? प्राकृतिक तरिकाले तपाईले अर्को शरीर प्राप्त गर्नुहुन्छ | तपाईले भोग गर्न चाहनुभएको कारण तपाई यो भौतिक जगतमा आउनुभएको छ | सोध्ने कुनै प्रश्न छैन | सबजनालाई थाहा छ कि "म यो भौतिक जगतमा छु | मैले पूर्ण क्षमतामा भोग गर्नुपर्छ |" जसले यो तथ्यप्रति अनविज्ञ छ कि "मैले अर्को जीवन धारण गर्नुपर्छ," उसले सोच्छ "यो पद्धार्थको समिश्रण हो-पृथ्वी, जल, वायो, अग्नि | त्यसैले जब यो समाप्त हुनेछ, तब सबै कुरा समाप्त हुनेछ | त्यसैले जबसम्म मसँग यो अवसर छ, मैले पूर्ण क्षमतामा भोग गर्नुपर्छ |" यसलाई भौतिक मानसिकता हो, नास्तिक, जसलाई थाहा छैन कि हामी शाश्वत आत्मा हौँ, हामी केवल शरीर परिवर्तन गर्दैछौं | नास्तिकहरु सोच्छन् कि समाप्तिपछी...... यहाँ पाश्चात्य देशमा, ठुला, ठुला प्राध्यापक, तिनीहरु पनि उही प्रभावमा छन् कि जब शरीर समाप्त हुन्छ, सबै कुरा समाप्त हुन्छ | होइन | त्यो होइन | तसर्थ त्यो उपदेशको सुरुवात हो | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २|१३) | तपाईले विभिन्न शरीर परिवर्तन गर्दै हुनुहुन्छ | शरीर समाप्त गरेर तपाई समाप्त हुनुहुँदैन |