NE/Prabhupada 0575 - उनीहरुलाई अन्धकार र अज्ञानतामा राखिएको छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0575 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0574 - तपाईले स्वीकृति बिना कसैलाई मार्न सक्नुहुन्न । त्यो पाप हुन्छ|0574|NE/Prabhupada 0576 - विधि भनेको कसरी यी सब प्रवृत्तिलाई शुन्य बनाउने हुनुपर्छ|0576}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|NKiZ88e04rU|उनीहरुलाई अन्धकार र अज्ञानतामा राखिएको छ- Prabhupāda 0575}}
{{youtube_right|A80GMk2pw_Y|उनीहरुलाई अन्धकार र अज्ञानतामा राखिएको छ- Prabhupāda 0575}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/730825BG-LON_clip02.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730825BG-LON_clip02.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:54, 29 January 2021



Lecture on BG 2.19 -- London, August 25, 1973


त्यसैले न जायते न म्रियते वा कदाचित् | कदाचित् भनेको कुनै पनि समयमा, भुत, वर्तमान र भविष्य, कदाचित् | भुतमा, यो व्याख्या भइसक्यो, भुतमा हामी थियौं, हुनसक्छ भिन्न शरीरमा | वर्तमानमा, हामी छौं, र भविष्यमा पनि, हामी हुनेछौं, निरन्तर छौं, हुनसक्छ भिन्न शरीरमा | हुनसक्छ, हुँदैन | वास्तवमा | तथा देहान्तर​-प्राप्तिः (भ गी २|१३), किनकि यो शरीर छाडेपछि, हामीले अर्को शरीर स्वीकार्नुपर्छ | त्यसैले यो चल्दै छ, र अज्ञानता, आत्माको ज्ञान बिना, हामी अज्ञानतामा छौं | तथाकथि शिक्षा विधि, सारा संसार भरि, त्यस्तो कुनै शिक्षा छैन | उनीहरु अन्धकार र अज्ञानतामा राखिएका छन् र अझै पनि, यति धेरै पैसा खर्च भएको छ, विशेषगरि पश्चिमी राष्ट्रहरुमा | उनीहरुसँग पैसा छ, ठुलो, ठुलो, उच्च विद्यालय, तर उत्पादन के छ ? सब मुर्ख र धुर्तहरु | त्यति हो | किनकि उनीहरुलाई थाहा छैन | तिमीहरुलाई आत्माको ज्ञान छैन | र यो ज्ञान बिना...... ज्ञान भनेको आत्म-साक्षात्कार भनेको, कि "म यो शरीर होइन, म आत्मा हुँ |" त्यो ज्ञान हो | र कसरी खाने, कसरी सुत्ने, कसरी रक्षा गर्ने, कसरी यौन जीवनको आनन्द लिने ज्ञान, र पुस्तकक धेरै खण्ड यस विषयमा, यी ज्ञान होइनन् | यी बिरालो र कुकुरलाई पनि थाहा छ | बिरालो र कुकुर कहिल्यै फ्रायडको दर्शन पढ्दैनन्, तर तिनलाई थाहा छ कसरी यौन जीवनको आनन्द लिने | त्यसैले यो कुकुरको दर्शनले तपाईलाई मदत गर्नेछैन, कि "मसँग यो शरीर छ, र कसरी शारीरिक यौन जीवनको आनन्द लिने |" यो कुकुर दर्शन हो | कुकुरलाई यी सब कुरा थाहा छ | तपाईको दर्शन भनेको कसरी यौन जीवनबाट टाढा रहने हो | त्यो ज्ञान हो | तपो दिव्यम् (श्री भा ५|५|१) | तपस्या | यो मानव जीवन तपस्याको लागि हो, इन्द्रियतृप्तिबाट टाढा रहनको लागि | त्यो ज्ञान हो | यो होइन कि कसरी यौन जीवन वा इन्द्रियतृप्तिबाट आनन्द लिने | यो कुई शिक्षा बिना बिरालो र कुकुरलाई पनि थाहा छ, कुनै दर्शन बिना | यो दर्शन, प्रवृत्तिर् एषा भूतानां निवृत्तिस् तु महा-फला | प्रवृत्ति, सबै जीवको यो प्रवृत्ति छ, भनेको झुकाव | त्यो के हो ? इन्द्रिय आनन्द | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर् (श्री भा ११|५|११) | जन्तु: भनेको जीव | नित्य, सधैं, उसको झुकाव हुन्छ, व्यवायामिष​-मद्य​-सेवा | व्यवाय | व्यवाय भनेको यौन जीवन र आमिष भनेको मांस-भक्षण | व्यवाय आमिष​, मद्य​-सेवा, र नशा | यी सबै जीवको प्राकृतिक झुकाव हो, कमिलामा पनि यी झुकाव छन् | जसले पढेका छन्...... कमिलाहरु नशामा हुन धेरै रुची राख्छन् | तसर्थ, उनीहरु गुलियो खोज्छन्, चिनी | गुलियो नशा हो | तपाईलाई थाहा होला, सबै | रक्सि चिनीबाट बनाइन्छ | चिनीलाई एसिड, सल्फरिकसँग फर्मेंट गरिन्छ, अनि त्यसलाई छानिन्छ | त्यो रक्सि हो | तसर्थ धेरै गुलीयो खान प्रतिबन्धित छ |