NE/Prabhupada 0850 - यदि तिमीले केही धन प्राप्त ग¥यौ भने पुस्तक प्रकाशन गर: Difference between revisions
Visnu Murti (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0850 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0849 - हामी भगवानलाई देख्न चाहन्छौं तर हामी स्वीकार्दैनौं कि हामी योग्य छैनौं|0849|NE/Prabhupada 0851 - चपाइसकेको वस्तुलाई बारम्बार चपाइरहनु । यहि नै भौतिक जीवन हो|0851}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 17: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|m3V-2B78mHU|यदि तिमीले केही धन प्राप्त ग¥यौ भने पुस्तक प्रकाशन गर<br />- Prabhupāda 0850}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750620A2-LOS_ANGELES_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:40, 29 January 2021
750620d - Lecture Arrival - Los Angeles
हामीले कुनै नयाँ कुरा आविष्कार गरेका छैनौँ । (हाँसो चल्छ) हामी कुनै पनि नयाँ कुरा उत्पादन गर्दैनौँ । यही नै हाम्रो पद्धति हो । हामी केवल हाम्रा पूर्वाचार्यहरूका उपदेशहरूको पालना गर्दछौँ, यत्ति हो । हाम्रो अभियान अत्यन्त सजिलो छ किनभने हामीले कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । हामी केवल हाम्रा पूर्वाचार्यहरूले दिनुभएका उपदेशहरूलाई दोहो¥याउने काम गर्दछौँ । कृष्णले ब्रह्मालाई उपदेश दिनुभयो, ब्रह्माले नारदलाई उपदेश दिनुभयो र नारदले व्यासदेवलाई उपदेश दिनुभयो, अनि व्यासदेवले मध्वाचार्यलाई उपदेश दिनुभयो, र यसप्रकार, त्यसपछि, माधवेन्द्र पुरी, ईश्वर पुरी, श्रीचैतन्य महाप्रभु, त्यसपछि, षड्गोस्वामीहरू, त्यसपछि श्रीनिवासाचार्य, कविराज गोस्वामी, नरोत्तमदास ठाकुर, विश्वनाथ चक्रवर्ती, जगन्नाथदास बाबाजी, भक्तिविनोद ठाकुर, गौरकिशोरदास बाबाजी, भक्तिसिद्धान्त सरस्वती, र त्यसपछि हामी त्यही काम गरिरहेका छौँ । यसमा कुनै पनि भिन्नता छैन । यही नै कृष्णभावनामृत अभियानको विशेष पद्धति हो । तिमीहरू प्रत्येक दिन बिहान, गुरु–मुख–पद्म–वाक्य, चित्तेते कोरिया ऐक्य, आर ना कोरिहो आशा भनेर गाउँदछौ । अत्यन्त सरल छ । हामीले गुरुशिष्य परम्पराबाट दिव्य ज्ञान प्राप्त गरिरहेका छौँ । अतः हामीले केवल गुरुबाट उपदेश ग्रहण गर्नुपर्दछ, र यदि हामीले आफ्नो हृदय र आत्मादेखि नै यसलाई कार्यान्वयन गर्दछौँ भने त्यही नै सफलता हो । यो व्यावहारिक छ । मसँग कुनै पनि व्यक्तिगत योग्यता छैन, तर म केवल मेरा गुरुदेवलाई प्रसन्न पार्ने प्रयास गरिरहेको छु, यत्ति हो । मेरा गुरु महाराजले मलाई आदेश दिनुभएको थियो कि “यदि तिमीले केही धन प्राप्त ग¥यौ भने तिमी पुस्तकहरू प्रकाशन गर ।” हाम्रो गोप्य भेटवार्ता हुँदा उहाँले मलाई यस्तो आदेश दिनुभएको थियो, त्यतिबेला मेरा महत्वपूर्ण गुरुभाईहरू पनि त्यहीँ थिए । यो वार्ता राधा–कुण्डमा भएको थियो । र त्यतिबेला गुरु महाराजले मलाई भन्नुभयो कि “जब हामीले यो बागबजारको मार्बलको मन्दिर प्राप्त ग¥यौँ, त्यतिबेलादेखि भक्तहरूबीच अनेक विवादहरू उत्पन्न हुन लागेका छन्, र सबैजना म यो कोठामा बस्छु वा त्यो कोठामा, अथवा त्यो कोठामा बस्छु भनेर विचार गरिरहेका छन् । त्यसकारण, म यो मन्दिर तथा यी मार्बलहरू बिक्री गरेर केही पुस्तकहरू प्रकाशन गर्न चाहन्छु ।” हो । यसप्रकार मैले उहाँकै मुखबाट सुनेँ कि उहाँलाई पुस्तकहरू प्रकाशन भएको अत्यन्त मन पर्दछ । र उहाँले मलाई व्यक्तिगत रूपमै भन्नुभयो कि “यदि तिमीले केही धन प्राप्त ग¥यौ भने पुस्तकहरू प्रकाशन गर ।” अतः म यही कुरामा जोड दिइरहेको छुः पुस्तक कहाँ छ ? पुस्तक कहाँ छ ? पुस्तक कहाँ छ ?“ त्यसैले, कृपापूर्वक मलाई सहायता गर्नुहोस् । यो मेरो अनुरोध हो । सकेसम्म सम्पूर्ण भाषाहरूमा मेरा पुस्तकहरू अनुवाद गर र सम्पूर्ण विश्वभरी प्रचार गर । त्यसपछि, यो कृष्णभावनामृत अभियान स्वतः फैलिनेछ । अब शिक्षित तथा विद्वान् शास्त्रवित्हरूले हाम्रो अभियानलाई प्रशंसा गर्न थालेका छन्, हाम्रा पुस्तकहरू अध्ययन गरेर तथा व्यावहारिक प्रतिफलहरू प्राप्त गरेर । डाक्टर स्टिल्सन् यहुदाले एउटा पुस्तक लेख्नुभएको छ, सायद तिमीहरूलाई थाहा छ होला, कृष्ण... “हरे कृष्ण तथा विरोधी संस्कृति” यो पुस्तक हाम्रो अभियानसँग सम्बन्धित अत्यन्त राम्रो पुस्तक हो, र उहाँले यहाँ महत्व दिनुभएको छ । उहाँले स्वीकार्नुभएको छ कि “स्वामीजी, हजुरले अद्भुत काम गर्नुभएको छ किनभने हजुरले लागु–औषधको दुव्र्यसनमा फसेका हिप्पीहरूलाई समेतकृष्णको भक्तमा रूपान्तरण गरिदिनुभएको छ, र अब तिनीहरू मानव समाजको सेवा गर्नका लागि तत्पर भएका छन् ।”