NE/Prabhupada 0003 - पुरुष पनि स्त्री हो



Lecture on SB 6.1.64-65 -- Vrndavana, September 1, 1975

प्रभुपादः ताम् एव तोषयाम् आस पितृयेणार्थेन यावता ग्राम्यैर् मनोरमैः कामैः प्रसीदेत यथा तथा (श्री भ ६।१।६४)

त्यसकारण स्त्रीलाई देखेपछि , उनी (अजामिला) सदा स्त्रीकै ध्यान गर्थे, चौबीसै घण्टा , त्यही विषयमा , काम वासनायुक्त इच्छाहरु | कामैस् तैस् तैर् हृत-ज्ञानाः (भ गी ७।२०) जब व्यक्ति कामुक हुन्छ , तब उसको बुद्धि भ्रष्ट हुन्छ | यो सारा संसार यिनै कामवासनायुक्त इच्छाहरुले चलिरहेको छ | यो भौतिक संसार हो | र म, तपाई, हामी सबजना कामुक भनेको कारण जब मेरा इच्छाहरू पूर्ति हुँदैनन्, तपाईका इच्छाहरू पूर्ति हुँदैनन्, तब म तपाईको शत्रु बन्छु , तपाई मेरो शत्रु बन्नुहुन्छ | म तपाईले राम्रो प्रगति गरिरहेको देख्न सक्दिनँ | तपाईले मैले प्रगति गरिरहेको देख्न सक्नु हुन्न |

यो भौतिक संसार हो , इर्षालु, कामुक इच्छाहरू , काम , क्रोध, लोभ, मोह, मत्सर्य | यो भौतिक संसारको आधार हो | त्यसकारण उनी..... उनको प्रशिक्षण वा तैयारी त ब्राह्मण बन्नको लागि थियो, शमो, दम, तर उनको प्रगतिमा अवरोध आयो, स्त्रीसंग आसक्त हुनाले | त्यसकारण वैदिक सभ्यता अनुसार महिलालाई आध्यात्मिक उन्नतिको बाधाको रूपमा लिइन्छ | सारा सभ्यताको आधार हो कसरी त्याग्ने ... स्त्री ... तपाई नसोचनुस् कि स्त्री केवल स्त्रीमात्र हुन् | पुरूष पनि स्त्री हो। यो नसोचनुस् कि महिलालाई मात्र दोष लगाइन्छ; पुरूषलाई होइन |

स्त्रीको अर्थ भोग्य वस्तु , र पुरूषको अर्थ भोक्ता | र यो भावना निन्दनीय छ | यदि म एक महिलालाई भोगको दृष्टिकेाणले हेर्छु भने म पुरूष हुँ | र यदि एक महिलाले पनि अर्को पुरूषलाई भोगको दृष्टिकेाणले हेर्छे भने ऊ पनि पुरूष हो | स्त्री अर्थात् भोग्य र पुरूष अर्थात भोक्ता | त्यसकारण जोसँग भोगको अभिलाषा छ, उसलाई पुरूष मानिन्छ | त्यसकारण यहाँ दुवै लिङ्गको मतलब ... सबजनाले योजना बनाइरहेका छन् , " म कसरी भोग गरूँ?" तसर्थ ऊ कृत्रीम रूपले पुरूष हो | अन्यथा , शास्वत रूपमा , हामी सबै प्रकृति हौं, जीव , स्त्री होस् वा पुरूष । यी सबै हाम्रा बाहिरी वस्त्र हुन् ।