NE/Prabhupada 0569 - "स्वामीजी, मलाई दिक्षा दिनुहोस् ।" म तत्काल भन्छु "तिमीले यी चार नियम पालन गर्नुपर्छ"

Revision as of 20:53, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Press Interview -- December 30, 1968, Los Angeles


हयग्रीव​: शंख |

पत्रकार: मलाई लाग्यो यो शोफ़र थियो |

प्रभुपाद: के हो त्यो ?

पत्रकार: शोफ़र |

प्रभुपाद: शोफ़र ?

पत्रकार: यहुदी भेडाको सिङ्ग |

प्रभुपाद: यो शंखको ध्वनि शुभ मानिन्छ | हो | वास्तवमा यो शंखको ध्वनि हो, हो | त्यसैले भगवानलाई प्रार्थना गरेपछि, हामी यो शंख बजाउँछौं |

पत्रकार: मलाई लाग्छ मैले वास्तवमा मुख्य प्रश्न सोधेको छु | मुख्य प्रश्न होइन, तर मैले जान्न चाहेको कुरा, फेरी, किन यो, र महऋषि जस्ता मानिस बारेमा, जसले मलाई र धेरै मानिसलाई धोका दिए | मेरी छोरी त्यस प्रकारको कुरामा केहि समयको लागि संग्लग्न थिइन् र उनी नराम्ररी भ्रमित छिन् |

प्रभुपाद: हो | मनोविज्ञान यो छ कि तपाईको मानिस, सबै पश्चिमी मानिसहरु, विशेषगरि युवावर्गहरु, तिनीहरु केहि पछी लालायित छन्, तपाई देख्नुहुन्छ ? तर कठिनाई यो छ कि.... म जस्तै | यदि कोहि आउँछ,"स्वामीजी, मलाई दिक्षा दिनुहोस् |" मैले तत्काल भन्नेछु कि "तिमीले यी चार नियम पालन गर्नुपर्छ," र ऊ टाढा जान्छ | र यो महऋषि, उसले केहि प्रतिबन्ध लगाएन, तपाईले देख्नुहुन्छ ? जस्तै एक चिकित्सक, यदि उसले भन्छ कि "तपाईले जे मन लाग्छ गर्न सक्नुहुन्छ | तपाई केवल मेरो औषधि लिनुहोस्, तपाईको उपचार हुनेछ |" त्यो चिकित्सक धेरै रुचाइनेछ | तपाई देख्नुहुन्छ ?

पत्रकार: हो | उसले धेरै मानिस मार्नेछ, तर ऊ धेरै रुचाइनेछ |

प्रभुपाद: हो | (हाँस्नुहुन्छ) र एक चिकित्सक जसले भन्छ,"ओहो, तपाईले यो गर्न सक्नुहुन्न, तपाईले यो गर्न सक्नुहुन्न, तपाईले यो खान सक्नुहुन्न," यो झन्झट हुन्छ | त्यसैले तिनीहरु केहि चाहन्छन् | त्यो तथ्य हो | तर उही समयमा, तिनीहरु त्यो धेरै सस्तोमा चाहन्छन् | तसर्थ ठगहरु आउँछन् र तिनीहरुलाई ठग्छन् | तिनीहरुले त्यो मौका लिन्छन् | "यी मानिसहरु ठगिन चाहन्छन | ओहो हामीले फाइदा लिऔं |" तपाई देख्नुहुन्छ | अन्यथा, तिनीहरुले सुझाव दिंदै छन् कि "तिमि भगवान हौ, सब भगवान हुन् | तिमि केवल आफुलाई साक्षात्कार गर, तिमीले बिर्सिसक्यौ | तिमी यो मन्त्र लिऊ र तिमि भगवान बन, र तिमी शक्तिशाली बन | तिमीलाई जे मन लाग्छ, तिमीले नियन्त्रण गर्नसक्छौ | र इन्द्रियको कुनै नियन्त्रण छैन | तिमीले पिउन सक्छौ, तिमीले खुला यौन जीवन बाँच्न सक्छौ र जे तिमीलाई मन लाग्छ |" मानिस यो रुचाउँछन् | "ओहो, केवल पन्ध्र मिनेटको ध्यानले म भगवान बन्नेछु, र मैले केब पैंतीस डलर तिर्नुपर्छ |" लाखौं मानिसहरु तयार हुनेछन्,"ओहो म गर्छु |" मेरो मतलब, तपाईको देशमा पैंतीस डलर केहि होइन..... तर त्यति, पैंतीस डलरलाई लाखले गुणन गर्दा, त्यो पैंतीस लाख डलर बन्छ | (हाँस्नुहुन्छ) र हामी यहाँ रुँदै छौं किनकि हामी गफ लगाउन सक्दैनौं | हामी भन्छौं कि यदि तपाई वास्तवमा चाहनुहुन्छ, तपाईले यी प्रतिबन्ध पालन गर्नुपर्छ | हामीले तपाइलाई अनुमति दिंदैनौं कि आदेश छ "तिमीले मार्नु हुन्न," र मैले भन्नेछु,"हो, तिमीले मार्न सक्छौ | पशुको भावना हुँदैन | पशुको आत्मा हुँदैन |" हामीले यस प्रकारले ठग्न सक्दैनौं | तपाई देख्नुहुन्छ |

पत्रकार: यसबारे यहि भयो, त्यो म जान्न चाहन्थें | यो एक लाज हो कि, जसरी म भन्छु, धेरै बच्चाहरुलाई मोडीदिएको छ, धेरै मोहभंग युवाहरु किनकि......

प्रभुपाद: त्यसैले कृपया हामीलाई मदत गर्ने प्रयास गर्नुहोस् | यो अभियान धेरै राम्रो छ | यसले मानवतालाई मदत गर्नेछ | यसले तपाईको देशलाई मदत गर्नेछ, सारा मानव समाजलाई | यो आधिकारिक अभियान हो, कुनै गफ छैन, केहि ठगि छैन | यो आधिकारिक छ | त्यसैले म तपाईलाई अनुरोध गर्छु किनकि.....

पत्रकार: कोबाट अधिकारप्राप्त ?

प्रभुपाद: कृष्णबाट अधिकारप्राप्त |

पत्रकार: के भारतमा प्रचार गर्नलाई राज्य वा मानिसद्वारा अधिकार दिने अंग छ वा... त्यो तपाईले यहाँ कसरी भन्न सक्नुहुन्छ ?

प्रभुपाद: त्यहाँ छैन किनकि भारतमा धेरै चर्चहरु छन्, र तिनीहरु धेरै साधु व्यक्ति मानिन्छन् | त्यसैले केवल शिष्य बन्न साधु व्यक्ति पर्याप्त प्रमाणपत्र हो | जस्तै तपाईको देशमा, विवाहलाई प्रमाणपत्र चाहिन्छ | भारतमा अझ पनि, कुनै प्रमाणपत्र छैन | केटा र केटि, तिनीहरुलाई बसाइन्छ, आफन्तजान अगाडी र पण्डित र वयोवृद्ध मानिस अगाडी | तिनीहरुलाई अर्पण गरिन्छ | म त्यो गर्दैछु | कुनै प्रमाणपत्र छैन | तर अझ पनि तिनीहरुको सम्बन्ध जीवनभर हुन्छ | प्रमाणपत्रले के गर्नेछ ? त्यस समारोह यति राम्रो हुन्छ, पत्नीले लिन्छिन् "जीवनको लागि मेरो पति" र पतिले पत्नीलाई लिन्छन्,"उनी मेरो जीवनको संगी हुन् |" तिनीहरु छुटिन सक्दैनन् | भारतमा प्रमाणपत्र जारि गरेको कुनै इतिहास छैन | तर अझ पनि, सम्बन्ध यति राम्रो हुन्छ, कि जीवनभर | अब, तिनीहरु पश्चिमी हुँदैछन्, विशेषगरी मलाई यो भन्न धेरै नराम्रो लाग्छ कि हाम्रा तथाकथित पश्चिमी भएका नेताहरु तिनीहरु यो हिन्दु न्याय ल्याउँदै छन्, यो विवाह प्रमाणपत्र, यो र त्यो | तर पहिले तिनीहरु अस्तित्वमा थिएनन् |