NE/Prabhupada 1048 - तिमी कहिल्यै खुसी हुन सक्दैनौ - पूर्ण निर्देशन- जबसम्म तिमी भगवद्-धाम फर्कदैनौं

Revision as of 21:57, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


750712 - Lecture SB 06.01.26-27 - Philadelphia

हामीहरु जीवनको बद्ध अवस्थामा छौ किनकि हामी हाम्रो वास्तविक व्यक्तिबाट छुटेका छौ, कृष्ण | किनकि हामी कृष्णको अंग हौ | हामीले यो बिर्सिएका छौ | हामी सोच्छौ हामी अमेरिका वा भारत को अंग हौ | यसलाई भ्रम भनिन्छ | उनीहरु इच्छुक छन्..... कोहिको आफ्नो देशप्रति रुचि छ, कोहि को आफ्नो परिवार र समाजप्रति | त्यहाँ, हामीले धेरै कुरा, कर्तव्यहरुको सिर्जना गरेका छौ तसर्थ शास्त्रले भन्छ " यी दुस्टहरुलाई आफ्नो आत्महित के हो थाहा छैन |" न ते विदु: स्वार्थ​-गतिं हि विष्णुं दुराशया | उसले कहिले पनि पुरा नहुने कुराको आश गर्दैछ | तसर्थ ऊ दुस्ट हो | हामीले यो भौतिक दुनियामा खुसि हुनको लागि कुराहरुलाई समायोजित गर्ने कोशिश गर्दै छौ, तर दुस्टहरुलाई थाहा छैन जबसम्म ऊ यो भौतिक दुनियामा हुन्छ तबसम्म ऊ खुसि हुनसक्दैन, त्यहाँ सुखको प्रश्न नै हुदैन | त्यो धूर्तता हुन्छ | कृष्णले यो स्थानलाई दु:खालयम अशाश्वतम् भनिन्छ ( भ गी ८|१५)| यो भौतिक दुनिया जहाँ हामी बस्दै छौ, त्यहाँ एक पछि अर्को शरीरको परिवर्तन हुन्छ, यो दु:खालयम् हो | किन मैले आफ्नो शरीर परिवर्तन गर्नुपर्छ ? किन...म शाश्वत छु | न हन्यते हन्यमाने शरीरे ( भ गी २|२०) | तसर्थ हामीले अध्ययन गर्नुपर्छ, हामी शिक्षित हुनुपर्छ, हामीले पूर्णबाट ज्ञान लिनुपर्छ | र कृष्ण व्यक्तिगत रुपमा, महान पूर्ण व्यक्तिले तिमीलाई ज्ञान दिदै हुनुहुन्छ | र यदि हामी यति अभागी छौ कि हामीले पूर्ण ज्ञान लिदैनौ - हामी बहाना बनाउँछौ, हामी कल्पना गर्छौ, हामी आफ्नै विचार बनाउँछौ- तब यो बुझिनुपर्छ कि त्यो दुराशया हो | हामीले सोच्दैछौ , " म यो तरिकाले खुसि हुन्छु | म त्यो तरिकाले खुसि हुन्छु...." केहि पनि हुदैन | तिमि कहिले पनि खुसि हुदैनौ - यो पूर्ण अनुदेश हो - जब सम्म तिमि भगवाद धाम फर्किदैनौ | पागल केटा जस्तै, उसले आफ्नो पिताको त्याग गरेको छ | उसको पिता धेरै धनि मानिस हुनुहुन्छ, त्यहाँ सबै कुराहरु छन्, तर ऊ एउटा हिप्पी बनेको छ | त्यसरी नै, हामीपनि त्यस्तै छौ | हाम्रो पिता कृष्ण हुनुहुन्छ | हामी त्यहाँ धेरै आरामले बस्न सक्छौ, कुनै परेशानी बिना, पैसा कमाउँन कुनै प्रयास बिना, तर हामीले यो निर्णय लिएका छौ कि हामी यो भौतिक दुनियामा बस्छौ | यसलाई गधा भनिन्छ | यो नै....तसर्थ मुढ | हामीलाई हाम्रो आत्महित के हो भनेर थाहा छैन | र हामीले आशाको विरुद्ध आश गर्दैछौ , " हामी यो तरिकाले खुसि हुन्छौ | म त्यो तरिकाले खुसि हुन्छु |" तसर्थ यो शब्दको प्रयोग गरिएको छ, मुढ | उनीहरुलाई वास्तविक खुसिके हो भनेर थाहा छैन, र उसले उसले एउटा अध्याय, अर्को, एक अध्यायको कोशिश गर्दै छ " अब म खुसि हुन्छु |" गधा | गधा कहिलेकहिँ धोबी उसको माथि बसेर घाँसको झुप्पो लिन्छ, र उसको अघाडी राख्छ, र त्यो गधालाई त्यो घाँस खान मनलाग्छ | तर जब ऊ हिड्छ, त्यो घाँसपनि हिड्छ | (हाँसो ) र उसले सोच्छ, " केवल एक पाईला, मैले त्यो घाँस पाउँछु |" तर किनकि ऊ एक गधा हो, उसलाई थाहा छैन, कि " त्यो घाँस यसरी अवस्थित छ कि कि यदि म लाखौ वर्षसम्म त्यसरी हिडे भने, पनि मैले खुसि पाउँदिन...." यो गधा हो | ऊ आफ्नो होसमा आउँदैन कि : लाखौ करोडौ वर्षसम्म मैले यो भौतिक दुनियामा खुसि हुने कोशिश गरेपनि म कहिले पनि खुशी हुनसक्दिन |" तसर्थ तिमीले शिक्षा गुरुबाट लिनुपर्छ जसलाई सबैकुराको ज्ञान हुन्छ | तसर्थ गुरु पुजनीय हुनुहुन्छ : अज्ञान​-तिमिरान्धस्य ज्ञानाञ्जन​-शलाकया चक्षुर उन्मीलितं येन तस्मै श्री-गुरवे नम:​ |