NE/Prabhupada 1010 - तिमीले काठ, ढुंगा देख्न सक्छौ । तिमीले आत्मा देख्न सक्दैनौ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1009-आध्यात्मिक गुरुलाई भगवान् समान सम्मान गरिन्छ भने उहाँलाई भगवान् समान सेवा गर्नुपर्छ|1009|NE/Prabhupada 1011 - तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ|1011}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|5EvNsBeL2xA|तिमीले काठ, ढुंगा देख्न सक्छौ । तिमीले आत्मा देख्न सक्दैनौ<br/>- Prabhupāda 1010}}
{{youtube_right|S3VCD62ZVws|तिमीले काठ, ढुंगा देख्न सक्छौ । तिमीले आत्मा देख्न सक्दैनौ<br/>- Prabhupāda 1010}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750713R2-PHILADELPHIA_clip10.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750713R2-PHILADELPHIA_clip10.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:51, 29 January 2021



750713 - Conversation B - Philadelphia


यान्नी ज्याक्सन : मसँग एउटा अर्को प्रश्न छ, त्यो पनि बाहिरी मान्छेको दृस्टीकोणबाट हेर्दा | यो मेरो लागि यस्तो लाग्छ कि एउटा कृष्ण चेतनाको गाह्रो पाटो जुन स्वीकार्न कठिन हुन्छ | यो विग्रहको बारेमा, र त्यो विचार जुन तिनीहरु प्रस्तुत गर्छन् |

प्रभुपाद : बिग्रह ? तिमी त्यसको बारेमा अलिधेरै भन्न सक्छौ ? अहिलेको अवस्थामा तिमी कृष्णलाई देख्न सक्ने भएका छैनौ, त्यसैले कृष्ण कृपा गरेर तिम्रो आगाडी उपस्थित हुनुहुन्छ अनि तिमीले देख्न सक्छौ | तिमीले काठ, ढुंगा देख्न सक्छौ | तिमी आत्मा देख्न सक्दैनौ | तिमीले आफुलाई त देख्न सक्दैनौ | तिमी सोचिरहेका छौ कि, "म यो शरीर हुँ भनेर |" तर तिमी आत्मा हौ | तिमी सधैँ तिम्रो माता पितालाई देख्न सक्छौ तर जब उनीहरु बित्छन, तिमी रुन्छौ | किन तिमी रुन्छौ ? "अब मेरो पिता बित्नुभयो |"तिम्रो पिता कहाँ जानुभयो ? ऊ त्यहि छ त | तिमि किन भन्छौ कि ऊ गयो भनेर ? त्यो चिज के हो कि त्यो गयो भन्ने ? किन तिमी भन्छौ कि,"मेरो पिता मर्नुभयो," जबकी उहाँ खाटमा लडिरहनु भएको छ ? तिमीले सधैँ तिम्रो पितालाई देख्छौ | अब तिमी भन्छौ कि, "मेरो पिता मर्नुभयो भनेर |" त्यसैले .... उहाँ त खाटमा सुतिराख्नुभएको छ | त्यसैले को गयो त ? तिम्रो उत्तर के छ ?

यान्नी ज्याक्सन : (राम्रोसँग नबुझेर ) कहाँ हुनुहुन्छ भगवान ?

जयतिर्थ : को गयो ? यदि तिमीले तिम्रो मरेको पितालाई देख्यौ र तिमिले भन्यौ कि उहाँ जानुभयो, के चाहिँ गयो त ?

यान्नी ज्याक्सन : उसको पिता |

प्रभुपाद : को हो उसको पिता ?

यान्नी ज्याक्सन : मात्रै यो भौतिक शरीर गयो |

प्रभुपाद : भौतिक शरीर त्यहिँ छ, खाटमा पल्टिरहेको | रविन्द्र-स्वरुप : उसको शरीर त्यहिँ छ | र तिमी भन्छौ कि, "मेरो पिता जानुभयो |" त्यसैले को गयो ?

यान्नी ज्याक्सन : ठिक छ, उसको आत्मा त्यहाँ अझै छ ...

प्रभुपाद : तर के तिमीले त्यो आत्मा देखेको छौ त ?

यान्नी ज्याक्सन : छैन |

प्रभुपाद : त्यसैले तिमीले आत्मा देख्न सक्दैनौ किनकि भगवान परमआत्मा हुनुहुन्छ | त्यसैले, तिमलाई दया देखाउनको लागि उहाँ काठ र ढुंगा भएर प्रकट हुनुभएको छ, त्यसैले तिमीले देख्न सक्छौ |

यान्नी ज्याक्सन : ओ, मैले बुझे |

प्रभुपाद : उहाँ सर्वस्व हो | उहाँ आत्मा र भौतिक तत्व, सबै हुनुहुन्छ | तर तिमी उहाँलाई अध्यात्मिक रुपले हेर्न सक्दैनौ | त्यसैले उहाँ भौतिक रुपमा उपस्थित हुनुहुन्छ किनकि तिमले देख्न सक्छौ भनेर | यो विग्रह हो | उहाँ भगवान हुनुहुन्छ, तर तिमी उहाँलाई अहिलेको अवस्थामा वास्तविक अध्यात्मिक रुप देख्न सक्दैनौ | त्यसैले, उहाँको असिमित कृपाले, उहाँ तिम्रो आगाडी प्रकट हुनुभयो जस्तै कि काठ र ढुंगाले बनेको छ, तिमीले देख्न सक्छौ भनेर |

यान्नी ज्याक्सन : धेरै धन्यवाद |

प्रभुपाद : हरे कृष्ण | त्यसैले तिमी सधैँ हाम्रो मिटिंगमा आउँदै छौ ?

स्याण्डी निक्सन : सधैँ होइन, तर म आउँछु |

प्रभुपाद : त्यो राम्रो हो |

स्याण्डी निक्सन: हो |