NE/Prabhupada 0577 - तथाकथित दार्शनिक, वैज्ञानिक, सबैजना, धूर्त, मूर्ख - तिनीहरुलाई अस्वीकार गर्नुपर्छ

Revision as of 20:54, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.19 -- London, August 25, 1973


जसरी कृष्ण सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५।१) हुनुहुन्छ, उहाँ दिव्य रुपको हुनुहुन्छ, शाश्वत रुप, ज्ञानले पूर्ण, आनन्दले पूर्ण, त्यसैगरी हामी पनि, सुक्ष्म भए तापनि, उही गुणको | तसर्थ भनिन्छ, न जायते | यो समस्या, यो धुर्त सभ्यता, तिनीहरु बुझ्न सक्दैनन्, कि म शाश्वत छु, म यो जन्म र मृत्युको स्थितिमा परेको छु | कुनै धुर्तले बुझ्दैन | तथाकथित दार्शनिक, वैज्ञानिक, सबै, तसर्थ धुर्त, मुर्ख | तिनीहरुलाई उपेक्षा गर्नुहोस् | तत्काल तिनीहरुलाई उपेक्षा गर्नुहोस् | त्यो कठिन गरि कार्य गर्ने | उही, नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५।५।४) | जस्तै पागलले कार्य गर्छ | पागलको कार्यको के मूल्य हुन्छ ? यदि ऊ सारा दिन र रात व्यस्त छ, म धेरै व्यस्त छ | त्यसोभए तपाई के हो महाशय ? तपाई पागल हो | तपाईको दिमाग खुस्केको छ, पागल | तपाईको कार्यको के मूल्य भयो ? तर यो चल्दै छ | त्यसैले कृष्ण भावना, तपाई केवल कल्पना गर्नुहोस् यो अभियान कति महत्वपूर्ण छ | यो मानव समाजको लागि उत्कृष्ट कल्याण गतिविधि हो | तिनीहरु सब मुर्ख र धुर्त हुन्, र तिनीहरुसँग कुनै ज्ञान छैन, आफ्नो संवैधानिक स्थितिबाट अज्ञात, र तिनीहरु दिन-रात अनावश्यक कार्य गर्दैछन् | तसर्थ तिनीहरुलाई भनिएको छ, मुढ | मुढ भनेको गधा | गधाले थोरै घाँसको लागि दिन-रात धोबीको लागि कार्य गर्छ | घाँस सबैतिर उपलब्ध छ, तर उ, तब पनि, उसले सोच्छ कि "यदि म धोबीको लागि काम गर्दिनँ भने, धेरै कठिन, मैले यो घाँस पाउँदिन |" यसलाई भनिन्छ गधा | तसर्थ, जब जोही ज्ञान हाँसिल गर्न बुद्धिमान हुन्छ..... ऊ बिस्तारै बुद्धिमान बन्छ | सर्वप्रथम ब्रह्मचारी | तब, यदि ऊ ब्रह्मचारी रहन सक्दैन, ठिक छ, एक श्रीमती लिऊ, गृहस्थ | अनि त्याग, वानप्रस्थ | अनि सन्यास लिऊ | यो विधि हो | मुढ, तिनीहरु दिन-रात इन्द्रियतृप्तिको लागि कार्य गर्छन् | तसर्थ, जीवनको एक अवधिमा, मुर्ख्याईं त्याग्नुपर्छ र सन्यास लिनुपर्छ | होइन, सकियो | त्यो सन्यास हो | अब जीवनको यो अंश पूर्णत: कृष्णको सेवाको लागि हुनुपर्छ | त्यो वास्तविक सन्यास हो | अनाश्रितः कर्म​-फलं कार्यं कर्म करोति यः (भ गी ६|१) | कृष्णको सेवा गर्नु मेरो कर्तव्य हो, म नित्य दास हुँ.... कार्यम् | मैले गर्नुपर्छ, मैले कृष्णको सेवा गर्नुपर्छ | त्यो मेरो स्थिति छ | त्यो सन्यास हो | अनाश्रितः कर्म​-फलं कार्यं कर्म करोति यः | कर्मीहरु, तिनीहरु इन्द्रियतृप्तिको लागि केहि राम्रो नतिजा आशा गर्दैछन् | त्यो कर्मी हो | र सन्यासी भनेको..... तिनीहरु पनि धेरै मेहेनत गर्दै छन्, तर इन्द्रियतृप्तिको लागि होइन | कृष्णको सन्तुष्टिको लागि | त्यो सन्यास हो | यो हो सन्यास र कर्मी | कर्मी पनि धेरै मेहेनत गर्दैछ, कठिन र कठिन, तर यो सब आमिष​-मद​-सेवाको लागि हो | आमिष​-मद​-सेवा | व्यवाय, केवल यौन जीवन, मांस-भक्षण र नशाको लागि | र भक्तले पनि उही तरिकाले कार्य गर्छन्, कठिन, तर कृष्णको सन्तुष्टिको लागि | यो भिन्नता छ | र यदि तपाई, आफ्नो जीवन समर्पित गर्छ, यसरी, अझै इन्द्रियतृप्ति नगर्ने, केवल कृष्णको लागि, तब तपाई यो स्थितिमा आउनुहुन्छ, न जायते, अझै मृत्यु हुँदैन, अझै जन्म हुँदैन | किनकि तपाईको स्थिति न जायते न...... त्यो तपाईको वास्तविक स्थिति हो | तर किनकि तपाई अज्ञानतामा हुनुहुन्छ, प्रमत्त:, तपाई पागल बन्नुभएको छ, तपाई उन्मत्त हुनुभएको छ, तसर्थ तपाईले इन्द्रियतृप्तिको विधि लिनुभएको छ | तसर्थ तपाई भौतिक शारिरमा बद्ध हुनुहुन्छ, र शरीर परिवर्तन हुँदै छ | त्यसलाई भनिन्छ जन्म र मृत्यु |