NE/Prabhupada 0948 - यो युगलाई कलि भनिन्छ, यो त्यति राम्रो समय होइन । केवल असहमति र झगडा: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0948 - in all Languages Category:...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0947 - हामीसँग असिमित स्वतन्त्रता छ तर हामी अहिले यो शरीरद्वारा बद्ध भएका छौं|0947|NE/Prabhupada 0949 - हामी शिक्षामा प्रगति गरिरहेका छौं, तर हामीले हाम्रो दाँतको पनि आध्ययन गर्दैनौं|0949}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 21: | Line 24: | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720831SP-NEW_VRINDABAN_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 09:51, 21 September 2017
720831 - Lecture - New Vrindaban, USA
जस्तै रातको समयमा हामी आफ्नो राम्रो भवनमा सुत्छौँ तर सुक्ष्म शरीरले मलाई हिमालको चुचुरोमा लैजान्छ | कहिलेकाही हामीले देख्छौं कि सपनामा म धेरै अग्लो हिमालको चुचुरोमा हुन्छ र म त्यहाँबाट खस्छु | मेरो स्थूल शरीर एउटा राम्रो भवन सुतिरहेको भए तापनि सुक्ष्म शरीरले मलाई अर्को स्थानमा लान्छ | हामीसँग दैनिक अनुभव छ | त्यसैगरि, मृत्यु भनको हामीले यो स्थूल शरीर परिवर्तन गर्छौं | जस्तै तिमीसँग आफ्नो सर्ट र कोट छ | तिमीले आफ्नो कोट परिवर्तन गर्छौ तर आफ्नो सर्ट लगाइरहन्छौ | तिमीले यसो गरिरहेका हुन्छौ | त्यसैगरी मैले आफ्नो सुक्ष्म शरीर राख्छु र आफ्नो स्थूल शरीर त्याग्छु; यसलाई मृत्यु भनिन्छ | र मलाई प्रकृतिको नियम अनुसार सुक्ष्म शरीरले अर्की आमाको गर्भमा लान्छ र आमाले प्रदान गरेको पद्धार्थद्वारा मैले अर्को प्रकारको स्थूल शरीर विकास गर्छु | र जब शरीर तयार हुन्छ, तब म आमाको गर्भ बाहिर निस्किन्छु र फेरी त्यस सुक्ष्म र स्थूल शरीरसँग कार्य गर्छु | भागवत धर्म भनेको हामीले हामीले स्थूल र सुक्ष्म शरीर पार गरेर आध्यात्मिक शरीरमा आउनुपर्छ | यो धेरै वैज्ञानिक छ | र जब हामी आध्यात्मिक शरीरमा आउँछौं, मुक्त सङ्ग, स्थूल र सुक्ष्म शरीरबाट मुक्त भएर हामी आफ्नो वास्तविक आध्यात्मिक शरीरमा आउँछौँ, तब हामीले वास्तवमा खुसी र स्वतन्त्रता अनुभव गर्छौं | यस कृष्ण भावनामृत अभियान मानव समाजको निमित्त सर्वोच्च आशिर्वाद हो किनकि यो अभियान मानवलाई आध्यात्मिक शरीरको स्तरमा ल्याउन प्रयासरत छ- स्थूल र सुक्ष्म भौतिक शरीर पार गरेर | त्यो सर्वोच्च पूर्णता हो | मानव जीवन त्यस स्तरमा पुग्नको लागि हो, जीवनको स्थूल र भौतिक अवधारणा पार गरेर आध्यात्मिक स्तरमा पुग्नको लागि हो | त्यो सम्भव छ | यस युगमा यो प्रक्रिया सजिलो भएको छ | यो युगलाई कलि भनिन्छ, यो त्यति राम्रो समय होइन | केवल असहमति, झगडा, युद्ध, मनमुटाव | यो युग त्यस्ता कुराहरुले भरिपूर्ण छ | तसर्थ यस युगमा आध्यात्मिक स्तरमा पुग्न धेरै कठिन छ | पहिलेको समयमा यो त्यति कठिन थिएन | मानिसहरुलाई वैदिक प्रक्रियाद्वारा सजिलै तालिम दिइन्थ्यो | तर अहिले मानिसहरु इच्छुक छैनन् | तिनीहरु केवल स्थूल शरीरसँग इच्छुक छन् वा जो थोरै विकसित छन्, सुक्ष्म शरीरसँग इच्छुक छन् | तर तिनीहरुसँग आध्यात्मिक शरितको कुनै जानकारी छैन | तिनीहरुको शिक्षामा विकास भए तापनि आध्यात्मिक शरीरको बारेमा कुनै शिक्षा छैन | तिनीहरु केवल स्थूल र सुक्ष्म भौतिक शरीरसँग सरोकार राख्छन् | तसर्थ यस कृष्ण भावनामृत अभियान धेरै महत्वपूर्ण अभियान हो | जसले यस कृष्ण भावनामृत अभियान ग्रहण गरेका छन्, उनीहरु धेरै, धेरै भाग्यमानी छन् |