NE/Prabhupada 0506 - तपाईको आँखा शास्त्र हुनुपर्छ । यी बोधा आँखा होइन

Revision as of 20:47, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.18 -- London, August 24, 1973


त्यसैले रुखविरुवाहरु, तिनीहरु बीस लाख प्रकारका छन् । स्थावरा लक्ष विंशति कृमयो रुद« संख्ययः । र किराहरु, तिनीहरु एघार लाख छन् । त्यसैले यो अचम्मको कुरा छ कि कसरी वैदिक साहित्यले सबै कुरा धेरै सहि रुपमा राखेको छ । नौ लाख, एघार लाख, बीस लाख, जस्तो ती छन् । यसलाई भनिन्छ साक्षात्कार । त्यसैले हामी ठोस रुपमा लिन्छै । हाम्रो सुविधा भनेको, किनकि हामी वेदलाई अधिकारीको रुपमा स्वीकार्छाै, तसर्थ ज्ञान त्यहाँ छ, तयार । यदि कसैले मलाई वा तपाईलाई सोध्छ, .“के तपाई भन्न सक्नुहुन्छ पानीमा कति प्रकारका जीव छन्?” यो धेरै कठिन छ, जीव वैज्ञानिकले पनि भन्न सक्दैनन् । तिनीहरु धेरै दक्ष भए तापनि । म भन्न सक्दिन । तर हाम्रो सुविधा, हामी तत्काल भन्न सक्छौ, त्यहाँ नौ लाख छन् । मैले कहिल्यै खोज गरेको छैन, न त व्यक्तिगत रुपमा देखेको छु, .तर वैदिक साहित्यमा व्याख्या गरिएको कारणले, मैले तपाईलाई सहि भन्न सक्छु । तसर्थ वेदान्त सुत्रमा भनिएको छ, कि तपाई प्रत्यक्ष रुपमा केहि देख्न वा अनुभव गर्न चाहनुहुन्छ ...... जस्तै धेरै धुर्तहरु आउँछन्, तिनीहरु चुनौती दिन्छन्, “के तिमी मलाई भगवान देखाउन सक्छौ ?” त्यसैले.... हो, हामी तपाईलाई भगवान देखाउन सक्छौ, तपाईसँग देख्ने आँखा भए । भगवानलाई भिन्न किसिमको आँखाले देख्न सकिन्छ । यी आँखा होईन । यो शास्त्रमा उल्लेख गरिएको छ । अतः श्री कृष्ण नामादि न भवेद् ग्राह्यम् इन्द्रियैः (चै च मध्य १७।१३६) । इन्दि«यको मतलब यी इन्द्रियहरु, यी भौतिक इन्द्रिय । यी भौतिक इन्द्रियबाट तपाईले प्रत्यक्ष अनुभव गर्न सक्नुहुन्न, भगवानको रुप कस्तो छ, उहाँको गुण कस्तो छ, उहाँ के गर्नुहुन्छ । धेरै कुराहरु हामी भगवानका बारेमा जान्न चाहन्छौ । गुणको व्याख्या गरेको छ, तर शास्त्रले भगवानको गुणको व्याख्या गरेको छ, भगवानको रुप, भगवानको क्रियाकलाप । तपाई जान्न सक्नुहुन्छ । शास्त्र योनित्वात् । योनि भनेको श्रोत, श्रोत । शास्त्र योनित्वात् । शास्त्र–चक्षुस् । तपाईको आँखा शास्त्र हुनुपर्छ । यी बोधा आँखा होईन । सबै कुरा हामीले शास्त्र, पुस्तकबाट पनि अनुभव गर्छौ । त्यसैले हामीले आधिकारीक पुस्तकबाट हेर्नुपर्छ, हाम्रो क्षमता भन्दा बाहिरको व्याख्याहरु । अचिन्त्य खलु ये भावा न तांस् तर्केण योजयेत् । तर्केण, तर्कद्दारा, जुन हाम्रो इन्दि«यातीत अनुभव भन्दा पर छन् । धेरै कुराहरु । हामी दैनिक धेरै ग्रहहरु आकाशमा ताराहरु पनि देख्दैनौ तर हामीसँग जानकारी छ । तिनीहरु प्रत्यक्ष रुपमा चन्द« ग्रह देख्न जाँदै छन् तर निराश भएर फर्कदै छन् । यसो भन्नु धेरै शंकास्पद छ । र तिनीहरुसँग आफ्नै मत अनुरुपको छाप छः “यो ग्रह बाहेक, अरु ग्रहमा, धेरै, त्यहाँ जीवन छैन ।” यी पुर्ण बुझाई होइनन् । शास्त्र योनिबाट, यदि तपाई शास्त्रद्दारा हेर्न चाहनुहुन्छ.... जस्तै चन्द« ग्रह । हामीसँग श्रीमद भागवतम्बाट जानकारी छ कि त्यहाँ, मानिसहरु, तिनीहरु दश हजार वर्ष बाँच्छन् । र वर्षको गणना कस्तो छ ? हाम्रो छ महिना बराबर तिनीहरुको एक दिन । अबल कस्तो दश हजार वर्ष, केवल कल्पना गर्नुहोस् । यसलाई दैव वर्ष भनिन्छ । दैव वर्ष भनेको देवताको गणना अनुसारको वर्ष । जस्तै ब्रह्माको दिन, त्यो देवताको गणना हो । सहस्र–युग–पर्यन्तम् अहर् यद् ब्रह्मणो विदुः (भ गी ८।१७) हामीसँग भगवद् गीताबाट जानकारी छ, कृष्ण भन्नुहुन्छ, कि तिनीहरुले देवताको वर्षको गणना गर्छन् । सबैको वर्षको गणना गरिन्छ । यसलाई भनिन्छ..... यसलाई आधुनिक विज्ञानद्दारा स्वीकारीएको छ, सापेक्षिक सत्यता वा सापेक्षताको न्याय । एउटा सानो कमिलो,उसको पनि सय वर्षको आयु छ, तर कमिलाको सय वर्ष र हाम्रो सय वर्ष फरक छ । यसलाई भनिन्छ सापेक्षिक । हाम्रो शरिरको आकार अनुसार, सबै कुरा सम्बन्धमा । हाम्रो सय वर्ष र ब्रह्माको सय वर्ष, त्यो फरक छ । तसर्थ कृष्णले भन्नुभयो कि यसरी गणना गरः सहस्र–युग पर्यन्तम् अहर यद् ब्रह्मणी विदुः (भ गी ८।१७) ।