NE/Prabhupada 0671 - आनन्द भनेको दुईजना - कृष्ण र तपाई



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: "यसमा मानिसले शुद्ध मनले आफैंलाई देख्न सक्छ, स्वाद लिनसक्छ र आफैंमा आनन्दित हुनसक्छ...."

प्रभुपाद: शुद्ध मन | यो शुद्ध मन हो | शुद्ध मन भनेको आफुलाई बुझ्नु कि "म कृष्णको हुँ |" यो शुद्ध मन हो | मन, वर्तमान समयमा मेरो मन संक्रमित छ | किन ? म सोच्दैछु कि म यसको हुँ, म त्यसको हुँ, म यसको हुँ | तर जब मेरो मन एकाग्र छ,"म कृष्णको हुँ |" त्यो मेरो पूर्णता हो | हो |

भक्त: "र आफुमा आनन्दित हुने र स्वाद लिने | त्यस आनन्दित स्थिति एक मानिस अनन्त स्थितिमा अवस्थित हुनुहुन्छ......"

प्रभुपाद: आफुमा आनन्दित भनेको कृष्ण परमात्मा हुनुहुन्छ | योग-अभ्यास | म व्यक्तिगत हुँ | जब म विष्णु, परमात्मामा समाधिमा हुन्छु, त्यो मेरो मनको स्थिरता हो | त्यसैले परमात्मा र आत्मा, कहिले उनीहरु आनन्द लिन्छन् | आनन्द एक्लै हुन सक्दैन | दुई हुनुपर्छ | के तपाईले आनन्द एक्लै लिएको अनुभव छ ? छैन | त्यसैले एक्लै आनन्द लिन सम्भव छैन | आनन्द भनेको दुई- कृष्ण र तपाई | परमात्मा र व्यक्तिगत आत्मा | त्यो तरिका हो | तपाईले एक्लै आनन्द लिन सक्नुहुन्न, त्यो तपाईको स्थिति होइन | अघि बढ |

भक्त: .....एक मानिस अनन्त दिव्य सुखमा अवस्थित हुन्छ, र आफुलाई दिव्य इन्द्रियको माध्यमबाट आफैं आनन्द लिन्छ | यसरी अवस्थित भएपछी, कहिल्यै पनि सत्यबाट मोदिदैंन र यो प्राप्त गरेपछि, उसले सोच्छ कि कुनै ठुलो फाइदा छैन | यस्तो अवस्थामा अवस्थित भएपछी, कोहि पनि ठुला ठुला समस्याहरुमा पनि विचलित हुँदैन | यो....

प्रभुपाद: ठुलो कठिनाईमा पनि | यदि तपाई विश्वस्त हुनुहुन्छ, कि "म कृष्णको अंश हुँ," तब तपाईको जीवनमा सबभन्दा कठिन अवस्था आएपनि, त्यो शरणागत हुन्छ | तपाईलाई थाहा छ कृष्णले सुरक्षा दिनुहुन्छ | तपाई आफ्नो पुरा दिनुहोस्, तपाई आफ्नो बुद्धि प्रयोग गर्नुहोस्, तर कृष्णमा विश्वास गर्नुहोस् | बालस्य नेह पितरौ नृसिंह (श्री भा ७|९|१९) | यदि कृष्णले उपेक्षा गर्नुहुन्छ, कुनै अरु उपायले तपाईको रक्षा गर्नेछैन | कुनै अरु तरिकाले तपाईको मदत गर्नेछैन | नसोच्नुहोस्.... मानौं कोहि रोगि छ | धेरै दक्ष चिकित्सकले उसको उपचार गर्दैछन् | राम्रो औषधि दिइएको छ | के त्यो उसको जीवनको लागि आश्वासन हो ? होइन | त्यो आश्वासन होइन | यदि कृष्णले उपेक्षा गर्नुहुन्छ, यी सब राम्रा चिकित्सक र औषधि भए पनि ऊ मर्नेछ | र यदि कृष्णले उसको रक्षा गर्नुहुन्छ, उसको कुनै दक्ष उपचार नभए पनि, ऊ अझै बाँच्नेछ | त्यसैले जो कृष्णमा एकाग्र हुन्छ, पूर्ण शरणागत..... र शरणागतको एउटा अवस्था यो हो कि कृष्णले मलाई रक्षा गर्नुहुन्छ | तब तपाई खुसी हुनुहुन्छ | जस्तै एउटा बच्चा | ऊ आफ्ना परिवारमा पूर्ण शरणागत हुन्छ र ऊ विश्वस्त छ कि "मेरा पिता त्यहाँ हुनुहुन्छ, मेरी आमा त्यहाँ हुनुहुन्छ |" त्यसैले ऊ खुसी हुन्छ | कदाहम् ऐकान्तिक नित्य किङ्करः (स्तोत्र रत्न ४३) | यदि तपाईलाई थाहा छ कि कोहि छ जो मेरो संरक्षक हुनुहुन्छ, जो मेरो रक्षक हुनुहुन्छ, के तपाई धेरै खुसी हुनुहुन्छ ? तर यदि तपाई आफैंले सब गर्नुहुन्छ, तपाईको जिम्मेवारीमा, के तपाई खुसी हुनुहुन्छ ? त्यसैगरी, यदि तपाई कृष्ण भावनामा आश्वस्त हुनुहुन्छ कि "कृष्णले मलाई सुरक्षा दिनुहुन्छ" र यदि तपाई कृष्णप्रति सत्य हुनुहुन्छ, त्यो खुसीको स्तर हो | तपाई अन्य रुपले खुसी हुनुहुनेछ | त्यो सम्भव छैन | एको बहूनां विदधाति कामान् (कठ उपनिषद् २|२|१३) | त्यो तथ्य छ | तपाईको विद्रोही अवस्थामा पनि कृष्णले तपाईलाई सुरक्षा दिनुहुन्छ | कृष्णको सुरक्षा बिना तपाई एक सेकेन्ड पनि बाँच्न सक्नुहुन्न | उहाँ यति कृपालु हुनुहुन्छ | तर जब तपाईले स्विकार्नुहुन्छ, जब तपाईले चिन्नुहुन्छ, तब तपाई खुसी हुनुहुन्छ | अहिले. कृष्णले तपाईलाई सुरक्षा दिनुहुन्छ तर तपाईलाई यो थाहा छैन किनकि तपाईले आफ्नो जोखिममा आफ्नो जीवन लिनुभएको छ | तसर्थ उहाँले तपाईलाई स्वतन्त्रता दिनुभएको छ,"ठिक छ, तिमीलाई जे मन लाग्छ गर | सम्भव भएसम्म मैले तिमीलाई सुरक्षा दिनेछु |" तर जब तपाई पूर्ण शरणागत हुनुहुन्छ, सबै जिम्मा कृष्णलाई हो | त्यो विशेष छ | त्यो विशेष सुरक्षा हो | जस्तै एक पिता | जुन बच्चा हुर्किएको छ, उसले आफ्नो पिताको मतलब गर्दैन, ऊ स्वतन्त्र कार्य गर्छ | पिताले के गर्न सक्छन् ? "ठिक छ, तिमीलाई जे मन लाग्छ, गर |" तर जुन बच्चा पिताको पूर्ण संरक्षणमा छ, उसले धेरै खल गर्छ | तपाईले पाउनुहुनेछ कि त्यो भगवद गीतामा वर्णित छ: समो ऽहं सर्व​-भूतेषु (भ गी ९|२९) | "म सबप्रति समान छु |" न मे द्वेष्यः "कोहि मेरो शत्रु होइन |" उहाँ कसरी शत्रु हुन सक्नुहुन्छ ? सबजना कृष्णका पुत्र हुनुहुन्छ | ऊ कृष्णको शत्रु कसरी बन्न सक्छ ? ऊ पुत्र हो | त्यो सम्भव छैन | उहाँ सबैको मित्र हुनुहुन्छ | तर हामीले उहाँको मित्रताको फाइदा लिएका छैनौं | त्यो हाम्रो रोग हो | उहाँ सबैको मित्र हुनुहुन्छ | समो ऽहं सर्व​-भूतेषु | तर जसले चिनेको छ, उसले बुझ्न सक्छ कि "कृष्णले मलाई त्यस प्रकारले मदत गर्नुहुन्छ |" यो खुसीको बाटो हो | अघि बढ |