NE/Prabhupada 0551 - हाम्रा शिष्यहरुसँग राम्रो संग्लग्नता छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0551 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0550 - यो मृगतृष्णा पछि नदौडनुहोस्|0550|NE/Prabhupada 0552 - यो जन्म र मृत्युको पुनरावृत्ति कसरी रोक्ने - म विष पिउँदैछु|0552}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|pzNZyUze0Zk|हाम्रा शिष्यहरुसँग राम्रो संग्लग्नता छ<br />- Prabhupāda 0551}}
{{youtube_right|glHMMyK4LWs|हाम्रा शिष्यहरुसँग राम्रो संग्लग्नता छ<br />- Prabhupāda 0551}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681219-BG_part3_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681219-BG_part3_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:50, 29 January 2021



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: परं दृष्ट्वा निवर्तते (भ गी २|५९) | परम्, यदि तपाई राम्रो कुरा पाउनुहुन्छ, तपाई निच गुणको कुरा त्याग्नुहुन्छ | त्यो हाम्रो प्रकृति हो | जस्तै हाम्रा विद्यार्थीहरु, अमेरिकी विद्यार्थीहरु, तिनीहरु मांसभक्षणमा अभ्यस्त हुन्छन् | तर अहिले अर्को विद्यार्थी, उनी मिठाई तयार गर्दैछिन्, ईस्कन मिठाई, र तिनीहरु मांस-भक्षण बिर्सदै छन् | तिनीहरुलाई अहिले मांस-भक्षण मनपर्दैन | तिनीहरुको राम्रो संग्लाग्नता छ, मिठाई | (हाँसो) त्यसैगरी, यो तरिका हो | जब तपाई राम्रो संग्लग्नता पाउनुहुन्छ..... हामी आनन्द पछी लाग्दै छौं । आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १|१|१२) | हरेक जीव आनन्द पछी लाग्दै छ | त्यो उसको प्रकृति हो | तपाई रोक्न सक्नुहुन्न | यदि तपाई रोक्नुहुन्छ....जस्तै एक बच्चा केहि आनन्द पछी लाग्दै हुन्छ, उसले केहि तोड्दै हुन्छ, आनन्द | तर उसले....... उसले तोड्दै हुन्छ, तर उसले केवल त्यो तोड्नुमा आनन्द लिंदै हुन्छ | त्यसैगरी, यस भौतिक जगतमा आनन्द के हो भनेर हामीलाई थाहा छैन | हामी तोड्दै छौं र बनाउदै छौं | तपाइको देशमा मैले कैयां स्थानमा देखेको छु | राम्रा घरहरु ध्वस्त पारिन्छ, र फेरी, त्यहि स्थानमा अर्को घर उठाइन्छ | तपाई देख्नुहुन्छ ? तोड्ने र बनाउने | तोड्ने र..... "ओहो, यो घर पुरानो छ | यसलाई तोड |" उही बच्चा खेल | तपाई देख्नुहुन्छ ? केवल संग्लग्नता बर्बाद गर्ने, यस मानव रुपको अमुल्य समय | तोड्ने र बनाउने, तोड्ने र बनाउने | "यो गाडी बेकार छ | अर्को '६९ नमुना |" र हजारौं मानिसहरु त्यस '६९ नमुनामा संग्लग्न छन् | तपाई देख्नुहुन्छ ? त्यो के हो ? सारमा, तोड्ने र बनाउने, तोड्ने र बनाउने | बच्चा जस्तै | तपाई देख्नुहुन्छ ? त्यसैले जबसम्म कसैको राम्रो संग्लग्नता, कृष्ण भावना छैन, अवस्य पनि तिनीहरु यस तोड्ने र बनाउने, तोड्ने र बनाउनेमा संग्लग्न हुन्छ | बच्चा संग्लग्नता | परं दृष्ट्वा निवर्तते (भ गी २|५९) | र जहाँसम्म कृष्ण भावनाका हाम्रा विद्यार्थीहरु, तिनीहरु चौबिस घण्टाबाट दुई घण्टा धेरै पाउने प्रयासमा छन् | तिनीहरुसँग धेरै संग्लग्नता छ | त्यसैले जबसम्म कोहि कृष्ण भावनामा संग्लग्न हुँदैन, ऊ मायाको संग्लग्नतामा हुन्छ, उही कुरा | मानिसले यस्तो संग्लग्नता सराहना गर्छन,"ओहो, ऊ यति धनि मानिस छ | उसले त्यस्तो राम्रो घर ध्वस्त गर्यो र फेरी अर्को राम्रो घर निर्माण गर्यो |" त्यसैले, यो धेरै राम्रो भौतिक अनुमान हो, तर अध्यात्मिक अनुमानमा तिनीहरु केवल समय नाश गर्दै छन् | (गाउनुहुन्छ) हरि हरि बिफले जनम गोङाइनु, त्यो भजन | (गाउनुहुन्छ) मनुष्य​-जनम पाइया, राधा-कृष्ण ना भजिया, जानिया शुनिया बिष खाइनु | जानेर, उद्देश्य सहित, म विष पिउंदै छु | विष | किन विष ? यस अमुल्य मानव जीवन नाश गर्नु विष पिउनु जस्तै हो | जस्तै एक मानिसले विष पिउँछ | उसलाई थाहा छैन कि उसको अर्को जीवन के हो | ऊ एक भुत बन्दै छ | धेरै वर्षको लागि, उसको सजाय स्वरूप यस भौतिक शरीर हुँदैन | तपाईले देख्नुभएको छ ? गौरसुन्दरले हाम्रो ब्याक टू गडहेडमा एक भुत सम्बन्धि लेख लेखेका छन् | बेलायतमा, त्यो भुत जसे क्रोमवेलसँग लडाइँ गर्यो ? त्यहाँ अझै लडाइँ छ | रातमा, त्यहाँ लडाइँको आवाज हुन्छ | तपाई देख्नुहुन्छ ? त्यसैले विष भनेको यो मानव जीवन कृष्ण भावनामा हुने र भगवद धाम फर्कने मौका हो | तर यदि हामी यस कृष्ण भावनामा संग्लग्न हुँदैनौं, केवल तोड्ने र निर्माण गर्नेमा संग्लग्न हुन्छौं, तब हामी केवल विष पिउँछौं | त्यसको मतलब अर्को जीवनमा म जन्म र मृत्युको चक्रमा फालिनेछु जीवनको ८४,००,००० योनिमा, र मेरो जीवन बिग्रिन्छ | हामीलाई थाहा छैन कि कति लाख वर्षसम्म म यात्रा गर्नुपर्छ त्यस जन्म र मृत्युको चक्रमा | तसर्थ यो विष हो |