NE/Prabhupada 1069 - अंग्रजी शब्द रिलीजियन ले बिश्वासको भावनालाई सुचित गराउछ। बिश्वास बद्लिन सक्दछ-सनातन धर

Revision as of 22:01, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


660219-20 - Lecture BG Introduction - New York

सनातन धर्म, यहाँ बताईए अनुसार, भगवान सनातन हुनुँहुन्छ। अनि चिनमय धाम जुन चै अाध्या्तमिक आकाशदेख माथि छ त्यो मात्र सनातन हो। हुँन त जीवहरू फणी सनातन हुँन। यसै गरि सनातन भगवानका साथमा, सनातन जीवहरू सनातन धाममा पुग्नु नै मानव जीवनको अन्तिम लक्ष्य हो। जीवहरू प्रति भगवान अतिनै दयालु हुँनु हुन्छ। किनभने जीवहरू सवै भगवानका सन्तान हुँन भनि दाबी गरिएको छ। भगवानले घोषणा गर्नु भयो कि- सर्ब योनीसु कौन्तय सम्भवामी मुर्तयोयः (गीता १४-४) कुनै जीवहरू सवैनै, कर्मको फल अनुसारका बिभिन्न किसिमका जीबरहू छन। अन्त भगवानले ती सबै जीवहरूको आँफु पिता भएको घोषणा गर्नु भएको छ। यसै गरी भगवान ति भूलीएका बद्द आत्माहरूलाई वापस लैजानका लागि अभिर्भाव होँदिनु हुन्छ। वापस सनातन धाममा लेैजनाका लागि। यसो गरे पछि सनातन जीवहरू फेरि सनातन भगवानका संगतमा तिनिहरूको सनातन संबन्ध पुनःकायम गरून भनेर हो। उहाँ आफै बिभिन्न अवतारहरूका रुपमा आईदिनु हुन्छ। यस्ता बद्द जीवहरूलाई वापस लैजानका लागि कोहि बेला भगवानले आफ्ना वरिष्ठ सेवकलाई आफ्नै पुत्रका रुपमा या आचार्य बनाई पठाईदिनु हुन्छ। यसै कारण सनातन धर्म कुनै जातीबिषेसको धर्म होईन। यो त सनातन जीवहरू वास्तवमा भगवानका साथको निकट सम्बन्ध कायम गरि सनातन सेवामा रहने काम हो। जब सनातन धर्मको सम्बन्ध छ त्यस्को अर्थ सनातन ब्यावसाय हो। श्रीपद रामानुजाचार्यले सनातन शब्दलाई यस्तो प्रकारले ब्यख्या गर्नु भयो कि, ' यो त त्यो हो जस्को शुरूवात पनि छैन अन्त्य पनि छैन'। जब हामीले सनातन धर्मका बारेमा बोल्नु पर्दा हामीले यो पक्का गरि, श्रीपद रामानुजचार्यले भन्नु भए जस्तो उद्घृत गरि जस्को शुरु पनि छैन अन्त्य पनि छैन भन्ने अर्थ हुँनु पर्दछ। सनातन धर्मको सम्बन्धमा रिलीजन भन्ने शब्दको अर्थ अलिक भिन्दै लाग्छ। रिलीजन शब्दले बिश्वासको विचार प्रदान गर्दछ। बिश्वास परिबर्तन हुन्छ। कसैले पनि कुनै प्रकृयामाथि बिश्वासराखेको हुन्छ अनि उस्ले आफ्नो बिश्वासलाई केहि समयमा परिबर्तन गरि अर्को बिश्वास लिनँ सक्दछ। तर सनातन धर्म भनेको चै कहिले पनि परिवर्तन हुँनेवाला होईन। कदापि परिवर्तन हुँदैन। जस्तै भनु पानी र तरलपन। पानीको तरलपन कदापि बद्लाउन सकिदैँन। आगो र तातोपन। आगोबाट तापमानलाई अलग गर्न सकिन्दैन। यसै गरि जीबहरूको सनातन कार्यलाई जसलाई सनातन भनिन्छ, त्यो परिवर्तन हुदैन। यो असम्भव हो बद्लाउन। यो सनातन जीवहरुको त्यो सनातन काम केहो भन्ने हामीले पत्ता लाउनु पर्दछ। जब हामीले सनातन धर्म भनेर बक्तब्य दिन्छौ तब तब हामीले श्रीपद रामानुजचार्यको अधिकृत ब्याख्यालाई सिद्ध गराएर बोल्नु पर्दछ, जस्को शुरु र अन्त्य हुँदैन। जस्को शुरु पनि छैन अन्त्य पनि हुँदैन त्यो त अवस्य पनि कुनै जातीगत् या कुनै सिमानामा सिमित रहेको हुन्न। सनातन धर्मको बिषयमा जब हामीले परिचर्चाहरू गर्छौ, तेति बेला असनातन बिश्वासमा रहेका मानिसहरूले गलत धारणा लिएर भन्दा होलान कि हामीहरू कुनै सम्प्रदायिक बिषयमा बोलिरहेका छन भनेर। तर हामीले आधुनिक बिज्ञानको आधरामा गहिरि गरी हेर्यौभने यो सनातन धर्मलाई सन्सारभरिका मानिसहरू या यस भूमण्डलका सबै जीवहरूको कुनै ब्यापारको रुपमा देख्न सकिएला। असनातनी धर्म पद्यतिकहरूको यस मानव समाजमा कुनै न कुनै शुरूवात भएको ईतिहास पाईन्छ। तर सनातन धर्मको कुनै शुरुवात भई आएको ईतिहास छैनकारण जीवहरूको ईतिहाससंग सम्बन्धित रहेको छ। जीवहरूको बारेमा शाश्रको अधिकृतबाट हामीले पाउन सक्छौ कि जीवहरूको पनि कुनै जन्मर मृत्यु छैन। यो कुरा भगवत गीतामा प्रष्ट पारिएको छ, जीवहरू नत्र जन्मन्छन न त मर्दछन। तीनीहरू त शाश्वत, अवीनाशि हुँन र अनि तिनिहरूको नश्वर शरीर नष्ट भईसक्दा पनि जिम्दै रहिरहने छन।