NE/Prabhupada 0834 - भक्ति भनेको केवल भगवानको लागि हो

Revision as of 21:37, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 3.25.19 -- Bombay, November 19, 1974


जीवनका भौतिक गुणहरूबाट कम प्रभावित हुनका लागि, मानिस ज्ञान, वैराग्य तथा भक्तिको स्तरमा आउनुपर्दछ । नत्र यो सम्भव छैन । र त्यही प्रकृयालाई पुनः जोड दिइएको छः न युज्यमानया भक्त्या भगवति.... भक्तिलाई कहाँ प्रयोग गर्नुपर्दछ ? कसैले भन्दछन्, “मैले भक्ति प्राप्त गरेँ ।” तिमीले भक्ति कहाँ पाएका छौ ? “अहिले मैले मेरी श्रीमतीको अत्यन्त धेरै भक्ति पाएको छु । म उनलाई धेरै प्रेम गर्दछु । म उनको हेरचाह गर्दछु । मैले उनलाई देखिनँ भने म पागल हुन्छु ।” यहाँ यस्तो प्रकारको भक्तिको वर्णन भइरहेको छैन । “मैले मेरो परिवारको भक्ति पाएको छु । मैले मेरो राष्ट्रको भक्ति पाएको छु । मैले भगवती दुर्गाको भक्ति पाएको छु । मैले अनेकौँ देवताहरूको भक्ति पाएको छु....” होइन । त्यस्तो प्रकारको भक्तिले केही पनि गर्दैन । त्यसकारण, यहाँ विशेष गरी यो भनिएको छ, भक्त्या भगवति । भगवति, “भगवान्लाई....” कस्तो किसिमको भगवान् ? आजभोलि अनेकौँ भगवान्हरू प्रकट हुन थालेका छन् । होइन, त्यस्तो किसिमको नक्कली भगवान् होइन, त्यसोभए कस्तो किसिमको ? अखिलात्मनि । तपाईं त्यस्ता नक्कली भगवान्लाई सोध्नुहोस्, “के तपाईं अखिलात्मन् हुनुहुन्छ ? के तपाईं सबैको हृदयभित्र विराजमान हुनुहुन्छ ? म अहिले के सोचिरहेको छु, तपाईं भन्न सक्नुहुन्छ ?” त्यसकारण, भगवान्को अर्थ होः उहाँ अखिलात्मा हुनैपर्दछ । तथाकथित भगवान्हरूबाट तपाईं दिग्भ्रमित नहुनुहोस् । सबैकुरा त्यहीँ छ । भगवान् भनेको अखिलात्मनि हो । उहाँलाई सबै थाहा हुन्छ । भगवद्गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ईश्वरः सर्वभूतानां हृद्देशे ....(भगवद्गीता १८।६१) यदि तपाईं ईश्वर हुनुहुन्छ भने तपाईं सबैको हृदयभित्र विराजमान हुनै पर्दछ । सर्वस्य चाहं हृदि सन्निविष्टः (भगवद्गीता १५।१५) । ईश्वर...कृष्ण ईश्वर हुनुहुन्छ । त्यसकारण, कृष्ण भन्नुहुन्छ, सर्वस्य चाहं हृदि सन्निविष्टः “म सबैको हृदयभित्र विराजमान छु ।” यदि तपाईं ईश्वरः हुनुहुन्छ, यदि तपाईं भगवान् हुनुहुन्छ भने के तपाईं मेरो हृदयभित्र विराजमान हुनुहुन्छ ? तपाईंलाई थाहा छ कि म अहिले के सोचिरहेको छु ? त्यसकारण, अखिलात्मनि । सबैकुरालाई अत्यन्त विस्तृत रुपमा अध्ययन गर्नुपर्दछ । भक्ति भनेको केवल भगवान्का लागि हो । यो होइन कि “मेरो भक्ति यसको लागि अथवा त्यसको लागि हो, यो देवताका लागि अथवा त्यो देवताका लागि हो, मेरो परिवारका लागि, मेरो देशका लागि, मेरो समाजका लागि, मेरी श्रीमतीका लागि, मेरो बिरालोका लागि, मेरो कुकुरका लागि ।” यो भक्ति होइन । ती केवल नक्कल मात्र हुन् । त्यो काम हो । त्यो इच्छा हो । त्यो भक्ति होइन । भक्ति भनेको भगवति हो । भगवति भनेको अखिलात्मनि हो । त्यसकारण, यदि हामी कृष्णभावनामृत अर्थात् भक्ति विकास गर्न सक्छौँ भने, तब मात्र हाम्रो जीवन सफल हुन्छ र ब्रह्म–सिद्धये अर्थात् पूर्ण आत्म–साक्षात्कार सम्भव हुन्छ । त्यसकारण, यो भनिएको छ, सदृशः अस्तिशिवः पन्थाः “होइन । यसको अरु कुनै विकल्प छैन ।” ब्रह्म–सिद्धये । ब्रह्मन् अर्थात् परब्रह्म कृष्ण हुनुहुन्छ । ब्रह्म–सिद्धये भनेको सम्बन्धलाई बुझ्नु हो.... “म ब्रह्म हुँ ।” त्यो ठीक छ । अहं ब्रह्मास्मि । तर परब्रह्मसँग तपाईंको के सम्बन्ध छ ? त्यसैलाई नै ब्रह्म–सिद्धि भनिन्छ । ब्रह्म र परब्रह्म, जम्मा दुई किसिमका ब्रह्म हुन्छन् । किन ....? आत्मा र परमात्मा, ईश्वर र परमेश्वर हुन्छन् । सामान्य प्राणी तथा सर्वोच्च प्राणी । नित्यो नित्यानां चेतनश्चेतनानाम् (कठोपनिषद २।२।१३) । यी वैदिक ज्ञान हुन् । अस्तित्वमा सधैँ दुईओटा तत्व हुन्छन्ः आत्मा र परमात्मा तथा ब्रह्मन् र परब्रह्मन् । र ब्रह्म–सिद्धये भनेको केवल “म ब्रह्म हुँ” भनेर बुझ्नु मात्र होइन । तर मैले बुझ्नैपर्दछ कि परब्रह्मन्सँग मेरो के सम्बन्ध छ । त्यसलाई ब्रह्म–सिद्धि भनिन्छ । त्यसको अर्थ हो, हामीले परमब्रह्मन्लाई बुझ्नैपर्दछ । त्यो परब्रह्मन् कृष्ण नै हुनुहुन्छ ।