NE/Prabhupada 0630 - शोक गर्नुपर्ने कुनै कारण छैन, किनकि आत्मा विद्यमान रहनेछ

Revision as of 21:03, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.28 -- London, August 30, 1973


भक्त: अनुवाद: "सुरुवातमा सबै जीवहरु अव्यक्त अवस्थामा हुन्छन्, मध्ये अवस्थामा व्यक्त हुन्छन्, र तिनीहरुको विनाश भएपछी पुन: अव्यक्त अवस्थामा हुन्छन् | त्यसैले यसमा शोक गर्नुपर्ने के आवश्यकता छ ?"

प्रभुपाद: आत्मा शाश्वत छ | त्यसैले केहि छैन, शोक गर्नुपर्ने कुनै कारण छैन, किनकि आत्मा रहनेछ | शरीर नाश भएपछि पनि, शोक गर्नुपर्ने कुनै कारण छैन | र जो विश्वास गर्दैनन् कि "आत्मा छैन; सबै कुरा सुरुवातमा शुन्य थियो....." सुरुवातमा शुन्य थियो र मध्य अवस्थामा यो व्यक्त हुन्छ | अनि फेरी शुन्य हुन्छ | त्यसैले शुन्यदेखि शुन्यसमा, कहाँ शोक छ ? यो तर्क कृष्णले दिंदै हुनुहुन्छ | दुवै तरिकाबाट तपाईले शोक गर्न सक्नुहुन्न | अनि ?

प्रद्युम्न: (तात्पर्य) "यदि तर्कको लागि, हामीले नास्तिक सिद्धान्त मान्छौं, तब पनि शोक गर्नुपर्ने कुनै कारण छैन | आत्माको फरक अस्तित्वबाहेक, भौतिक तत्त्व सृष्टिभन्दा अघि अव्यक्त हुन्छन् | यो अव्यक्त अवस्थाको सुक्ष्म स्थितिबाट व्यक्त अवस्था आउँछ | जस्तै आकाशबाट हावा उत्पन्न हुन्छ; हावाबाट आगो उत्पन्न हुन्छ; आगोबाट पानी उत्पन्न हुन्छ; र पानीबाट पृथ्वी व्यक्त हुन्छ | पृथ्वीबाट विविध किसिमका व्यक्त अवस्था....."

प्रभुपाद: यो सृष्टिको प्रक्रिया हो | आकाशबाट हावा, अनि आगो, अनि पानी, अनि पृथ्वी | यो सृष्टिको प्रक्रिया हो | भन | प्रद्युम्न: "उदाहरणको लागि एउटा ठुलो गगनचुम्बी पृथ्वीबाट व्यक्त हुन्छ | जब यो भत्काइन्छ, यो अभिव्यक्ति फेरी अव्यक्त हुन्छ र अन्तिम अवस्थामा अणुको रुपमा रहन्छ | शक्ति संरक्षणको नियम रहन्छ, तर समय अनुसार वस्तुहरु प्रकट वा अप्रकट हुन्छन् | त्यो भिन्नता छ | तब प्रकट वा अप्रकट कुनै पनि अवस्थामा शोक गर्नुपर्ने के आवश्यकता छ ? कुनै तरिकाले, अव्यक्त अवाथामा पनि, वस्तुहरु हराउँदैनन् | दुवै सुरुवातमा र अन्त्यमा सबै तत्त्व अव्यक्त रहन्छन्, र मध्यमा मात्र तिनीहरु व्यक्त हुन्छन्, र यसले वास्तविक रुपमा कुनै भौतिक भिन्नता सिर्जना गर्दैन | र यदि हामी भगवद गीतामा बताइएको अनुसार वैदिक निष्कर्ष (अन्तवन्त इमे देहाः) स्वीकार्छौं कि यी भौतिक शरीरहरु केहि समयमा नाशवान छन् (नित्यस्योक्ताः शरीरिणः) तर आत्मा शाश्वत छ, तब हामीले सधैं स्मरण गर्नुपर्छ कि शरीर वस्त्र जस्तै छ | तसर्थ शरीरको परिवर्तनमा किन शोक गर्ने ? भौतिक शरीरको आत्माको सम्बन्धमा कुनै वास्तविक अस्तित्व हुँदैन | यो सपना जस्तै हो | सपनामा हामी आकाशमा उडेको वा राजा भएर रथमा बसेको सोच्न सक्छौं, तर जब हामी उठ्छौं, हामीले देख्छौं कि हामी न आकाशमा छौं न रथमा अवस्थित छौं | वैदिक ज्ञानले भौतिक शरीरको अस्तित्वविहिनताको आधारमा आत्मा साक्षात्कारलाई प्रोत्साहन दिन्छ | तसर्थ कुनै पनि स्थितिमा, कसैले आत्माको अस्तित्वमा विश्वास गर्छ वा गर्दैन, शरीरको नाशको लागि शोक प्रकट गर्नुपर्ने कुनै कारण छैन |"