NE/Prabhupada 0928 - केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ । त्यो जीवनको पूर्णता हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0928 - in all Languages Category:...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0927 - तिमीले कृष्णको विश्लेषण कसरी गर्छौ ? उहाँ असिमित हुनुहुन्छ । यो असम्भव छ|0927|NE/Prabhupada 0929 - स्नान गर्ने बानी पनि छैन । हुनसक्छ हप्तामा एक पटक|0929}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 21: | Line 24: | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730423SB-LOS_ANGELES_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 09:47, 21 September 2017
730423 - Lecture SB 01.08.31 - Los Angeles
प्रभुपाद: सबजनालाई थाहा छ कि मनको गति कति छ | एक सेकेन्डको दश-हजारौं भागमा पनि तिमी लाखौं मील टाढा जान सक्छौ | मनको गति धेरै द्रुत छ | तिमी यहाँ बस्दैछौ र तिमीले लाखौं मील पर कुनिया कुरा देख्यौ भने तिमी तत्काल........ तिम्रो मन तत्काल जान सक्छ | यी दुई उदाहरणहरु दिइएको छ | तिनीहरु कति वैज्ञानिक छन् हेर्न सक्छौ | यी धुर्तहरुले भन्छन् कि अतितमा विकसित मन वा विकसित वैज्ञानिकहरु थिएनन् | तब यी शब्दहरु कहाँबाट आए ? हावाको गति, मनको गति | जबसम्म कुनै अनुसन्धान भएको थिएन, कुनै ज्ञान थिएन, यी पुस्तकहरु कसरी लेखिएक थिए ? पन्थास् तु कोटि-शत-वत्सर-सम्प्रगम्यो वायोर् अथापि मनसः (ब्र स ५|३४) | र द्रुत गतिका विमानहरु कसरी उत्पादित हुन्छन् ? मुनि-पुङ्गवानाम् | महान वैज्ञानिकहरु र महान विचारकहरुद्वारा | उनीहरुद्वारा उत्पादित | के त्यो पूर्णता हो ? होइन | ऽप्यस्ति यत् प्रपद-सीम्न्य् अविचिन्त्य-तत्त्वे | तब पनि तिमी यो सृष्टिलाई बुझ्न असक्षम हुन्छौ | यदि तिमी यति विकसित छौ कि तिमी यो गतिमा कुद्न सक्छौ र यदि तिमी महान वैज्ञानिक वा दार्शनिक हौ भने पनि तिमी उही स्थानमा रहन्छौ, केहि बुझ्दैनौ | त्यसो भए हामीले कृष्णलाई कसरी बुझ्न सक्छौं ? कृष्णले यी साबि कुराहरु सिर्जना गर्नुभएको छ | यदि तिमीले कृष्णद्वारा सिर्जित कुराहरु बुझ्न सक्दैनौ भने तिमीले कृष्णलाई कसरी बुझ्छौ ? त्यो थोरै पनि सम्भव छैन | तसर्थ भक्तहरुको लागि यस वृन्दावन अवास्थाको मन नै पूर्णता हो | उनीहरु कृष्णलाई बुझ्न वास्ता गर्दैनन् | उनीहरु कुनै सर्त बिना कृष्णलाई प्रेम गर्न चाहन्छन् | "कृष्ण भगवान हुनुभएको कारण, म प्रेम गर्छु....." उनीहरुको मनासिक्तात त्यस्तो छैन | कृष्ण वृन्दावनमा भगवानको रुपमा प्रकट हुनुहुन्न | उहाँ त्यहाँ साधारण ग्वाल्बालको रुपमा हुनुहुन्छ | तर केहि समयमा उहाँले प्रमाणित गर्नुहुन्छ कि उहाँ सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | तर तिनीहरु यो कुरा जान्न चाहँदैनन् | वृन्दावन बाहिर...... जस्तै कुन्तीदेवी | कुन्तीदेवी वृन्दावनवासी होइनन् | उनी हस्तिनापुरकी वासिन्दा हुन्, कुन वृन्दावन बाहिर छ | बाहिरका भक्तहरु, जो वृन्दावन बाहिर छन्, उनीहरु देख्छन् कि वृन्दावनवासीहरु कति महान छन् | तर वृन्दावनवासीहरुलाई मतलब छैन कि कृष्ण कति महान हुनुहुन्छ | त्यो भिन्नता छ | हाम्रो एकमात्र कार्य कृष्णलाई प्रेम गर्नु हो | तिमी कृष्णलाई जति धेरै प्रेम गर्छौ, तिमी त्यति नै पूर्ण हुन्छौ | कृष्ण वा उहाँको सृष्टि बुझ्नु जरुरि छैन | यी कुराहरु वर्णित छन् | कृष्णले स्वयं भगवद गीतामा वर्णन गर्नुभएको छ | कृष्णलाई बुझ्न धेरै कष्ट नगर | त्यो सम्भव छैन | केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ | त्यो जीवनको पूर्णता हो |
धेरै, धेरै धन्यवाद |
भक्तहरु: हरे कृष्ण, जय !