NE/Prabhupada 0493 - जब यो स्थूल शरीरले आराम गर्छ, सुक्ष्म शरीर कार्यरत हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0493 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Germany]]
[[Category:NE-Quotes - in Germany]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0492 - बुद्ध दर्शन भनेको यो शरीर समाप्त गर्ने, निर्वाण|0492|NE/Prabhupada 0494 - नेपोलियनले बलियो आर्क बनाए तर उनी कहाँ गए, कसैलाई थाहा छैन|0494}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|530eiA2hsTA|जब यो स्थूल शरीरले आराम गर्छ, सुक्ष्म शरीर कार्यरत हुन्छ<br />- Prabhupāda 0493}}
{{youtube_right|LHv42oRwrMk|जब यो स्थूल शरीरले आराम गर्छ, सुक्ष्म शरीर कार्यरत हुन्छ<br />- Prabhupāda 0493}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740621BG.GER_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740621BG.GER_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:45, 29 January 2021



Lecture on BG 2.14 -- Germany, June 21, 1974


हामीले थोरै सोचेर पनि बुझ्न सक्छौं कि यो शरीरमा पनि म....... रातमा मैले अर्को शरीर प्राप्त गर्छु | मैले सपना देख्छु | मैले सपनामा बाघ देख्छु | म जङ्गल जान्छु र त्यहाँ एउटा बाघ हुन्छ र त्यसले मलाई मार्न आउँदैछ | अनि म रुन्छु, र विपनामा पनि म रुन्छु | वा अर्को सपनामा, म कोहि प्रिय, पुरुष वा महिलाकहाँ जान्छु | हामीले अंकमाल गर्दै हुन्छौं तर शारीरिक गतिविधि चल्दै हुन्छ | अन्यथा म किन रुन्छु ? र किन विर्यनाश हुन्छ ? मानिसलाई थाहा छैन कि मैले यो स्थूल शरीर छाडेर सुक्ष्म शरीरमा प्रवेश गर्छु | त्यहाँ सुक्ष्म शरीर छ, भित्रको कुनै प्रश्न छैन | हामी ढाकिएका छौं | जस्तै यो शरीर सर्ट र कोटले ढाकिएको छ, त्यसैले कोट स्थूल शरीर हो र सर्ट सुक्ष्म शरीर हो | जब यो स्थूल शरीरले आराम गर्छ, सुक्ष्म शरीर कार्यरत हुन्छ | मुर्ख मानिसहरुले बुझ्न सक्दैनन् कि "म कुनै शरीरमा ढाकिएको छु, चाहे स्थूल शरीर होस् वा सुक्ष्म शरीर होस् |" जो धेरै पापी हुन्छ, उसले स्थूल शरीर प्राप्त गर्दैन | ऊ सुक्ष्म शरीरमा रहन्छ र त्यसलाई भुत भनिन्छ | तपाईले सुन्नुभएको छ | कसैले देख्नुभएको छ होला | भुत हुन्छ | भुत भनेको उसले प्राप्त गर्दैन | ऊ यति पापी हुन्छ कि उसलाई सुक्ष्म शरीरमा बस्ने सजाय हुन्छ | उसले स्थूल शरीर प्राप्त गर्दैन | तसर्थ, वैदिक प्रथा अनुसार, श्राद्ध संस्कार हुन्छ | यदि पिता वा आफन्तले स्थूल शरीर प्राप्त गरेका छैनन्, त्यस संस्कारद्वारा उसलाई स्थूल शरीर प्राप्त गर्ने अनुमति हुन्छ | त्यो वैदिक प्रथा हो | जे भए पनि, हामीले बुझ्न सक्छौं कि "म कहिले यो स्थूल शरीरमा हुन्छु र कहिले सुक्ष्म शरीरमा हुन्छु | म त्यहाँ छु, स्थूल शरीरमा वा सुक्ष्म शरीरमा | म शाश्वत छु | तर जब म सुक्ष्म शरीरमा कार्यरत हुन्छु, मैले यो स्थूल शरीर बिर्सन्छु | र जब म यो स्थूल शरीरसँग कार्यरत हुन्छु, मैले यो सुक्ष्म शरीर बिर्सन्छु | त्यसैले मैले स्थूल शरीर स्वीकार गरूँ वा सुक्ष्म शरीर स्वीकार गरूँ, म शाश्वत हुन्छु | अब, समस्या भनेको कसरी यो स्थूल शरीर र सुक्ष्म शरीरलाई अस्विकार गर्ने | त्यो समस्या हो | त्यो भनेको जब तपाई आफ्नो वास्तविक शरीर, अध्यात्मिक शरीरमा रहनुहुन्छ, र यो स्थूल वा सुक्ष्म शरीरमा फर्कनुहुँदैन, त्यो तपाईको शाश्वत जीवन हो | हामीले त्यो प्राप्त गर्नुपर्छ | यो मानव जीवन प्रकृति वा भगवानद्वारा दिइएको उपहार हो | अब तपाईले बुझ्नुहोस् कि तपाईले आफ्नो विभिन्न स्थिति, पिडा र सुख परिवर्तन गर्दै हुनुहुन्छ, बलपूर्वक कुनै प्रकारको स्थूल वा सुक्ष्म शरीर स्वीकार्नुपर्छ | त्यो तपाईको पिडा र सुखको कारण हो | र यदि तपाई यो स्थूल र सुक्ष्म शरीरबाट बाहिर निस्कनुहुन्छ, आफ्नो वास्तविक अध्यात्मिक शरीरमा रहनुहुन्छ, तब तपाई यी पिडा र सुखबाट मुक्त हुनुहुन्छ | त्यसलाई भनिन्छ मुक्ति | मुक्ति | एउटा संस्कृत शब्द हो | मुक्ति भनेको मोक्ष, कुनै स्थूल शरीर हुँदैन, कुनै सुक्ष्म शरीर हुँदैन | तर तपाई आफ्नो वास्तविक अध्यात्मिक शरीरमा रहनुहुन्छ | त्यसलाई भनिन्छ मुक्ति | मुक्ति भनेको...... यो भागवतममा वर्णित छ, मुक्तिर् हित्वा अन्यथा रूपं स्व​-रूपेण व्यवस्थितिः | त्यसलाई भनिन्छ मुक्ति | अन्यथा रूपम् |