NE/Prabhupada 0557 - हरिदस ठाकुर जस्तै हाम्रो पनि कृष्ण भावनामा धेरै बलियो झुकाव हुनुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0557 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0556 - आत्म-साक्षात्कारको पहिलो बुझाइ, आत्मा शाश्वत हुन्छ|0556|NE/Prabhupada 0558 -हाम्रो स्थिति तटस्थ छ । कुनै पनि क्षणमा हामी पतन हुन सक्छौं|0558}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|COrsK7-9yDs|हरिदस ठाकुर जस्तै हाम्रो पनि कृष्ण भावनामा धेरै बलियो झुकाव हुनुपर्छ<br />- Prabhupāda 0557}}
{{youtube_right|50jLtYsqu6g|हरिदस ठाकुर जस्तै हाम्रो पनि कृष्ण भावनामा धेरै बलियो झुकाव हुनुपर्छ<br />- Prabhupāda 0557}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681219-BG_part9_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681219-BG_part9_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:51, 29 January 2021



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


तमाल कृष्ण: यो केवल बुझ्ने र तथ्य स्वीकार्ने विषय हो | खट्वाङ्ग​ महाराजले आफ्नो न्रित्युको केहि समय अघिमात्र कृष्णमा शरणागत भएर जीवनको यहि दिव्य अवस्था प्राप्त गरेका थिए | निर्वाण भनेको भौतिकवादी जीवनको प्रक्रिया अन्त्य गर्नु हो | बुद्धको दर्शन अनुसार, यस भौतिक जीवन पछी केवल शुन्यता छ | तर भगवाद गीताको शिक्षा यो भन्दा फरक छ | वास्तविक जीवन यस भौतिक जीवनको समाप्ति पछी सुरु हुन्छ | स्थुल भौतिकवादीको लागि यो भौतिक भौतिकवादी जीवन प्रक्रिया अन्त्य गर्नुपर्छ भन्ने जानु पर्याप्त हुन्छ | तर अध्यात्मिक हिसाबले विकसित मानिसका लागि, यस भौतिकवादी जीवन पछी अर्को जीवन छ | तसर्थ, आफ्नो जीवन समाप्त गर्नु अघि, यासु कोहि भाग्यवश कृष्ण भावानाभावित बन्छ, अवश्य पनि उसले ब्रह्म-निर्वाणको स्तर प्राप्त गर्छ | भगवानको राज्य र भगवानको भक्तिमय सेवामा कुनै अन्तर छैन | दुवै परम स्तरमा भएकाले, भगवानको दिव्य प्रेममय सेवामा संग्लग्न हुनु नै अध्यात्मिक राज्य प्राप्त गर्नु हो | भौतिक जगतमा इन्द्रियतृप्तिका गतिविधिहरु हुन्छन्, जबकी अध्यात्मिक जगतमा कृष्ण भावनाका गतिविधिहरु हुन्छन् | तसर्थ यस जीवनमा कृष्ण भावनाको प्राप्ति पनि तत्काल ब्रह्म-प्राप्ति हुन्छ, या जो कृष्ण भावनामा अवस्थित हुन्छ, ऊ अवश्य पनि पहिले नै भगवानको राज्य प्रवेश गरेको छ | श्रील भक्तिविनोद ठाकुरले भगवाद गीताको दोस्रो अध्याय संक्षेप रुपमा प्रस्तुत गर्नुभएको छ सम्पूर्ण गीताको सारको रुपमा | भगवद गीतामा, विषयहरु कर्म योग, ज्ञान योग छन्......."

प्रभुपाद: ज्ञान योग | तमाल कृष्ण: "......ज्ञान योग र भक्ति योग | दोस्रो अध्यायमा, कर्म योग र ज्ञान योग बारे स्पष्टसँग छलफल भएको छ, र भक्ति योगको एक झल्को पनि दिइएको छ | यसप्रकार श्रीमद भगवद गीता अन्तर्गत दोस्रो अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो |"

प्रभुपाद: धन्यवाद | कुनै प्रश्न ?

तमाल कृष्ण: म सधैं दोधारमा छु कि..... यहाँ भनिएको छ कि हरिदास ठाकुरजस्ता शुद्ध भक्त मायादेवीको प्रलोभनप्रति शिकार हुँदैनन्, तर ब्रह्माजी, शिवजी भने शिकार हुन् सक्नुहुन्छ | म सधैं सोच्थें कि उहाँहरु भगवानका शुद्ध भक्त हुनुहुन्छ |

प्रभुपाद: होइन | उहाँहरु शुद्ध भक्त हुनुहुन्छ, तर उहाँ हरु गुणावतार हुनुहुन्छ | जस्तै ब्रह्माजी यस भौतिक ब्रह्माण्डभित्र परम व्यक्तित्व हुनुहुन्छ | उहाँ सबै जीवका पिता हुनुहुन्छ | त्यसैले उहाँहरु...... अवश्य पनि, यदि हामी धेरै सुक्ष्म परिक्षण गर्छौं, हरिदास ठाकुर, भक्तिमा ब्रह्माजी भन्दा उच्च स्तरमा हुनुहुन्छ | उहाँलाई ब्रह्माजीको अवतार मानिए तापनि, ब्रह्मा हरिदास | त्यसैले हामी विचलित हुनुहुँदैन जब हामी देख्छौं ब्रह्माजी र शिवजी त्यस प्रकारले मोहित हुनुभयो | हामीले यो उपदेश लिनुपर्छ, कि यदि ब्रह्माजी, शिवजी कहिलेकाही मायाको शिकार बन्नुहुन्छ, हाम्रो के कुरा गर्ने ? तसर्थ हामी धेरै, धेरै सावधान हुनुपर्छ | ब्रह्माजी र शिवजीको स्तरमा पनि पतनको सम्भावना हुन्छ, साधारण मानिसको के कुरा गर्ने | तसर्थ हरिदास ठाकुर जस्तै कृष्ण भावनामा हाम्रो धेरै बियो झुकाव हुनुपर्छ | तब हामीले मायाको प्रलोभन धेरै सजिलै पार गर्न सक्नेछौं | त्यो बुझ्नुपर्छ | यो होइन कि "ब्रह्माजीले देखाउनुभयो कि," के भनिन्छ,"कमजोरी | उहाँ कमजोर हुनुहुन्छ वा उहाँ कम हुनुहुन्छ |" होइन | त्यो हाम्रो उपदेशको लागि हो |