NE/Prabhupada 0511 - वास्तविक भोकमरी आत्माको भोकमरी हो । आत्माले आध्यात्मिक भोजन पाएको छैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0511 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0510 - आधुनिक सभ्यतामा तिनीहरुसँग आत्माको कुनै ज्ञान छैन|0510|NE/Prabhupada 0512 - जो भौतिक प्रकृतिमा शरणागत छ, उसले पीडा पाउनुपर्छ|0512}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|0qAeK1HF9Qk|वास्तविक भोकमरी आत्माको भोकमरी हो । आत्माले आध्यात्मिक भोजन पाएको छैन<br />- Prabhupāda 0511}}
{{youtube_right|WDSkNUUEJfk|वास्तविक भोकमरी आत्माको भोकमरी हो । आत्माले आध्यात्मिक भोजन पाएको छैन<br />- Prabhupāda 0511}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730828BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730828BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:48, 29 January 2021



Lecture on BG 2.25 -- London, August 28, 1973


जसले यो भौतिक शरीर निकै महत्वपूर्ण भनेर स्वीकार्दैछन्...... जस्तै अर्को दिन, जेही धुर्तहरु आए | तिनीहरु यो शरीरलाई खुवाउन धेरै तत्पर थिए | जो भोका छन्, भोकमरी..... भोकमरी जीवनको शारीरिक धरान हो | तर यहाँ अध्यात्मिक भोकमरी छ | त्यो हामीले ख्याल राख्दैनौं | भौतिक भोकमरी हुन सक्छ, तर वास्तवमा त्यो समस्या होइन किनकि यो भौतिक शरीरको पोषणको लागि पर्याप्त व्यवस्था छ | वास्तविक भोकमरी आत्माको हो | आत्माले अघ्यात्मिक खाना पाएको छैन | यहाँ, यो बैठकमा, यो भोकाएको आत्मालाई दिन को लागि हो | र जब तपाईले केहि अध्यात्मिक खाना पाउनुहुन्छ, तब हामी खुसी हुन्छौं | त्यो स्थिति छ | ययात्मा सुप्रसीदति | जबसम्म तपाईले अध्यात्मिक खान पाउनुहुन्न वास्तविक आत्माको कुनै सन्तुष्टि हुन सक्दैन | उही उदाहरण, पिंजडा भित्र चरा छ | यदि तपाईले केवल पिंजडालाई धेरै राम्ररी धुनुहुन्छ, र ढाक्नुहुन्छ र रङ्ग लाउनुहुन्छ, र पिंजडाभित्रको चरा रुँदैछ, भोको छ, यो सभ्यता के हो ? त्यसैगरी, हामी आत्मा, हामी यो शरीरभित्र बद्ध छौं, त्यसैले हाम्रो प्राकृतिक आकांक्षा यो बन्धनबाट स्वतन्त्रता प्राप्त गर्नु हो | जसरी चरा पिंजडाबाट स्वतन्त्र हुन संघर्ष गर्छ | त्यसैगरी, हामी पनि, हामी पनि बद्ध भएर खुसी छैनौं | हिजो हामीले सिक्यौं, भगवद-गीताबाट, आत्माको स्थिति सर्व-गत: हो | आत्मा जहाँ पनि जान सक्छ | ऊसँग स्वतन्त्रता छ | जो योगीक सिद्धिबाट अध्यात्मिक हिसाबले विकसित छन्, उनीहरु आफुले इच्छा गरे अनुसार जहाँ पनि जान सक्छन् | अणिमा, लघिमा सिद्धि | भारतमा अझै पनि योगीहरु छन्, बिहान सबेरै, चार धाममा स्नान गर्छन् | हर्द्वार, जगन्नाथ पुरी, रामेश्वरम् र द्वारका | अझै योगी छन् | एक घण्टा भित्र, उनीहरुले चार स्थानमा स्नान गर्छन् | सर्व-गत:, गति | उनीहरु एक स्थानमा बस्छन्, र योगीक विधिबाट, केहि मिनेट भित्र, उठ्नेछन् र यहाँ डुबुल्की लगाउँछन्, यो पानीमा | मानौं लन्डनमा तपाई डुबुल्की लगाउनुहुन्छ, थेम्स नदिमा डुबुल्की लगाउनुहुन्छ, र जब तपाई उठ्निहुन्छ तपाई कलकत्तामा गंगा देख्नुहुन्छ | यस्तो योगीक विधि छ | सर्व-गत: | त्यसैले आत्माको यति धेरै स्वतन्त्रता छ, सर्व-गत:, जहाँ उसले चाहन्छ ऊ जान सक्छ | तर बाधा यो शरीर छ जसले हाम्रो स्वतन्त्रता रोक्दैछ | त्यसैले यदि तपैले यो भौतिक शरीरबाट छुटकारा प्राप्त गर्नुहुन्छ र अध्यात्मिक शरीरमा अवस्थित हुनुहुन्छ........ जस्तै नारद मुनि, उहाँ जहाँ पनि जान सक्नुहुन्छ, उहाँ जाँदै हुनुहुन्छ, उहाँको कार्य जानु हो | कहिलेकाही उहाँ वैकुण्ठलोक जानुहुन्छ र कहिलेकाही उहाँ यो भौतिक जगतमा आउनुहुन्छ | उहाँसँग आध्यात्मिक शरीर छ, उहाँ जहाँपनि जान स्वतन्त्र हुनुहुन्छ, अन्तरिक्ष यात्री | तिनीहरु अन्तरिक्षमा यन्त्रबाट यात्रा गर्ने प्रयास गर्दैछन् | यन्त्रको कुनै आवश्यकता छैन | यन्त्रारूढानि मायया (भ गी १८|६१) | यन्त्र मायाद्वारा बनेको छ | तर तपाईको आफ्नै शक्ति छ | त्यो धेरै द्रुत गतिको छ | यो रोकिएको छ | तसर्थ कोहि पनि धेरै सावधान हुनुपर्छ, कसरी आत्मालाई यो भौतिक शरीरको बन्धनबाट बाहिर निकाल्ने | त्यो हाम्रो पहिलो चिन्ता हुनुपर्छ | तर जो केवल यो शरीरसँग चिन्तित छन्, तिनीहरु पशु, गाई र गधाभन्दा कम छैनन् | स एव गो-खरः (श्री भा १०|८४|१३) |