NE/Prabhupada 0676 - मनद्वारा नियन्त्रित हुनु भनेको इन्द्रियद्वारा नियन्त्रित हुनु

Revision as of 21:11, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


विष्णुजन: श्लोक छब्बीस: "जेबाट र जहाँबाट मन डुल्छ, उसको अस्थिर र विचलित प्रकृतिको कारणले, एक मानिसले निश्चीत रुपमा यसलाई तान्नुपर्छ र आत्माको नियन्त्रणमा ल्याउनुपर्छ (भ गी ६|२६) |"

प्रभुपाद: यो विधि छ | यो योग विधि हो | मानौं तपाई कृष्णमा आफ्नो मन एकाग्र गर्ने प्रयासमा हुनुहुन्छ, र तपाईको मन मोडिन्छ, कहिँ जाँदै, कुनै सिनेमाघरमा | तपाईले तान्नुपर्छ,"त्यहाँ होइन, कृपया यहाँ |" यो योगको अभ्यास हो | मनलाई कृष्ण बाट टाढा जान नदिने | यदि तपाई सक्नुहुन्छ, यो अभ्यास गर्नुहोस् | आफ्नो मन लाई कृष्णबाट टाढा जान नदिनुहोस् | र किनकि हामीले आफ्नो मन एकाग्र गर्न सक्दैनौं, एक स्थानमा बसेर, कृष्णमा...... त्यसलाई धेरै उच्च तालिम चाहिन्छ | एउटा स्थानमा बस्न, र सधैं कृष्णमा मन एकाग्र गराउन, मन, त्यो धेरै सजिलो कार्य होइन | जो यसको अभ्यास गर्दैन, यदि उसले केवल अनुकरण गर्छ, तब ऊ भ्रमित हुनेछ | हामीले आफुलाई कृष्ण भावनामा सधैं संग्लग्न गराउनुपर्छ | सबै कुरा कृष्णसँग मिलाएर गर्नुपर्छ | हाम्रा सामान्य गतिविधिहरु यसरि मोड्नुपर्छ कि यी सब कृष्णको लागि गर्नुपर्छ | तब तपाईको मन कृष्णमा एकाग्र हुन्छ | कृत्रिम रुपमा, जब तपाई विकसित हुनुहुँदैन, यदि तपाईले कृष्णमा आफ्नो मन एकाग्र हुन्छ, त्यो योग अभ्यास जुन यहाँ सिफारिश गरिएको छ, कि तपाई यस प्रकारले बस्नुपर्छ, सिधा, तपाईले आफ्नो आँखा नाकको टुप्पोमा एकाग्र गर्नुपर्छ, एउटा एकान्त स्थानमा....... तर यी मौकाहरु कहाँ छन् ? वर्तमान समयमा, यी सब सुविधाहरुको सुविधा कहाँ छ ? तसर्थ यो केवल विधि छ | कि तपाई ठुलो स्वरले जप्नुहोस् र सुन्नुहोस् | हरे कृष्ण | यदि तपाईको मन अरु कुराहरुमा छ, यो "कृष्ण" ध्वनिमा एकाग्र हुन बाध्य हुन्छ | तपाईले मनलाई अरु कुराबाट तान्नु पर्दैन, स्वत: यो तानिनेछ किनकि त्यहाँ आवाज छ | (सँगै गाडीको आवाज आउँछ) जस्तै गाडीको आवाज आउँदैछ | स्वत: तपाईको ध्यान त्यहाँ मोडिन्छ | त्यसैगरी यदि हामी कृष्ण जप्छौँ, स्वत: मेरो मन एकाग्र हुन्छ | अन्यथा म मेरो मन धेरै कुराहरुमा एकाग्र गर्न अभ्यस्त छु | त्यसैले योग-अभ्यास भनेको मनलाई तान्नु र कृष्णमा एकाग्र पार्नु | त्यसैले जपको तरंगले त्यस योग अभ्यासमा स्वत: मदत गर्छ | अघि बढ |

विष्णुजन: "तत्पर्य: मनको प्रकृति अस्थिर र विचलित छ | तर एक आत्मानुभूति गरेको योगीले आफ्नो मन नियन्त्रण गर्नुपर्छ; मनले उसलाई नियन्त्रण गर्नुहुँदैन |"

प्रभुपाद: हो | त्यो योगको सफलता हो | वर्तमान समयमा मनले मलाई नियन्त्रण गर्दैछ, गो-दास | मनले मलाई निर्देशन दिंदैछ कि "कृपया किन त्यस राम्री स्त्रीलाई नहेर्ने," र म जान्छु र......."किन त्यो राम्रो रक्सि नपिउने ?" "हुन्छ |" "किन चुरोट नपिउने ?" "हुन्छ |" "किन राम्रो रेस्टुरेन्टमा नजाने ?" "किन यो नगर्ने ?" धेरै कुराहरुले निर्देशन गर्दैछन्, र हामी पालन गर्दैछौं | त्यसैले वर्तमान अवस्था...... म मनद्वारा नियन्त्रित छु | भौतिक जीवन भनेको एक मानिस मन वा इन्द्रियद्वारा नियन्त्रित छ | मन सम्पूर्ण इन्द्रियको केन्द्र हो | त्यसैले मनबाट नियन्त्रित हुनु भनेको इन्द्रियबाट नियन्त्रित हुनु हो | इन्द्रिय मालिक, मनको अधिनका सेवक हुन् | मालिक मनले निर्देशन गर्छ,"जाऊ र त्यो हेर |" मेरो आँखाले हेर्छ | तासर्थ मेरा आँखा, इन्द्रिय आँखा मनको निर्देशनमा छ | मेरा खुट्टाहरु जान्छन् | तसर्थ मेरो इन्द्रिय अंग, खुट्टा, मनको निर्देशनमा छ | त्यसैले मनको निर्देशनमा हुनु भनेको इन्द्रियको नियन्त्रणमा हुनु हो | त्यसैले यदि तपाई मन नियन्त्रण गर्न सक्नुहुन्न, तब तपाई इन्द्रियको नियन्त्रणमा हुनुहुनेछ |