NE/Prabhupada 0629 - हामी भिन्न पहिरनमा भगवानका भिन्न पुत्र हौँ



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले कृष्ण भावनाभावित हुन, हामीले तीन कुरा मात्र बुझ्नुपर्छ: भोक्तारं यज्ञ​-तपसां, सर्व​ऌओक​-महेश्वरम्, सुहृदं सर्व​-भूतानां, ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) हामी सबजना खुसी, सन्तुष्ट हुने प्रयास गर्दैछौं | त्यो जीवनको लागि संघर्ष हो | तर यदि हामी यी तीन सिद्धान्त बुझ्छौं, कि भगवान परम पिता हुनुहुन्छ, भगवान परम मालिक हुनुहुन्छ, भगवान परम मित्र हुनुहुन्छ, यी तीन कुराहरु, यदि तपाईले बुझ्नुहुन्छ तब तपाई तत्काल शान्त हुनुहुन्छ | तत्काल | तपाई मदतको लागि साथि खोज्दै हुनुहुन्छ, धेरै | तर यदि हामी केवल भगवान, कृष्णलाई मित्र, परम मित्रको सुपमा स्वीकार्छौं, तपाईको मित्रताको समस्याको समाधान हुन्छ | त्यसैगरी, यदि हामी भगवानलाई परम मालिकको रुपमा स्वीकार्छौं, तब हाम्रो अरु समस्याको समाधान हुन्छ | किनकि हामी भगवानको सम्पतिमा झुठो स्वामित्व दाबि गर्दैछौं | झुटो रुपमा दाबि गर्दै कि "यो जमिन, यो अमेरिकाको जमिन, अमेरिकीको हो; यो अफ्रीकाको जमिन अफ्रिकीको हो |" होइन | हरेक जमिन भगवानको हो | हामी भिन्न पहिरनमा भगवानका हिन्न पुत्र हौँ | हामीसँग भगवानको सम्पति अर्को अधिकारमा हस्तक्षेप नगरी प्रयोग गर्ने अधिकार छ | जस्तै मेरो परिवारमा, हामी बस्छौं, धेरै दाजुभाईहरु | त्यसैले जे पिता, माताले हामीलाई खान दिनुहुन्छ, हामी खान्छौं | हामी अरुको थालमा अतिक्रमण गर्दैनौं | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी भगवान भावनाभवित, कृष्ण भावनाभवित हुन्छौं, तब संसारको सम्पूर्ण समस्या - समाजशास्त्र, धर्म, अर्थ, राजनीति- सबैको समाधान हुन्छ | त्यो तथ्य हो | तसर्थ हामी यो कृष्ण भावनामृत अभियान मानव समाजको पूर्ण फाइदाको लागि फैलाउने प्रयास गर्दैछौं | हामी बुद्धिमान मानिसहरुलाई अनुरोध गर्छौं, विशेषगरि विद्यार्थी वर्ग, यो अभियानमा जोडिन, वैज्ञानिक रुपले यो अभियान के हो बुझ्ने प्रयास गर्न | हामीसँग धेरै पुस्तक छन्, कम्तिमा दुई दर्जन पुस्तक, ठुला, ठुला खण्डका | तपाईले ती पढ्न सक्नुहुन्छ, तपाई यो अभियान बुझ्ने प्रयास गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुन्छ |

धेरै धेरै धन्यवाद |

हरे कृष्ण | (दर्शक ताली बजाउँदै)