NE/Prabhupada 0912 - जो बुद्धिमा विकसित भएका छन् तिनीहरू भगवानलाई भित्र र बाहिर देख्दछन्

Revision as of 07:57, 28 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0912 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

730420 - Lecture SB 01.08.28 - Los Angeles


अतः समोऽहं सर्वभूतेषु (भगवद्गीता ९।२९) । कृष्ण सबैका लागि समान हुनुहुन्छ । अब आफ्नो क्षमताअनुसार कृष्णलाई बुझ्नु तपाईंकै हातमा छ । अतः कुन्तीदेवी प्रस्तुत श्लोकमा यही कुरा भन्नुहुन्छ :समं चरन्तं सर्वत्र (श्रीमद्भागवत १।८।२८) । समं चरन्तम् । चरन्तं भनेको चल्न सक्ने प्राणी हो । कृष्ण सर्वत्र चलिरहनुहुन्छ : बाहिर, भित्र । हामीले उहाँलाई देख्नका लागि केवल आफ्नो आँखालाई स्पष्ट पार्नुपर्दछ । यही नै भक्तिमय सेवा हो : हाम्रा इन्द्रियहरूलाई भगवान्को उपस्थितिको अनुभव गर्नका लागि शुद्धीकरण गर्नु । भगवान् सर्वत्र विराजमान हुनुहुन्छ । अन्तर्बहिः । अन्तः भनेको भित्र र बहिः भनेको बाहिर हो । “जो अल्पबुद्धियुक्त मानिसहरू छन् तिनीहरू भगवान्लाई केवल भित्र देख्ने प्रयास गर्दछन्, र जो बुद्धिमा विकसित छन् तिनीहरू हजुरलाई भित्र र बाहिर देख्न सक्दछन् ।” यही नै भिन्नता हो । ध्यानको अभ्यास अल्पबुद्धियुक्त मानिसहरूका लागि हो । ध्यानको अर्थ हो : तिमीले आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्नुपर्दछ । योगाभ्यास भनेको इन्द्रियहरूलाई नियन्त्रण गर्नु हो । हाम्रा इन्द्रियहरू अत्यन्त चञ्चल छन् । योगाभ्यासद्वारा, मेरो मतलब, विभिन्न आसनहरूको अभ्यासद्वारा, मन तथा इन्द्रियहरूलाई नियन्त्रण गरिन्छ । त्यसपछि, हामी हृदयदेखि नै विष्णुको स्वरूपमा ध्यान केन्द्रित गर्न सक्दछौँ । यसैलाई योग पद्धति भनिन्छ । अथवा जो देहात्म–बुद्धिमा अत्यन्त लिप्त छन्, तिनीहरूका लागि योगपद्धतिको सिफारिस गरिएको छ, अर्थात्, शारिरीक व्यायामको सिफारिस गरिएको छ, र आफ्नो हृदयभित्र परमेश्वरलाई देख्ने निर्देशन दिइएको छ । तर भक्तहरू जो झनै विकसित हुन्छन्, तिनीहरूले आफ्ना इन्द्रियहरूलाई अलग्गै नियन्त्रण गरिरहनुपर्ने जरूरी छैन, किनभने भक्तिमय सेवामा संलग्न हुनु भनेको इन्द्रियहरूलाई नियन्त्रण गर्नु हो । मानौँ, तिमी अर्चाविग्रहको सेवापूजामा संलग्न छौ, आश्रम सफा गर्नमा संलग्न छौ, अर्चाविग्रहलाई सजाउन तथा अर्चाविग्रहका लागि राजभोग तयार गर्न संलग्न छौ भने, सबै कुरा राम्रोसँग गरेर....यसप्रकार, तिम्रा इन्द्रियहरू पहिला नै सेवामा संलग्न छन् । तिम्रा इन्द्रियहरू बरालिने सम्भावना कहाँ छ ? किनभने तिम्रा इन्द्रियहरू पहिला नै नियन्त्रणमा छन् । किनभने मेरा इन्द्रियहरू, हृषीकेन हृषीकेशसेवनं भक्तिरुच्यते (चै.च. मध्यलीला १९।१७०) । भक्ति भनेको केवल आफ्ना इन्द्रियहरूलाई इन्द्रियहरूका स्वामीको सेवामा संलग्न राख्नु हो । हृषीकेश भनेको इन्द्रियहरूका स्वामी हुनुहुन्छ र हृषीक भनेको इन्द्रिय हो । अब हाम्रा इन्द्रियहरू इन्द्रिय–तृप्तिमा संलग्न छन् । सर्वोपाधि, उपाधियुक्तः । अतः म यो शरीर हुँ । अतः मैले आफ्ना इन्द्रियहरूलाई सन्तुष्ट पार्नै पर्दछ । यो जीवनको प्रदूषित अवस्था हो । तर जब मानिसले ऊ त्यो भौतिक शरीर होइन भन्ने बुझ्दछ, म जीवात्मा अर्थात् भगवान्को अंश हुँ र मेरा आध्यात्मिक इन्द्रियहरूलाई, परमेश्वरको सेवामा संलग्न राख्नुपर्दछ । हामी यही चाहन्छौँ । यही नै मुक्ति हो । मुक्ति भनेको : हित्वा अन्यथा–रूपम् हो । जब हामी बद्ध अवस्थामा हुन्छौँ तब हामीले हाम्रो मौलिक शाश्वत स्वरूपलाई परित्याग गरेका हुन्छौँ । श्रीचैतन्य महाप्रभु भन्नुहुन्छ कि, हाम्रो मौलिक शाश्वत स्वरूप भनेको : जीवेर स्वरूप हय नित्य–कृष्ण–दास (चै.च.मध्यलीला २०।१०८–१०९) । हाम्रो वास्तविक शाश्वत स्वरूप भनेको हामी कृष्णका नित्य सेवक हौँ । अतः जब हामीले आफूलाई भगवान् कृष्णको सेवामा संलग्न गराउँदछौँ तब हामी तत्काल मुक्त हुन पुग्दछौँ । तत्काल । यसको लागि कुनै प्रकृयामा गइरहनै पर्दैन । यसप्रकार, आफूलाई तथा आफ्ना इन्द्रियहरूलाई भगवान्को सेवामा संलग्न गराउने यो प्रकृयाको अर्थ हो : ऊ मुक्त भएको छ ।