NE/Prabhupada 0686 - कसैले बतासलाई नियन्त्रण गर्न सक्दैन र उत्तेजित मनलाई नियन्त्रण गर्न अझै कठिन हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0686 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0685 - भक्ति-योग विधि - यो जीवनमा पनि तत्काल नतिजा, आत्म-साक्षात्कार र मुक्ति प्राप्त हुन्छ|0685|NE/Prabhupada 0687 - आफ्नो मनलाई शून्यमा एकाग्र पार्न धेरै कठिन हुन्छ|0687}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|0ckuUImEe1U|कसैले बतासलाई नियन्त्रण गर्न सक्दैन र उत्तेजित मनलाई नियन्त्रण गर्न अझै कठिन हुन्छ - Prabhupāda 0686}}
{{youtube_right|6_E6n7H7mcg|कसैले बतासलाई नियन्त्रण गर्न सक्दैन र उत्तेजित मनलाई नियन्त्रण गर्न अझै कठिन हुन्छ - Prabhupāda 0686}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690219BG-LA_Clip6.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690219BG-LA_Clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:12, 29 January 2021



Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969


विष्णुजन: श्लोक चौंतीस: "यो मन अशान्त, उच्छृङ्खल, हठी र निकै बलवान छ, हे कृष्ण | र यसलाई वशमा राख्नु हावालाई नियन्त्रण गर्नु भन्दा पनि कठिन छ भन्ने मलाई लाग्छ (भ गी ६|३४) |"

प्रभुपाद: हो | तपाईले हावा नियन्त्रण गर्न सके पनि....... त्यो सम्भव छैन, कसैले हावा नियन्त्रण गर्न सक्दैन | तर यो सैद्धान्तिक रुपमा तपाईले नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने स्वीकारे पनि, मनलाई नियन्त्रण गर्न भने सम्भव छैन | यो धेरै कठिन छ | मन यति चन्चल र उच्छृङ्खल छ | अघि बढ |

विष्णुजन: तात्पर्य; "मन यति बलवान र हठी छ कि कहिलेकाही यसले बुद्धिलाई पनि उल्लंघन गर्छ | व्यवहारिक संसारको मानिसलाई जसले धेरै विपक्षी तत्वसँग युद्ध गर्नुपर्छ, मनलाई नियन्त्रण गर्न उसलाई अवश्य धेरै कठिन छ | कृत्रिम रुपमा, एक मानिसले दुवै मित्र र शत्रुसँग मानसिक सन्तुलन कायम गर्न सक्छ, तर अन्त्यमा कुनै संसारिक मानिसले त्यसो गर्न सक्दैन, किनकि यो हुरीलाई नियन्त्रण गर्नु भन्दा पनि कठिन छ | वैदिक साहित्यमा भनिएको छ: 'आत्मा भौतिक शरीरको गाडीमा यात्री हो र बुद्धि चालक हो | मन लगाम हो र इन्द्रियहरु घोडा हुन् | तसर्थ आत्मा शरीर र इन्द्रियको सङ्गमा भोक्ता वा पिडित हो | महान दार्शनिकले यसरी बुझेका छन् |' बुद्धिले मनलाई निर्देशन दिनुपर्ने हो | तर मन यति बलवान र हठी छ कि यसले एक मानिसको बुद्धिलाई पनि उल्लंघन गर्छ, जसरी एउटा गम्भीर संक्रमणले औषधिको प्रभावलाई उल्लंघन गर्छ | त्यस्तो बलवान मनलाई योग अभ्यासद्वारा नियन्त्रण गर्नुपर्छ | तर त्यस्तो अभ्यास अर्जुन जस्ता संसारिक मानिसलाई कहिल्यै व्यवहारिक छैन | र आधुनिक मानिसको के कुरा गर्ने ? कठिनाई स्पष्टसँग उल्लेख गरिएको: 'कसैले चलिरहेको हावालाई नियन्त्रण गर्न सक्दैन |' र उत्तेजित मनलाई नियन्त्रण गर्न अझै कठिन छ |"

प्रभुपाद: तसर्थ यो विधि, हरे कृष्ण जप्ने, यसले मनलाई तत्काल नियन्त्रण गर्छ | यदि तपाईले केवल "कृष्ण" जपेर सुन्नुहुन्छ, स्वत: तपाईको मन कृष्णमा एकाग्र हुन्छ | त्यो भनेको योग विधि तत्काल प्राप्त हुन्छ | किनक सम्पूर्ण योग विधि भनेको तपाईको मन विष्णुको रुपमा एकाग्र गर्नु हो | र कृष्ण विष्णु रुपको विस्तारको मूल व्यक्तित्व हुनुहुन्छ | कृष्ण- जस्तै यहाँ दीपशिखा छ | अब, यो दीपशिखाबाट, यो मैनबत्तीबाट, तपाईले अर्को मैनबत्ती ल्याउनुहोस्; तपाईले बाल्न सक्नुहुन्छ | तब, अर्को, अर्को, अर्को - हजारौं मैनबत्ती तपाईले बाल्न सक्नुहुन्छ | हरेक मैनबत्ती यस मैनबत्ती जति शक्तिशाली छ | यसमा कुनै शंका छैन | तर यस मैनबत्तीलाई मूल मैनबत्तीको रुपमा लिनुपर्छ | त्यसैगरी, कृष्ण लाखौं विष्णु रुपमा विस्तार हुनुहुन्छ | हरेक विष्णु रुप कृष्ण समान हुनुहुन्छ, तर कृष्ण मूल मैनबत्ती हुनुहुन्छ, किनकि कृष्णबाट सम्पूर्ण कुरा विस्तार हुन्छ | त्यसैले जसले आफ्नो मन कुनै तरिकाले कृष्णमा एकाग्र पारेको छ, उसले योगको पूर्णता पहिल्यै प्राप्त गरिसकेको छ | यो कृष्ण भावनामृत अभियानको सार हो | अघि बढ | (अन्त्य)