NE/Prabhupada 0732 - मैले हावा वा आकाशको सेवा गर्न सक्दिनँ । मैले एउटा व्यक्तिको सेवा गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0732 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Iran]]
[[Category:NE-Quotes - in Iran]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0731 - भागवत-धर्म इर्ष्यालु व्यक्तिको लागि होइन|0731|NE/Prabhupada 0733 - समय यति मुल्यवान छ कि करोडौं सुनको सिक्का तिरे पनि एक क्षण फिर्ता पाउन सकिंदैन|0733}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|IcR5j6rW4bw|मैले हावा वा आकाशको सेवा गर्न सक्दिनँ । मैले एउटा व्यक्तिको सेवा गर्नुपर्छ<br />- Prabhupāda 0732}}
{{youtube_right|AzYTayzH3ig|मैले हावा वा आकाशको सेवा गर्न सक्दिनँ । मैले एउटा व्यक्तिको सेवा गर्नुपर्छ<br />- Prabhupāda 0732}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750314R1-TEHRAN_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750314R1-TEHRAN_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:20, 29 January 2021



Room Conversation with Yoga Student -- March 14, 1975, Iran


प्रभुपाद: सुफिजम को अर्थ क हो ? साहित्यिक अर्थ ?

योग शिष्य : सुफिजम भनेको त्यो हो जस्तै हिन्दुमा भक्तिलाई भक्तिमय भनिन्छ |

प्रभुपाद : भक्ति भनेको भगवानलाई सेवा दिने हो | यहि हो ?

योग शिष्य : अवश्य |

प्रभुपाद : त्यसैले यदि भगवानलाई सेवा गर्नुपर्छ भने, उँहा एक व्यक्तित्व हुनुहुन्छ | नत्र त्यहाँ सेवा भन्ने प्रश्नै उठ्दैन |

योग शिष्य : सुफिहरु भगवानलाई व्यक्तिगत रुप देख्छन् |

प्रभुपाद : जबसम्म कोहिको व्यक्तिगत रुप छैन, हामी कसरी उसको सेवा गर्न सक्छौं ? मैले हावा र आकाशलाई त सेवा गर्न सक्दिन| मैले व्यक्तिलाई नै सेवा गर्नुपर्छ | प्रेम आकाश र हावामा रहन सक्दैन | त्यो व्यक्तिनै हुनुपर्छ | पुरुष अथवा स्त्री, त्यो समस्या हैन | नत्र प्रेम भन्ने कुरै हुदैन ? कसलाई प्रेम गर्ने त ?

योग शिष्य : सुफिहरुले प्रेमलाई यस्तो अवस्थामा प्रेम गर्छन....जस्तै अरबी सुफिहरु, राम्री स्त्रिजातीको अनुहारबाट...

प्रभुपाद: स्त्रिजातिको अनुहारबाट |

योग शिष्य : हो|

प्रभुपाद : हो भौतिक्तावादिलेनी त्यो कुरा पाउँछन |

योग शिष्य : त्यो भौतिक तरिका हो , एकदमै |

प्रभुपाद : त्यसैले इस्लाम धर्ममा भगवानको स्वरूप मान्दैनन, किनकि त्यो त्यसरी नै आउँछ| जब तिनीहरुले कुनै रुप को कल्पना गर्छन त केवल यहाँको स्त्रीको अनुहारको मात्र गर्छन् | त्यो नै पतनको बाटो हो | त्यसैले तिमीहरुलाई यो भौतिक तरिकाबाट हेर्न मनाही छ | त्यो नै वैदिक तरिका हो | आपानि-पादः जवनो ग्रहीता : "उँहाको न खुट्टा छ न त हात छ" यसले, वास्तविक स्वरूपको ईन्कार गर्छ | अनि वेद भन्छ, जवनो ग्रहीता: "उँहाले हामीले जे दिन्छौं, त्यो स्वीकार गर्नु हुन्छ|" त्यो भनेको भगवानको भौतिक शरिर छैन, तर उँहाको स्वरूप छ: नत्र कसरी उँहाले स्वीकारगर्नुहुन्छ ?उँहाले कसरी मेरो प्रेम स्वीकार गर्नुहुन्छ ? त्यसैले वास्तविक इस्लाममा भगवानको स्वरुप मानिदैन | त्यसैले त्यो वैदिक वर्णन हो, स्वरुप र विनास्वरुप | स्वरुपविना भनेको भगवानको वास्तविक स्वरुप नभएको, र स्वरुप भनेको अध्यात्मिक शरीर, एक पछि अर्को | जस्तै, म जस्तो छु, तिमी नि त्यसै छौ ... हामी... म यो शरीर भित्र छु, तर म यो शरीर हैन | यो रुप भनेको "म " हैन | तर कहाँबाट यो शरीर जिउँदो हुन पुग्यो त ? किनकि मेरो एउटा रुप छ | जस्तै स्वेटरको हात हुन्छ किनकि म संग हात छ | स्वेटर बाहिरको खोल जस्तै हो | यदि मेरो स्वरुप नभएको भए त्यो स्वेटरमा कसरी हात आयो, पाईन्टमा कसरी खुट्टा आयो ? त्यसैले पाईन्ट वस्तवमा खुट्टा हैन | हाम्रो वास्तविक खुट्टा त पाईन्ट भित्र छ | त्यसैगरी, यो मेरो वास्तविक रुप हैन | यो खुट्टा जस्तो देखिने पाईन्ट र हात जस्तो देखिने कोट जस्तो | हाम्रो वास्तविक रुप त हामी भित्र छ, अस्मिन देहे | जुन अभौतिक छ | यदि त्यो वास्तविक रुप तिमीले देख्नन सक्छौ, मैले देख्न सक्छु भने, त्यहाँ एस्तो मतभेद हुने थिएन, त्यो आत्मा | तर तिनीहरु त्यो देख्न सक्दैन| तेसैले तिनीहरु "निराकार " भन्छन | त्यो निराकार छ रे, त्यसोभए यो बाहिरी रुप कसरी आयो त ? कसरी हुन सक्छ यो ? एउटा लुगा सिलाउनेले कोट बनाउँछ किनकि त्यो कोट लगाउने मान्छेको रुप छ | जसरि त्यो कोटको हात हुन्छ, यसबाट यो थाहा हुन्छ कि जो मान्छेले त्यो कोट लगाउदैछ, उसको रुप छ | कसरी भन्न सक्छौ तिमीले निराकार ? गाह्रो कुरा के हो भने, हामी कोटको आकार देख्न सक्छौँ तर मान्छेको रुप देख्न सक्दैनौँ | त्यो मेरो आँखाको दोष हो -यो हैनकि भगवानको आकार छैन | भगवाको रुप, आकार छ |

योग शिष्य : भगवान महत्मद्वारा देखिन्छ | भगवान महात्माद्वारा देखिन्छ |

प्रभुपाद : हँ ? त्यो अर्कै हो | त्यो दोस्रो कुरा हो | तर भगवानको स्वरुप छ | त्यो निचोड हो | तर हामी हाम्रो यो आँखाले देख्न सक्दैनौँ | त्यो येसरी वर्णन गरिएको छ,अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्रह्यम् इन्द्रियै: (भ र सी १|२|२३४) तिम्रो यो अपूर्ण ईन्द्रियद्वारा .... जसरी म तिमीलाई देख्छु | म के देख्छु तिमीलाई ? तिम्रो शरीर | तिमी मलाई - मेरो शरीर देख्छौ | अनी जब त्यहाँ यो शरीर छ र त्यहाँ आत्मा छैन, त्यो मात्र मासुको डल्लो मात्र हो | तिमी त्यसलाई लात्ताले हान, कसैले केहि भन्नेवाला छैन | यदि एउटा मृत शरीरलाई तिमी लात्ताले हान, जुत्ताले हाना, कसैले केहि भन्ने छैन कि "किन हनिस भनेर ?" तर जबसम्म त्यहाँ आत्मा छ, यदि कोहिलाई त्यसो व्यावहार गरियो भने, तुरुन्तै त्यहाँ नाराबाजी हुन्छ कि,"तिमीले किन यसो गरेको ?" त्यसैले मान्छेहरुलाई वास्तविक स्वरुपको ज्ञान नै छैन, त्यसैले तिनीहरु निराकार भन्छन् |