NE/Prabhupada 0672 - जब तपाई कृष्ण भावनामा रहनुहुन्छ, तपाईको पक्का छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0672 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0671 - आनन्द भनेको दुईजना - कृष्ण र तपाई|0671|NE/Prabhupada 0673 - एउटी भंगेरी समुद्र सुकाइदिन प्रयासरत छिन् । यसलाई दृढता भनिन्छ|0673}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|oxK7rd4AroM|जब तपाई कृष्ण भावनामा रहनुहुन्छ, तपाईको पक्का छ- Prabhupāda 0672}}
{{youtube_right|_9xTQHO_9L8|जब तपाई कृष्ण भावनामा रहनुहुन्छ, तपाईको पक्का छ- Prabhupāda 0672}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690217BG-LA_Clip6.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690217BG-LA_Clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:10, 29 January 2021



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: "यो यो नि:सन्देह भौतिक संसर्गबाट उत्पन्न हुने समस्त दु:खहरुबाट हुने वास्तविक मुक्ति हो | यो योग दृढता र अविचलित हृदयले अभ्यास गर्नुपर्छ | चौबिस: एक मानिसले योगको अभ्यास अविचलित दृढता र श्रद्धापुर्वक गर्नुपर्छ | उसले कुनै अपवाद बिना, अहंकारबाट उत्पन्न सबै भौतिक इच्छाहरु त्याग्नुपर्छ, र तसर्थ समस्त इन्द्रियहरुलाई मनद्वारा नियन्त्रण गर्नुपर्छ (भ गी ६|२४) | तात्पर्य: योगाभ्यास गर्नेले दृढ संकल्प लिएर विचलित नभई धैर्यपुर्वक योगको अभ्यासमा अग्नुपर्छ |"

प्रभुपाद: अब, यो दृढता वास्तवमा अभ्यास गर्न सकिन्छ, वा वास्तवमा प्राप्त गर्न सकिन्छ, जो यौन जीवनमा संग्लग्न छैन | उसको दृढता बलियो हुन्छ | तसर्थ सुरुवातमा भनिएको थियो कि "यौन जीवन बिना," दृढता | वा नियन्त्रित यौन जीवन | यदि तपाई यौन जीवनमा संग्लग्न हुनुहुन्छ तब यो दृढता आउनेछैन | व्चालित दृढता, तपाई देख्नुहुन्छ ? तसर्थ यौन जीवन नियन्त्रण गर्नुपर्छ वा त्याग्नुपर्छ | यदि यो सम्भव छ, पूर्ण रुपले त्याग्ने- यदि सकिंदैन, नियन्त्रित | तब तपाईले दृढता प्राप्त गर्नुहुन्छ | किनकि यो दृढता शारीरिक कार्य हो | यी विधिहरु हुन् कसरी दृढता प्राप्त गर्ने | अघि बढ |

भक्त: "एक साधक अन्त्यमा सफलता प्राप्त गर्न पूर्ण विश्वस्त हुनुपर्छ र उसको बाटोमा दृढताका साथ लाग्नुपर्छ, सफलता प्राप्तिमा कुनै विलम्ब भए पनि निरुत्साहित नभई |"

प्रभुपाद: दृढता भनेको यो हो कि एक मानिस धैर्यता र अटलतासँग निरन्तर लाग्नुपर्छ | मैले इच्छा गरेको नतिजा मैले प्राप्त गरेको छैन | "ओहो, यो कृष्ण भावना के हो, म त्याग्छु |" होइन | दृढता | यो तथ्य हो | किनकि कृष्णले भन्दै हुनुहुन्छ कि यो हुनुपर्छ | एउटा राम्रो उदाहरण छ | कि एक युवतीको एक पतिसँग विवाह हुन्छ | उनी बच्चा पाउन चाहन्छिन् | यदि उनले सोच्छिन् कि "अहिले म विवाहित छु, मैले तात्का ल्बच्चा पाउनुपर्छ |" के यो सम्भव छ ? धैर्यता राख्नुहोस् | तपाई इमान्दार श्रीमती बन्नुपर्छ, पतिको सेवा गर्नुपर्छ, र प्रेम बढ्न दिनुहोस्, र किनकि तपाई पति र पत्नी हुनुहुन्छ, यो पक्का छ कि तपाईको बच्चा हुनेछ | तर अधीर नहुनुहोस् | त्यसैगरी, जब तपाई कृष्ण भावनामा हुनुहुन्छ, तपाईको पूर्णता पक्का छ | तर तपाईसँग धैर्यता, दृढता हुनुपर्नेछ | कि "मैले सम्पन्न गर्नुपर्छ | म अधीर हुनुहुन्न | त्यो अधीर प्रवृत्ति दृढताको कमीले हो | र त्यो दृढताको कमी कसरी हुन्छ ? अत्यधिक यौन जीवनको कारणले | यी सब परिणाम हुन् | अघि बढ |

भक्त: अविचलित भएर अभ्यास गर्नेको सफलता पक्का छ | भक्ति योग सम्बन्ध, रुप गोस्वामीले भन्नुहुन्छ, 'भक्ति-योगको विधि उत्साह, धैर्यता र दृढताका साथ सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ, भक्तको सङ्गमा निर्धारित कर्तव्यहरुको पालन गरेर र आफुलाई पूर्णत: सतो गुणका कार्यहर्य्मा संग्लग्न गरेर |'"

प्रभुपाद: अघि बढ |