NE/Prabhupada 0491 - मेरो इच्छा विपरित धेरै पीडाहरु छन्



Lecture on BG 2.14 -- Germany, June 21, 1974


तपाई जीवनको अध्ययन गर्नुहोस् | यो शरीरको सुरुवात देखि, आमाको गर्भ भित्र, यो केवल समस्याजनक छ | मेरो इच्छा विपरित धेरै पीडाहरु छन् | अनि जब तपाई हुर्कनुहुन्छ, पीडाहरु बढ्दै जान्छन् | पिडा घट्दैन | अनि जन्म, अनि बुढ्यौली, अनि रोग | त्यसैले जबसम्म तपाईसँग यो शरीर छ...... तथाकथित वैज्ञानिकहरु, तिनीहरु धेरै प्रभावशाली औषधिको उत्पादन, नयाँ खोज गर्दैछन् | केवल......., के भनिन्छ ? स्ट्रेप्टोमाइसिन ? धेरै कुराहरु | तर तिनीहरु रोग रोक्न सक्दैनन् | त्यो सम्भव छैन महाशय | तपाईले रोग सन्चो पार्न धेरै उच्च-स्तरका औषधीहरु उत्पादन गर्न सक्नुहुन्छ | त्यसले सन्चो पार्दैन | अस्थायी उपचार | तर कुनै वैज्ञानिकले कुनै औषधि पत्ता लगाएको छैन कि "तिमी यो लिऊ र कुनै रोग हुनेछैन |" त्यो सम्भव छैन | "तिमी यो औषधि लिऊ र कुनै रोग हुनेछैन |" त्यो सम्भव छैन | तसर्थ जो बुद्धिमान छन्, उनीहरुलाई राम्ररी थाहा छ, कि यो स्थान दुःखालयम् अशाश्वतम् (भ गी ८|१५) हो | यसको वर्णन भगवद गीतामा गरिएको छ | यो पिडाको स्थान हो | त्यसैले जबसम्म तपाई यहाँ रहनुहुन्छ...... तर हामी यति मुर्ख छौं, हामीले अनुभव गर्न सक्दैनौं | हामी स्वीकार्छौं,"यो जीवन धेरै आनन्दमय छ | म यसको भोग गर्छु |" यो थोरै पनि आनन्दमय छैन, मौसमी परिवर्तन, सधैं | यो पिडा वा त्यो पिडा, यो रोग वा त्यो रोग | यो असुविधाजनक, यो चिन्ता | तीन प्रकारका पिडाहरु छन्: अध्यात्मिक​, अधिभौतिक​, अधिदैविक​ | अध्यात्मिक भनेको यी शरीर र मनद्वारा हुने पिडा | र अधिदैविक भनेको भौतिक प्रकृतिले दिने पिडा | प्रकृति | अचानक भूकम्प हुन्छ | र अचानक भोकमरी हुन्छ, खानेकुराको कमी, अतिवृष्टि हुन्छ, अनावृष्टि हुन्छ, अधिक ताप हुन्छ, अधिक जाडो हुन्छ, अधिक चिसो हुन्छ | हामी यी तीन प्रकारका पीडाहरुबाट गुज्रनुपर्छ | कम्तिमा एउटा, दुइटा हुनैपर्छ | तब पनि हामीले अनुभव गर्दैनौं कि "यो स्थान पिडाले भरिपूर्ण छ, किनकि मसँग यो भौतिक शरीर छ |" तसर्थ एउटा विचारशील मानिसको कर्तव्य भनेको यो भौतिक शरीर स्वीकार्ने प्रक्रिया कसरी रोक्ने हुन्छ | यो बुद्धिमानी हो | उसले अनुभव गर्नुपर्छ कि "म सधैं पिडामा छु, र म यो शरीर होइन, तर मलाई यो शरीरमा राखिन्छ | तसर्थ सहि निष्कर्ष भनेको म यो शरीर होइन | यदि कुनै तरिकाले म यो शरीर बिना बाँच्छु, तब मेरा पिडाहरु सकिन्छन् | यो व्यवहारिक बुद्धि हो | त्यो सम्भव छ | तसर्थ कृष्ण आउनुहुन्छ | तसर्थ भगवान आउनुहुन्छ, तपाईलाई जानकारी दिन कि "तिमी यो शरीर होइन | तिमी आत्मा हौ | र तिमी यो शरीरमा भएको कारण तिमीले धेरै पिडाहरु भोग्दैछौ |" तसर्थ कृष्णले सुझाव दिनुहुन्छ कि "यी पीडाहरु यो शरीरको कारण हो |" बुझ्ने प्रयास गर्नुहोस् | तपाईले किन पिडा र आनन्दको अनुभव गर्दै हुनुहुन्छ | यो शरीरको कारण हो | तसर्थ बौध दर्शन पनि उही कुरा हो कि तपाईले यो शरीर समाप्त गर्नुहोस्, निर्वाण | निर्वाण भनेको....... तिनीहरुको दर्शन अनुसार पिडा र आनन्दको अनुभव यो शरीरको कारण हो | तिनीहरु पनि स्वीकार्छन् |