NE/Prabhupada 0002 - पागल मनिसको सभ्यता



Lecture on SB 6.1.49 -- New Orleans Farm, August 1, 1975

हरिकेश: अनुवाद... " जसरी एक व्यक्ति सुतिरहेको समय सपनामा प्रकट भएकाे शरीर अनुसार काम गर्छ, अथवा स्वयंलाइ शरीरकाे रूपमा स्वीकार गर्छ, त्यसैगरी, स्वयं उसले अाफुलाइ वर्तमान शरीर मान्छ, जुन उसले अघिल्लाे धार्मिक वा अधार्मिक जीवनकाे फलस्वरुप प्राप्त गरेकाे थियाे, र ऊ अाफ्नाे भूत (विगत ) र भविष्यकाे बारेमा जान्न सक्दैन । "

प्रभुपाद:

यथाज्ञस् तमसा (युक्त​) उपास्ते व्यक्तम्
एव हि न वेद पूर्वम् अपरं नष्ट​-जन्म​-स्मृतिस् तथा
(श्री भा ६।१।४९)

याे हाम्राे अवस्था हाे । याे हाम्राे विज्ञानले गरेकेा प्रगति हाे , कि हामीलाई थाहा छैन "म याे जन्मभन्दा पहिले के थिएँ र म यस जीवनपछि के बन्नेछु "? जीवन निरन्तरता हाे । यही नै आध्यात्मिक ज्ञान हाे। तर उनीहरूलाई यो पनि थाहा छैन कि जीवन निरन्तरता हाे । उनीहरू साेच्ने गर्छन् , " संयाेगवस मलाई याे शरीर प्राप्त भएकाे छ र मृत्युपछि याे समाप्त हुनेछ । अतित , वर्तमान अथवा भविष्यकाे त कुनै प्रश्न नै छैन । माेज गराैँ । " यसलाई अज्ञान भनिन्छ , तमसा , लापरवाही जीवन (कर्तव्यहीन जीवन ) ।

त अज्ञा: । अज्ञा: भनेकाे त्येा व्यक्ति हाे जाेसँग ज्ञान छैन । र काेसँग ज्ञान छैन ? अब , तमसा । ती व्यक्ति जाे तमाेगुणमा छन् । भौतिक प्रकृतका गुण तीन प्रकारका छन् : सत्व, रज, तमस | सत्व गुण भनेको सबै कुरा स्पष्ट हुन्छ , प्रकाश । जस्तै अहिले बादलले अाकाशलाई ढाकेकाे छ; सूर्यकिरण देख्न सकिँदैन । तर अाकाशमाथि सूर्यकिरण छ , सबै कुरा स्पष्ट छ । र बादलभित्र केही स्पष्ट छैन । त्यसैगरी, जाे व्यक्ति सत्वगुणमा अवस्थित छन् , उनीहरूको लागि सबै कुरा स्पष्ट हुन्छ र जाे तमाेगुणमा छन् , उनीहरूकोलागि सबै कुरा अन्धकार हुन्छ र जाे मिश्रितमा छन् , न सत्व गुण , न तमाे गुण , जाे मध्यमार्गी हुन् , उनीहरूलाई रजाेगुणमा अवस्थित भनिन्छ । तीन गुणहरु । तमसा ।

त उनीहरू केवल यस वर्तमान शरीरसँग रुचि राख्दछन् , के हुनेछ त्यसकाे परवाह नै गर्दैनन् , र यसभन्दा पहिले ऊ के थियाे त्यसकाे बारेमा केही ज्ञान नै छैन । अर्काे एउटा स्थानमा यो वर्णित छ : नूनं प्रमत्त कुरुते विकर्म ... (श्री भा ५।५।४) प्रमत्त: , जस्तै एउटा पागल मान्छे । उसलाई थाहा छैन कि ऊ किन पागल भयाे । उसले बिर्सन्छ । र उसका क्रियाकलापले अब के हुने हाे , उसलाई थाहा छैन । पागल व्यक्ति ।

त्यसकारण याे सभ्यता , आधुनिक सभ्यता पागलहरूकाे सभ्यताजस्तै हाे । उनीहरूलाई उघिल्लाे जीवनकाे कुनै ज्ञान छैन , न भविष्यकाे विषयमा कुनै रूची छ । नूनं प्रमत्त कुरुते विकर्म (श्री भा ५।५।४) र पूर्णरूमा पापपुर्ण गतिविधिहरूमा संलग्न छन् किनभने उनीहरूलाई अघिल्लाे जीवनकाे विषयमा कुनै ज्ञान छैन । जस्तै एउटा कुकुर । ऊ किन कुकुर बन्न पुग्याे , उसलाई थाहा छैन र अब अघाडि उसकाे के हुनेछ पनि थाहा छैन | त्यसकारण एउटा कुकुर अाफ्नाे अघिल्लाे जीवनमा प्रधानमन्त्रि थियाे हाेला , तर जब कुकुरकाे शरीर प्राप्त हुन्छ , उसले बिर्सन्छ । याे मायाकाे अर्काे प्रभाव हाे । प्रक्षेपात्मिका-शक्ति, आवरणात्मिका-शक्ति | मायासँग दुइवटा शक्ति छन् । यदि कुनै व्यक्ति अाफ्नाे अघिल्लाे पापपूर्ण कार्यकाे कारणले कुकुर बनेकाे छ , र यदि उसले सम्झन्छ कि "म त प्रधानमन्त्रि थिएँ , अहिले कुकुर बनेकाे छु ," उसकाे लागि बाँच्न असम्भव हुन्छ । त्यसकारण मायाले उसकाे ज्ञानलाई ढाकिदिन्छिन् ।

मृत्यु। मृत्यु अर्थात् सबै कुरा बिर्सनु । यसलाई मृत्यु भनिन्छ । हामीलाई यसकाे अनुभव छ , प्रत्येक दिन र रात । रातमा जब हामी भिन्न वातावरण , भिन्न जीवनकाे सपना देख्छौं, हामी याे शरीरलाइ र्बिसन्छाैँ कि " म सुतिरहेकाे छु । मेरो शरीर एउटा राम्राे घरमा सुतिरहेको छ , राम्राे बिछ्यौना छ "। हाेइन । मानौं ऊ सडकमा डुलिरहेकाे छ वा ऊ पाहाडमा छ । उसले लिइरहेकाे छ , सपनामा , उसले लिइरहेकाे छ ...... सबैजना , हामी सबै यही शरीरमा रूची राख्दछाैँ । हामी अघिल्लाे शरीर भुल्दछाैँ । त्यसकारण याे नै अन्धकार हाे । हामी जति अन्धकारबाट ज्ञानतर्फ उठ्दछौं , याे जीवकाे सफलता हाे । र यदि हामी स्वयं अाफुलाई अन्धकारमा राख्छौं भने त्याे सफलता हाेइन । त्यसले जीवनलाई नाश गर्दैछ। त्यसकारण हाम्राे कृष्णभावनामृत अभियान मानिसलाई अज्ञानबाट ज्ञानसम्म जागृत गर्नकाे लागि हाे । यही नै सम्पूर्ण वैदिक साहित्यकाे याेजना हाे: मानिसकाे उद्धार गर्नु। श्रीकृष्ण भगवद्-गीतामा भक्तहरूकाे विषयमा भन्नु हुन्छ-सबैकाे लागि हाेइन - तेषां अहं समुद्धर्ता मृत्यु-संसार​-सागरात् (भ गी १२।७)

अर्काे,

तेषाम एवानुकम्पार्थमं अहम अज्ञान-जम-तम:
नाशयामी अात्म-भाव-स्थो-ज्ञान-दीपेन भाषवता
(भ गी १०।११)

विशेषका लागि , भक्तहरूका लागि.... उहाँ सबैकाे हृदयमा हुनुहुन्छ , तर जाे भक्त कृष्णलाई बुझ्ने प्रयास गरीरहेका छन्, उनीहरूलाई उहाँले सहयाेग गर्नुहुन्छ । उहाँले सहयाेग गर्नुहुन्छ । जाे अभक्त छन् , तिनीहरुलाई मतलब छैन.........उनीहरू जनावर जस्तै छन्-केवल अाहार , निद्रा , संभाेग तथा अात्मरक्षा | उनीहरूलाई कुनै वस्तुकाे मतलब छैन, भगवानलाई बुझ्नु वा उहाँसँगकाे सम्बन्ध बुझ्नु । उनीहरू साेच्ने गर्छन् कि भगवान् हुनुहुन्न र कृष्ण पनि भन्नुहुन्छ , "हाे भगवान् हुनुहुन्न । तिमी सुत । "

त्यसकारण सत्सङ्गकाे अावश्यकता छ । याे सत-सङ्ग, सतां प्रसङ्गात् | हामीले भक्तहरूकाे संगतबाट भगवानप्रतिकाे हाम्राे जिज्ञासा जागृत गर्छौं। त्यसकारण केन्द्रहरूकाे अावश्यकता छ । हामी अनावश्यक रूपमा नै यति धेरै केन्द्र खाेलिरहेका छैनाैँ । हाेइन । याे मानव समाजकाे कल्याणकाे लागि हाे ।