NE/Prabhupada 0886 - व्यक्ति भागवत होस् अथवा पुस्तक भागवत होस्, तिमीले सधैँ सेवा गर्नुपर्दछ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0885 - आध्यात्मिक आनन्द कहिल्यै पनि समाप्त हुँदैन । यो निरन्तर बढिरहन्छ|0885|NE/Prabhupada 0887 - वेद भनेको ज्ञान हो र अन्त भनेको अन्तिम अवस्था अर्थात् समाप्ति हो|0887}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|-kCVXt9nrqI|व्यक्ति भागवत होस् अथवा पुस्तक भागवत होस्, तिमीले सधैँ सेवा गर्नुपर्दछ<br />- Prabhupāda 0886}}
{{youtube_right|gL95XxrKHJo|व्यक्ति भागवत होस् अथवा पुस्तक भागवत होस्, तिमीले सधैँ सेवा गर्नुपर्दछ<br />- Prabhupāda 0886}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:730413SB-NEW_YORK_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730413SB-NEW_YORK_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:45, 29 January 2021



730413 - Lecture SB 01.08.21 - New York


प्रभुपादः अतः हामीले शास्त्रअनुसार यो कृष्णभावनामृतलाई अपनाउनुपर्दछ । म अत्यन्त प्रसन्न छु किनभने तिमीहरूले अति राम्रो सेवा गरिरहेका छौ, तिमीहरूले अर्चाविग्रहलाई अत्यन्त राम्रोसँग सजाइरहेका छौ । म अत्यन्त प्रसन्न छु किनभने तिमीहरूले अति राम्रो सेवा गरिरहेका छौ, तिमीहरूले अर्चाविग्रहलाई अत्यन्त राम्रोसँग सजाइरहेका छौ । म अत्यन्त प्रसन्न छु किनभने तिमीहरूले अति राम्रो सेवा गरिरहेका छौ, तिमीहरूले अर्चाविग्रहलाई अत्यन्त राम्रोसँग सजाइरहेका छौ । या त तिमीले कृष्णलाई श्रृंगार गर या त मन्दिर सफा गर, यसको फल एउटै हुन्छ । यो नसोच कि “म सफा गर्ने मानिस हुँ अनि ऊ चाहिँ पुजारी हो ।” होइन । पुजारी तथा सफा गर्ने मानिसले एउटै फल प्राप्त गर्दछन् । कृष्ण परमसत्य हुनुहुन्छ । कुनै पनि प्रकारले कृष्णको सेवामा संलग्न होऊ । यसप्रकार तिम्रो जीवन सफल हुनेछ । यो कृष्णभावनामृत अभियान हो । अतः कुन्तीदेवीको कृपाले हामीले वासुदेव भगवान् कृष्णलाई बुझ्न सक्दछाँै । वासुदेव...वसुदेवको अर्को अर्थ यो पनि होः जब तिमी वसुदेवको स्तरमा आउँदछौ । सत्वं विशुद्धं वसुदेव–शब्दितम् । सत्वम् । सत्व अर्थात् सत्वगुण । सर्वप्रथम, हामी सत्वगुणको स्तरमा आउनुपर्दछ । तर यो भौतिक संसारमा सत्वगुण समेत कहिलेकाहीँ अन्य तल्लो गुणहरूद्वारा दूषित बन्दछन् । अतः कृष्णका बारेमा सुनेर, श्रृण्वतां स्वकथाः कृष्णः पुण्यश्रवणकीर्तनः (श्रीमद्भागवतम् १।२।१७) । जस्तै, तिमी कृष्णका बारेमा सुनिरहेका छौ । त्यसैगरी, सदैव कृष्णकै बारेमा सुनिरहने प्रयास गर र चौबीसै घण्टा कृष्णको कीर्तन गर । यसप्रकार, दूषित वस्तुहरू सफा हुनेछन् । नष्ट–प्रायेषु अभद्रेषु नित्यं भागवतसेवया (श्रीमद्भागवतम् १।२।१८) । नित्यम् भनेको सधैँ हो । औपचारिक भागवत सप्ताह होइन । होइन, त्यस्तो होइन । त्यो अर्को विकृति हो । भागवतमा उल्लेख गरिएको छ, नित्यं भागवतसेवया । नित्यम् भनेको प्रत्येक दिन, चौबीसै घण्टा । या त श्रीमद्भागवतम् अध्ययन गर अथवा आफ्नो गुरुको आज्ञापालन गर । यो पनि आदेश हो । भागवत पनि गुरु हो । वैष्णव पनि भागवत हो । आचार्यहरू, भागवत । ग्रन्थ–भागवत तथा व्यक्ति भागवत । अतः व्यक्ति भागवतको होस् अथवा पुस्तक भागवतको, तिमीले सधैँ सेवा गर्नुपर्दछ । नित्यं भागवतसेवया (श्रीमद्भागवत १।२।१८) । भगवते उत्तमश्लोके भक्तिर्भवति नैष्ठिकी । त्यसपछि, तिमी दृढ हुनेछौ । नैष्ठिकी । कसैले पनि तिमीलाई हल्लाउन सक्नेछैन । भगवते उत्तमश्लोके, भगवान्प्रति । यसप्रकार, तिमीले कृष्णभावनामृत अभियानलाई बोध गर्नुपर्दछ । निर्धारित प्रकृयाद्वारा र अन्य मानिसहरूलाई कृष्णभावना दिने प्रयास गर्नुपर्दछ । यही नै संसारको परमकल्याणकारी कार्य हो, सुषुप्त कृष्णभावनालाई जागृत गर्नु । निश्चय नै, तिमीले स्वयं देख्न सक्छौ, चार–पाँच वर्षपूर्व तिमीहरू कोही पनि कृष्णभावनाभावित थिएनौ । तर अब तिमीहरूको कृष्णभावना जागृत भएको छ । अब तिमीहरू कृष्णभावनाभावित भएका छौ । अतः अब अरुहरू पनि जागृत हुनेछन् । यसमा कुनै पनि कठिनाई छैन । प्रकृया एउटै हो । अतः कुन्तीदेवीजस्ता भक्तहरूको चरणचिन्ह पछ्याउँदै हामी पनि कुन्तीदेवीले दिनुभएको शिक्षालाई बुझ्न सक्दछौँ । कृष्णाय वासुदेवाय देवकीनन्दनाय च, नन्दगोपकुमाराय (श्रीमद्भागवत १।८।२१) । यो कृष्णको पहिचान हो । जस्तै, हामीले कुनै मानिसको परिचय लिँदा सोध्ने गर्दछौँः तिम्रो पिताको नाम के हो ?” अतः यहाँ हामी भगवान्लाई उहाँको पिता तथा माताको नाम तथा उहाँको ठेगानासँगै प्रस्तुत गरिरहेका छौँ । हामी निराकारवादी होइनौँ किनभने यो अस्पष्ट सिद्धान्त हो । होइन, हामीसँग परिपूर्ण पहिचान छ । यदि तिमीले यो कृष्णभावनामृत अभियानको प्रचारबाट लाभ लिन्छौ भने निश्चय नै तिम्रो कल्याण हुनेछ । धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय श्रील प्रभुपाद ।