NE/Prabhupada 0492 - बुद्ध दर्शन भनेको यो शरीर समाप्त गर्ने, निर्वाण



Lecture on BG 2.14 -- Germany, June 21, 1974


अब यो शरीर के हो ? यो शरीर पद्धार्थको समिश्रण हो | पृथ्वी, जल, वायु, अग्नि, आकाश, मन, बुद्धि, अहंकारको समिश्रण- आठ भौतिक तत्त्व, पाँच स्थुल र तीन सुक्ष्म | यो शरीर तिनीहरुबाट बनेको हो | बौद्ध दर्शन अनुसार यदि तपाईले यो शरीर समाप्त गर्नुहुन्छ, निर्वाण | जस्तै यो घर ढुङ्गा, इँटा, काठ र अरु धेरै वस्तुहरुबाट बनेको हुन्छ | जब तपाई यसलाई तोड्नुहुन्छ, ढुङ्गा र इँटा रहँदैन | यो पृथ्वीमा वितरित हुन्छ | यसलाई पृथ्वीमा फालिन्छ | अनि कुनै घर रहँदैन | त्यसैगरी, यदि तपाई शुन्य बन्नुहुन्छ, कुनै शरीर हुँदैन, तब तपाई पिडा र आनन्दबाट मुक्त हुनुहुन्छ | त्यो तिनीहरुको दर्शन हो, निर्वाण दर्शन, शुन्यवादी: "यसलाई शुन्य बनाऊ |" तर त्यो सम्भव छैन | त्यो सम्भव छैन | तपाईले सक्नुहुन्न | किनकि तपाई आत्मा हुनुहुन्छ | त्यसको व्याख्या हुनेछ | तपाई शाश्वत हुनुहुन्छ | तपाई शुन्य बन्न सक्नुहुन्न | त्यसको व्याख्या हुनेछ, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०), कि हामी यो शरीर त्याग्दैछौं तर तत्काल मैले अर्को शरीर स्वीकार्नुपर्छ | तब समाप्तिको प्रश्न कहाँ छ ? प्राकृतिक तरिकाले तपाईले अर्को शरीर प्राप्त गर्नुहुन्छ | तपाईले भोग गर्न चाहनुभएको कारण तपाई यो भौतिक जगतमा आउनुभएको छ | सोध्ने कुनै प्रश्न छैन | सबजनालाई थाहा छ कि "म यो भौतिक जगतमा छु | मैले पूर्ण क्षमतामा भोग गर्नुपर्छ |" जसले यो तथ्यप्रति अनविज्ञ छ कि "मैले अर्को जीवन धारण गर्नुपर्छ," उसले सोच्छ "यो पद्धार्थको समिश्रण हो-पृथ्वी, जल, वायो, अग्नि | त्यसैले जब यो समाप्त हुनेछ, तब सबै कुरा समाप्त हुनेछ | त्यसैले जबसम्म मसँग यो अवसर छ, मैले पूर्ण क्षमतामा भोग गर्नुपर्छ |" यसलाई भौतिक मानसिकता हो, नास्तिक, जसलाई थाहा छैन कि हामी शाश्वत आत्मा हौँ, हामी केवल शरीर परिवर्तन गर्दैछौं | नास्तिकहरु सोच्छन् कि समाप्तिपछी...... यहाँ पाश्चात्य देशमा, ठुला, ठुला प्राध्यापक, तिनीहरु पनि उही प्रभावमा छन् कि जब शरीर समाप्त हुन्छ, सबै कुरा समाप्त हुन्छ | होइन | त्यो होइन | तसर्थ त्यो उपदेशको सुरुवात हो | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २|१३) | तपाईले विभिन्न शरीर परिवर्तन गर्दै हुनुहुन्छ | शरीर समाप्त गरेर तपाई समाप्त हुनुहुँदैन |